Author: टेकसिंह धामी

धनगढीमा रहेर पत्रकारिता गर्दै आएका धामी महेन्द्रनगर पोष्ट डटकमका सम्पादक हुन् । उनीसँग रेडियो अन्नपूर्ण, नेपाल समाचारपत्र, थाहा खबर लगायतका सञ्चारमाध्यमसँग काम गरेको अनुभव छ ।

धनगढी: नेपाल प्रहरीका एसएसपी योगबहादुर पालमाथि छानबिन जारी छ। आफ्नै महिला सहायक हवल्दारलाई कार्यस्थलमा यौनजन्य हिंसा गरेको आरोप लागेका पालमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको जनाएको छ। सुदूरपश्चिमको महेन्द्रनगरस्थित नेपाल प्रदेश प्रहरी कार्यालयका हाकिम समेत रहेका पालले आफ्नै प्रहरी कार्यालयमा कार्यरत बिदा मागेकी एक महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको आरोप छ। उक्त घटनापछि घटनाबारे ती महिला हवल्दारले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा उजुरी दिएकी थिइन्। त्यसपछि उनलाई प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको थियो। लगत्तै प्रदेश प्रदेश प्रहरी कार्यालय धनगढीले एसपी श्यामसिंह चौधरीको नेतृत्वमा समिति गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको थियो। चौधरी नेतृत्वको समितिले हिजो मात्रै आन्तरिक छानबिन सकाएर…

Read More

धनगढीः क्षमताभन्दा तेब्बर कैदी, जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगितदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्।  कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ। कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगैभित्रै लागूऔषध उपलब्ध गराउने, मदिरा बिक्री गर्ने, तास खेलाउने र कुटपिट गर्ने, गराउनेसम्म हुने गरेको कारागारको विशेष स्रोतले महेन्द्रनगरपोष्टलाई बतायो। स्रोतले भन्यो, ‘जेलर, पुलिस, नाइके र आउट डोरवालासहितको मिलोमतो हुन्छ। कारागारभित्र बेथिति मौलाउँदै गएको छ। अहिलेको जेलर लास्टै क्रप्ट छ। भित्रै कैदीहरुलाई फोन भित्र्याउने, ड्र्ग, गाँजा, चरेश भित्र्याउने,…

Read More

धनगढी: कैलालीस्थित जिल्ला कारागारमा कुटाकुट भएको छ। अस्तिमात्रै जेठ २२ गतेका दिन कैदीबन्दीहरुसहित कारागारका कर्मचारीबीच कुटाकुट भएको हो। कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका ‘किलर ग्याङ’सहितका कैदीहरु र चौकीदारहरुबीच कुटाकुट भएको हो। कारागारभित्रै त्यसमाथि प्रहरी प्रशासनको घेराभित्र कुटाकुट हुनुले सुरक्षाकर्मी र त्यहाँका जेलरको लापरबाही उदाङ्गिएको छ। कारागारका प्रहरी प्रमुख सई राजेन्द्र कुमालले २२ गते कुटाकुट भएको बताउँदै त्यस दिन असई योगेन्द्र बोहरा ड्युटीमा रहेको महेन्द्रनगरपोष्टलाई बताए। उनका अनुसार त्यसदिन कारागार प्रहरीका हाकिम सई चरन बुढाथापा भने बिदामा थिए। अहिले बुढा जिप्रका कैलालीमा सरुवा भैसकेका छन्। उनको सरुवा भएपछि आफू आएको र त्यस दिन ड्युटीमा रहेका…

