काठमाडौं: सामाजिक सुरक्षा कोषले प्रशासनतर्फ उपनिर्देशकदेखि कम्प्युटर इन्जिनियरिङतर्फ सहायक कम्प्युटर अपरेटरसम्मका कर्मचारी माग गरेको छ।
शुक्रबार सूचना प्रकाशन गर्दै कोषले नवौं तहदेखि चौथो तहसम्म गरी ४४ वटा पदमा ४४ जना कर्मचारी माग गरेको हो।
इच्छुक र सम्बन्धित पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले पुस २६ गतेसम्म अनलाइनबाट दरखास्त दिन सक्नेछन्।
दरखास्त दस्तुर तह अनुसार फरकफरक तोकिएको छ।
Facebook Comments Box