डडेल्धुरा : फारवेस्टर्न एग्रो जाइन्ट लिमिटेडले चौथो वार्षिक साधारण सभा पुष २५ गतेका लागि बोलाएकोछ।
कम्पनीको पुष ३ गते बसेको संचालक समितिको बैठकले कम्पनी कै रजिष्टर्ड कार्यालय अमरगढी नगरपालिका– १ मौरडा डडेल्धुरामा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ।
साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ।
Facebook Comments Box