Read More

धनगढी : कैलालीको गौरीगङ्गा नगरपालिका- १ स्थित केदारेश्वर सामुदायिक वनमा जेठ १९ गते एक युवती मृत फेला परिन्। ती युवती २७ वर्षीया कविता बुढा थिइन्। उनी विवाहित महिला हुन्। तर उनका श्रीमानले दोस्रो विवाह गरेर कान्छी पत्नीसहित भारतमा बस्दै आएका छन्। मृतक कविताका दुई जना छोराछोरी रहेका छन्। उनी यहाँ घरमा सासु ससुरा र देउरानीसँग बस्दै आएकी थिइन्। बुढाका परिवारले उनी हराएको भन्दै गत साताको सोमबार खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। तर उनको हत्या परिवारकै सदस्यले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरी स्रोतका अनुसार उनको लास वनमा ८ फिट ४ इन्च गहिराइ भएको सुक्खा नालामा खाल्डोमा गाडेको अवस्थामा अवस्थामा…

Read More

धनगढी: पछिल्लो समय भारतका विभिन्न सहरहरु लगायतका देशहरुबाट घोल गाड्ने(सुन तथा नगद चोरी गर्ने काम) गरेर नेपाल भित्रिने गरेको पाइएको छ। विषेशगरी भारतमा रोजगारी, मजदुरी गर्न गएकाहरुले ठूलो मात्रामा अवैध सुन तथा रकम चोरी गरेर नेपाल आउने गरेका छन्। उनीहरु धनगढी, महेन्द्रनगरको नाका हुँदै नेपाल प्रवेश गर्ने गरेको बताइन्छ। यस्तै यस्ता चोरीका घटनामा नेपाल प्रहरीले समेत अनियमितता गर्ने गरेको आरोप लाग्दै आएको छ। प्रहरीका विभिन्न निकायले भारतीयको धनमाल चोरिएको प्रकरणमा रकम लिएर घटना सामसुम पार्ने गरेको आरोप लाग्दै आएको हो। तर, सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआइजी भरतबहादुर बोहराले भने त्यो कुरा गलत भएको दाबी गरेका छन्। उनले अस्ति पत्रकारसँग भेटघाट…

Read More

धनगढीः नागरिक उन्मुक्ति पार्टीका संस्थापक समेत रहेका पूर्वसांसद रेशमलाल चौधरीले बहुविवाह गरेको खुलेको छ। टीकापुर हत्याकाण्डमा दोषी ठहर भएपछि जन्मकैद भुक्तान गरिरहेका र आज आममाफी पाएर रहा भएका चौधरीकी दुई पत्नी भएको खुलेको हो। स्रोतका अनुसार उनकी कान्छी पत्नी आशा चौधरी हुन्। धनगढी उपमहानगरपालिका-६ स्थित जालीमा माइत रहेकी उनीसँग रेशमले टीकापुर घटना हुनुभन्दा पहिला नै लगनगाठो कसेका थिए। अहिले बर्दीयामा रेडियो चलाएर बसेकी उनको साथमा रेशमको एक छोरी समेत छन्। आज बिहान डिल्लीबजार कारागारबाट बाहिर आएपछि फेसबुकमार्फत आशाले रेशमलाई बधाइ तथा स्वागत गरेकी छन्। रेशमसँग आफ्नी छोरीसहितको फोटो राख्दै उनले स्वागत तथा बधाइ दिएकी हुन्। यस्तै रेशमकी जेठी पत्नी भने…

Read More

धनगढी: कैलालीमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। आज (आइतवार) जिल्ला अदालत कैलालीमा रावलले आत्मसमर्पण गरेका हुन्। अदालत स्रोतका अनुसार उनको आजै बयान पनि लिइएको छ। तर, आदेश भने हुन बाकी रहेको छ। सम्भवत भोलि आदेश जारी हुने छ। कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय युवक भुपेन्द्र बडुवालको २०७८ कार्तिक २३ गतेको रात हत्या भएको थियो। रावलको समूहले आपसी दुस्मनी फेर्न खुकुरी प्रहार गर्दै लखेटेर बडुवालको हत्या गरेको तत्कालीन प्रहरी अनुसन्धानबाट पुष्टि भएको थियो। त्यसपछि बडुवाल हत्याको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। उनीहरु अहिले कैद सजाय भुक्तान गरिरहेका छन्। उक्त प्रकरणमा जिल्ला…

Read More