Author: महेन्द्रनगर पोष्ट

खोटाङ – दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु बिक्री केन्द्र ९फ्रेस हाउस० हरू अहिले बन्द छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गर्दै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले मासु अभाव भएको छ । लामो समयको वर्षा र हिमपातपछि…

Read More

काठमाडौं – आज साताको तेस्रो दिन मंगलबार छापावाल सुनको मूल्य १८०० रुपैँयाले घटेको छ । हिजो सोमबार १ लाख २ हजार ३०० रुपैँयामा कायम भएको सुनको मूल्य आज घटेर १ लाख ५०० रुपैयाँ पुगेको छ । चाँदी मूल्य तोलाको २३२ रुपैँयाले घटेर ११ सय ८३ रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Read More

काठमाडौं – मृगौला प्रत्यारोपण सम्भव भएपनि दाता नहुँदा समस्या परिरहेकाले आफन्त बाहेकले मृगौला दान गर्न नपाउने कानून संशोधन गर्न सरकार तयार रहेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विश्व मृगौला दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत किष्ट मेडिकल कलेजले सोमबार गरेको कार्यक्रममा गृहमन्त्री खाँणले यस्तो कानून संशोधन गरी बाधा फुकाउन सरकार तयार रहेको जानाकारी दिएका हुन् । सो कार्यक्रममा बोल्दै खाँणले आफन्त बाहेकले मृगौला दान गर्न नपाउने प्रावधान संशोधन भएमा बढ्दो मृगौला रोगीको उपचार अझै सहज हुने भनाइ ब्यक्त गरेका छन् । आफन्तबाहेकले पनि अंगदान गर्न पाउने कानूनी व्यवस्था आवश्यक रहेको बहस सुरु भइरहेको बखतमा नेपालको कानूनमा रहेको आफन्तबाहेकले मृगौला दान गर्न नपाउने…

Read More

काठमाडौं – झापाको कमल गाउँपालिका–५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । लु १ ख ८८३६ नम्बरको बसले अन्दाजी ३२ वर्षीय पुरुष पैदलयात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । उनको उपचारको लागि दमक तर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । ठक्कर दिने बस सहित चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक अभियन्ता भूमिका श्रेष्ठले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गरेका छन्। समलिङ्गी, उभयलिङ्गी, मध्यलिङ्गी, विपरीत लिङ्गीलगायत समुदायको हकअधिकारका निम्ति अथक प्रयास गरेवापत अमेरिकी विदेश मन्त्रालयले अधिकारकर्मी श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरेको हो। सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘एलजिबिटिक्युआई प्लस समुदायको अधिकारका लागि तपाईँले गर्नुभएको अथक वकालतका निम्ति अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जित्नुभएकोमा हार्दिक बधाई।’ नेपालीले यो पुरस्कार जितेको लगातार दोस्रो वर्ष हो ।

Read More

काठमाडौं – चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ रकम गुमेको छ। ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी २९ लाख रुपैयाँ गुमाउनुपरेको हो। उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले भनेको कुरालाई विश्वास गर्दा धेरै मानिस ठगीमा पर्ने गरेका छन् । यो पनि त्यसैको एउटा निरन्तरता हो। विदेशीको नामको ह्वाट्सएपमार्फत चिठ्ठाको सूचना आएलगत्तै पुनः नेपालबाटै प्रताप राना सिंह नामका व्यक्तिले पीडितलाई ह्वाट्स्एपमार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनका लागि कर तिर्नुनपर्ने भनी…

Read More

काठमाडौं – नेपाल-युएई संयुक्त समितिको बैठक आज बस्ने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा. अब्दुल रहमान अव्दुलमानन अल अवारबिच आज भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुने मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । मन्त्री श्रेष्ठले ‘भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे समकक्षीसँग छलफल गर्ने’ मन्त्री श्रेष्ठको सचिवालयबाट जारी प्रेस नोटमा उल्लेख छ । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समितिको बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ युएईको राजधानी आबुधावी गएका हुन् । आज हुने बैठकको उद्घाटन…

Read More

काठमाडौं  – महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जलवायु परिवर्तन र लैङ्गिक समानता एक्काइसौँ शताब्दीको ठूलो चुनौती रहेको र यसलाई विश्वव्यापीरूपमा सामना गर्न ऐक्यबद्धताको खाँचो रहेको बताएकी छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित महिलाहरूको अवस्था विषयक संयुक्त राष्ट्रसङ्घको ६६औँ सत्रलाई सोमबार सम्बोधन गर्दै मन्त्री रेग्मीले नेपालले महिलाहरूको सशक्तीकरणका लागि संवैधानिक र कानुनी व्यवस्था गर्दै आवश्यक संरचनासमेत निर्माण गरेको बताइन् । उनले भनिन्, ‘नेपालले महिलाहरूको हकलाई मौलिक हकका रूपमा राखेको र यसले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य, शिक्षा, समान वेतन, सामाजिक सुरक्षा र सम्पत्तिको अधिकारसमेत सुनिश्चित गरेको छ ।’ पछिल्लो समयमा जलवायु परिवर्तनले महिलाहरूमा गम्भीर असर पारेको उल्लेख गर्दै महिला…

Read More

काठमाडौँ – प्रहरीले दाङबाट २२ तोला सुन र एक लाख रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँको चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटेर भागेका युवक पक्राउ परेका हुन्। लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प्रहरीले पक्राउ गरेको छ। सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताए। सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको प्रहरीको भनाइ छ। डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार काठमाडौं महानगरपालिका ७ स्थित चाबहिलमा एक जना सुन व्यवसायी…

Read More

कञ्चनपुर-विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले कञ्चनपुरको लालझाडी गाउँपालिकाले विद्यालयमा ‘गणित पार्क’को अवधारण अघि सारेको छ। पूर्णिमा आधारभूत विद्यालय र डाँडाजाइको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयमा पार्क निर्माण गरेको हो।गाउँपालिकाको बल्मीमा रहेको पार्कमा ज्यामितीय अवधारणाअनुसारका वृत्त, चर्तुभुज, घन, वेलना, गोलालगायत निर्माण गरिएका छन्। यससँगै गणित विषयका लागि आवश्यक पर्ने सूत्र र चिह्नहरुसमेत पार्कमा राखिएका छन्। आकर्षक रङ लगाएर पार्कमा ज्यामितीय गणितका अवधारणालाई विद्यार्थीले सहजै बुझ्नसक्ने तरिकाबाट राखिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले जानकारी दिए।विद्यार्थीले सैद्धान्तिक ज्ञानभन्दा पनि चित्र हेरेर अवलोकन गरेर सहजरूपमा बुझ्ने भएकाले पार्क निर्माण गरी गुणस्तरीय शिक्षाका लागि कार्य अगाडि बढाइएको उनले बताए। “विद्यालयमा बिहानीको प्रार्थनापश्चात् कक्षाकोठामा प्रवेश…

Read More