मुगु : मुगुमा अनमिमाथि जातीय विभेद गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्लाको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए।
उनका अनुसार जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए। सोही कारण अहिल्यै पक्रउ परिसकेका २ जनाको नाम भन्न पनि उनले मानेनन्।
Facebook Comments Box