Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत एक दिवसीय श्रृङ्खलामा नेपालले आज यूएईसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान सवा एघार बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानमा सुरु हुनेछ। घरेलु टोली यूएईसँगको आजको खेलमा नेपाललाई अघिल्लो महिना ओमानमा भएको टी–२० विश्व कप ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा बेहोरेको हारको बदला लिने अवसर छ। यसअघिका खेलमा यूएईले पपुवा न्युगिनीलाई ७ विकेट हराउँदा नेपालले २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको थियो । अङ्क तालिकामा नेपाल ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अङ्कका साथ छैटौँ स्थानमा छ। यूएई १५ खेलमा ८ मा जित र ५ मा हारसहित १८ अङ्कका साथ दोस्रो…

Read More

काठमाडौं- रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ। फगुवा…

Read More

काठमाडौं-निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ। आचारसंहिता आज ९बिहीवार० प्रकाशित भए पनि कार्यान्वय गर्ने मिति भने आयोगले पछि निर्धारन गर्ने जनाइएको छ। प्रकाशित आचारसंहिता सरकारी अधिकारीदेखि मतदातासम्मलाई लागू हुने आयोगले जनाएको छ। आचारसंहितामा लेखिए अनुसर एक भन्दा बढी राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले एकै समयमा एकै स्थान वा मार्गमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न पाइनेछैन्। सार्वजनिक भवन, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न पाइनेछैन्। जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात…

Read More

काठमाडौं-सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ।विहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर चुनावमा होमिने निर्णय गरेको हो। बैठकले निर्वाचनको लागि पार्टीको शक्ति परीक्षण गर्न ७ वटै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। अनुगमनको लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई खटाएको छ। महानगर र उपमहानगरको उम्मेदवार…

Read More

काठमाडौं-शुक्रवार बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको हो।देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले जारी गरेको विज्ञप्तिमार्फत अनुरोध गरिएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार हिजो (बिहीवार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो।

Read More

कैलाली-सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नरबहादुर शाह (निर्मल) नियुक्त भएका छन्। विहीबार बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले प्रदेशका सबै अस्पतालमा नयाँ व्यवस्थापन समिति नियुक्त गर्ने निर्णय गरेको हो।मन्त्रीपरिषद् बैठकले रिक्त रहेको सेती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शाहलाई नियुक्त गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्। यस्तै महाकाली प्रादेशिक अस्पतालमा कृष्णानन्द भट्ट ,टीकापुर अस्पतालमा झपटबहादुर सोडारी, अछाम जिल्ला अस्पतालमा शिव बोगटी, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी ,बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियुक्त भएका छन्। उता डोटीमा भने नियुक्त हुने व्यक्तिको कागजपत्र प्राविधिक…

Read More

पूर्वी नवलपरासी-किशोरी बलात्कारको अभियोग लागेका पल शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भएको छ। पीडितका बुबाले दिएको उजुरीका बिहीबार सरकारी वकिलको कार्यालय कावासोतीले जिल्ला अदालत पूर्वी नवलपरासीमा बलात्कार मुद्दा दर्ता गराएको हो। सरकारी वकिलको कार्यालयले पीडितलाई क्षतिपूर्ति दिनसमेत माग गरेको छ। अभियुक्त पलले एक वर्षअघि गैंडाकोटको होटलमा आफ्नी नाबालिग छोरीमाथि बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएका थिए। गत चैत ७ गते सुटिङको क्रममा गैंडाकोटमा बलात्कार गरेको आरोप पलमाथि लागेको छ। एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको आरोप पीडितको छ।अभियोगका आधारमा एक…

Read More

कैलाली-धनगढीमा यौन धन्दा सञ्चालन गराउने चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । यौन धन्दा भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चार होटेल व्यवसायी सहित नौ जना युवतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। धनगढी उपमहानगरपालिका वडानम्बर१ एलएन चोकमा रहेको शाही होटेल प्यालेस, वडानम्बर ३ चौराहामा रहेका सनराईज होटेल, सोही ठाउँमा रहेको बुढीनन्दा बाजुरा होटेल र वडानम्बर १२ क्याम्पस चोकमा रहेको प्रिन्स होटेलका सञ्चालकहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। उनका सो होटलहरुमा छापा मार्दा यौन धन्दामा संलग्न नौँ जना युवतीलाई पनि…

Read More

काठमाडौं-महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज १०६ जनालाई कारबाही गरेको छ। फागु पूर्णिमा (होली)का दिन मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएका उनीहरूलाई कारबाही गरेको प्रहरीले जनाएको छ। बिहानदेखि बेलुका ६ बजेसम्म चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने १०६ जनालाई कारबाही गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए। यसैगरी बिनाहेल्मेट, तीनजना चढ्ने र लापरबाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ जना सवारीचालकलाई कारबाही गरिएको छ। एसएसपी जोशीले रङको पर्वमा होहल्ला गरी सवारी चलाउने, नशालु पदार्थको सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम उच्च रहने कुरालाई मद्देनजर गरेर बिहानैदेखि विभिन्न ठाउँमा चेकिङ कडा पारिएको बताए। उनले…

Read More

लस एन्जलस -पोल्यान्डकी क्यारोलिना बिलावस्काले ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेकी छिन्। ‘मिस वर्ल्ड’ को ७०औँ संस्करण बुधबार पुएर्तो रिकोको कोका–कोला म्युजिक हलमा सम्पन्न भएको थियो। ‘मिस वर्ल्ड’ को आधिकारिक वेबसाइटका अनुसार बिलावस्कालाई २०२० की ‘मिस वर्ल्ड’ जमैकाकी टोनी-एन सिंहले ताज लगाइदिएकी थिइन्। ‘मिस वर्ल्ड’ २०२१ को उपाधि जितेपछि बिलावस्काले भनिन्, ‘मेरो नाम सुनेर म छक्क परेँ। मलाई अझै पनि विश्वास लागेको छैन। मिस वर्ल्डको उपाधि पाउँदा गौरवान्वित भएकी छु।’ प्रतियोगितामा अमेरिकाकी श्री सैनी दोस्रो र आइभरी कोस्टकी ओलिभिया येस तेस्रो भए। २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन्। मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न…

Read More