काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।
काँग्रेस जिल्ला कार्यसमिति झापाले आज सिटौलाको नाम सर्वसम्मत सिफारिस गरेको हो । उनी गत आमनिर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
राष्ट्रपतिबाट मनोनित एक जनासहित राष्ट्रियसभाका २० सांसदको पदावधि फागुन ११ गते सकिँदैछ । त्यसको एक महिनाअघि रिक्त पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ११ गते निर्वाचनको मिति तोकिएको छ ।
निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा निर्वाचन हुने १९ वटै सिट उनीहरुले जित्ने प्रष्ट अंकगणित देखिन्छ ।
Facebook Comments Box