काठमाडौं-सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी पार्टी आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको छ।विहीवार बसेको केन्द्रीय सचिवालयको बैठकले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ भन्ने नारा लिएर चुनावमा होमिने निर्णय गरेको हो।
बैठकले निर्वाचनको लागि पार्टीको शक्ति परीक्षण गर्न ७ वटै प्रदेशमा अनुगमन टोली पठाउने निर्णय गरेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
अनुगमनको लागि प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमती प्रदेशमा उपमहासचिव गंगालाल तुलाधर, गण्डकी प्रदेशमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनी प्रदेशमा उपमहासचिव डा विजय पौडेल, कर्णाली प्रदेशमा महासचिव वेदुराम भुसाल र सुदूरपश्चिम प्रदेशमा सचिवालय सदस्य रामचन्द्र झालाई खटाएको छ।
महानगर र उपमहानगरको उम्मेदवार छान्न केन्द्र र अन्य उम्मेदवार छान्न प्रदेशलाई जिम्मेवारी दिईएको छ।