काठमाडौं: सर्वोच्च अदालतका ६ न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बिहीबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेपछि आज उनीहरुले शपथ लिएका हुन्।
त्यसअघि संसदीय सुनुवाइ समितिले उनीहरुलाई न्यायाधीशका लागि अनुमोदन गरेको थियो।
Facebook Comments Box