Author: Dipak Dhamala

काठमाडौं- शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल र गजेन्द्र हमाल आफैले राजीनामा दिए भने २०७९ असार १२ गते मन्त्रिमण्डल फेरबदल हुँदा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) बाट आठ नयाँ थपिने क्रममा सात मन्त्री बिदा भएका थिए। बिदा भएका मन्त्री हुन् वा अहिले  बहालवाला, कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता महादेव पन्थले प्रधानमन्त्री र सबै मन्त्रीको…

Read More

काठमाडौं- भारतको बिहारस्थित पटनामा गंगा नदीमा एउटा डुङ्गा डुबेको छ । डुङ्गामा ५५ जना सवार थिए जसमध्ये करिब १० जना हराइरहेका छन् । दुर्घटना बिहिबार राति शाहपुरको शेरपुर घाटमा भएको हो । शाहपुर प्रहरीले गंगा नदीमा सर्च र रेस्क्यु अपरेशन सुरु गरेको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा खोजी अभियान सुरु गरेको छ ।

Read More

काठमाडौं-  क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या भएको छ । १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ । उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन । उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ । त्यसैले प्रहरीले स्थानीयवासीलाई घर…

Read More

काठमाडौं- पाँचदिने भ्रमणका लागि काठमाडौंमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् । उनलाई आज अपराह्न ३ बजे शितल निवासमा आयोजना राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछिन् । नेपाल र भारतबीच सन् १९५१ देखि एकअर्का देशको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए । यस्तो सम्मान पाउने मनोज पाण्डे भारतका १९ औं सेना प्रमुख हुन् । पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए । उनले आज…

Read More

काठमाडौं-  सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको सत्ता घटकका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटको औपचारिक खाका ल्याउन कार्यदललाई भनेको थियो । दुई दिनभित्रै सिट बाँडफाँटलाई टुंगोमा पुर्याउने गरी खाका ल्याउन भनिए अनुसार कार्यदलको बैठक आज बस्न लागेको एक सदस्यले जानकारी दिए । कार्यदलले सहमति जुटाएर शीर्ष नेताहरुसमक्ष प्रस्ताव लैजाने छ । सोही सिफारिसका आधारमा शीर्ष नेताहरुले अन्तिम निर्णय गर्नेछन् । यही साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश…

Read More

काठमाडौं- स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ । मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ ।  मिर्गौला प्रत्यारोपणका लागि अहिले काठमाडौँ जानु परिरहेको छ । विभागबाट स्वीकृत पाए लगत्तै सबै व्यवस्थापन तथा जनशक्ति…

Read More

काठमाडौं-  जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपीलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका नगरपालिका– ७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो ।  मृतकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन् । हत्या पश्चात फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका– ६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   बेलका नगरपालिका–…

Read More

काठमाडौं-  आज भदौ २० गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १२७.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १२६.७८ रुपैयाँ रहेको छ भने बिक्री दर १२७.३८ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४६.६० रुपैयाँ रहेको छ भने बिक्री दर १४७.२९ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.१७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३३.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ३४.०४ रुपैयाँ रहेको छ ।…

Read More

काठमाडौं-   नेकपा (एकीकृत समाजवादी)ले प्रदेशसभा सदस्यमा केन्द्रीय सदस्य शंकर भण्डारीलाई सिफारिस गरेको छ । आइतबार बसेको अछाम जिल्ला कमिटीको बैठकले भण्डारीलाई अछाम क्षेत्र नम्बर २(ख)बाट उम्मेदवार सिफारिस गरेको हो । उनी एकीकृत समाजवादीको अछाम जिल्ला सहइन्चार्ज समेत हुन् । कमलबजार नगरपालिका वडा नं ६ सेउलेमा जन्मेका भण्डारी पढाइमा समेत अब्बल थिए । उनी आफ्नो ब्याचको एसएलसीमा जिल्लाभरमा तेस्रो भएका थिए । हाल उनी राजनितीशास्त्रमा बिद्याबारिधी गर्दै छन् । संसारका २३ देश भ्रमणको अनुभव बटुलेका भण्डारी बिश्वका विकसित देशहरुको विकासको अबस्थालाई नजिकबाट नियालेका छन् । अष्ट्रेलिया , कोरिया , बेलायत , पोर्चुगल ,जापान , थाइल्यान्ड , कतार , स्वीट्जरल्याण्ड ,फिनल्याण्ड ,…

Read More

काठमाडौं-  मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेङ्गु पुष्टि भएको छ। सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाडौँमा ८८८, भक्तपुरमा ९९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेङ्गले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको…

Read More