धनगढी : कैलालीमा कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको चुरे गाउँपालिका– १ बस्ने दानबहादुर विक रहेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी महेन्द्रनगरको अनुसन्धानको टोलीले बिहीबार कैलालीको चुरे गाउँपालिका– १ बस्ने विकलाई २ थान कस्तुरीको बिनासहित पक्राउ गरेको हो।
प्रहरी नायब निरीक्षक सुशील चन्दको नेतृत्वमा खटिएको साधा पोसाकको प्रहरी टोलीले पक्राउ गरेका विकबाट दुई पिस कस्तुरी बरामद गरेको जनाइएको छ।
घटनाको अनुसन्धान भइरहेकोले विस्तृत जानकारी आउन बाकी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box