Author: Nisha Shrestha

काठमाडौं – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान १०ः३० बजेदेखि सुरु भइ दिउँसो १ बजेसम्म चल्नेछ । ‘उच्चस्तरीय सत्र’मा दोस्रो दिन मंगलबार विभिन्न मुलुकका ५४ राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले आफ्नो राष्ट्रिय मन्तव्य दिनु हुने कोपको सचिवालयले जनाएको छ । उच्चस्तरीय सत्रमा पहिलो दिन सोमबार सम्मेलनलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरसले जलवायुसम्बन्धी विपद् रोक्नका लागि सबैलाई आग्रह गर्नुभएको थियो । ‘उच्चस्तरीय सत्र’को पहिलो दिन विभिन्न मुलुकका ४७ राष्ट्र प्रमुख तथा…

Read More

काठमाडौँ – राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका उम्मेदवारको चुनाव प्रचारप्रसार गरेको भन्दै आयोगले कारबाही गर्न राष्ट्रिय अनुसन्धान विभागलाई पत्र पठाएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ को उपदफा (२) मा कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानुन वा आयोगले दिएको निर्देशनको विपरीत कुनै काम कारबाही गरेमा आयोगले त्यस्तो कर्मचारी वा पदाधिकारी उपर निजको सेवा शर्तसम्बन्धी प्रचलित कानुन बमोजिम विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाउने व्यवस्था छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ८, सुरक्षा निकाय,…

Read More

काठमाडौँ – आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलन गर्दै छ । आयोगले आर्थिक वर्ष २०७९/०८० मा आयोगबाट विशेष अदालतमा दर्ता भएका मुद्दाहरूमा उक्त अदालतबाट भएको फैसला उपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएका मुद्दाहरूको सम्बन्धमा ब्रिफिङ गर्दै छ।

Read More

धनुषा – जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा मंगलबार र बुधबार अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । ‘जतिबेला यात्रु आउँछन् त्यतिबेला नै रेल चलाइहाल्छौँ। यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ’, कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले भने । जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर(कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल…

Read More

काठमाडौं – पालमा बायोग्यास प्रविधिको प्रवद्र्धनमा निजी क्षेत्रको अग्रणी भूमिका भए पनि समयसापेक्ष अनुदान नीतिमा वृद्धि हुन नसक्नु तथा निजी क्षेत्रमैत्री नीति र कार्यविधि बन्न नसक्दा यस प्रविधिको विकास र विस्तारमा समस्या आएको सरोकारवालाहरुले बताएका छन् । नेपाल बायोग्यास प्रवद्र्धन सङ्घको २६औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा यस प्रविधिलाई अतिगरिब, सीमान्तकृत तथा पछाडि पारिएका समुदायमा पहुँच पु¥याउन सरकारले निजी क्षेत्रलाई महत्व दिनुपर्ने जोड दिइएको छ । हाल नेपालमा करिब चार लाख ५० हजारभन्दा बढी घरेलु बायोग्यास प्लान्टहरु जडान भइसकेका छन् । यस क्षेत्रमा करिब १५ हजारभन्दा धेरै व्यक्तिले प्रत्यक्ष रोजगारी पाइरहेका छन् भने २० हजारभन्दा बढीले अप्रत्यक्ष र आंशिक रोजगारी…

Read More

काठमाडौँ – प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका हुन् । ‘हालसम्म निर्वाचन सुरक्षासम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक छ’, उनले भने । प्रहरी महानिरीक्षक सिंहले निर्वाचनसम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिए । उनले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएकाले निर्वाचनमा…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम आउन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानको खंलगामा आकस्मिक अवतरण भएको छ। चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम प्रतिकुल भएपछि खलङ्गामा अवतरण गरिएको उनको सचिवालयले जानकारी दिएको छ। केही समय खलङ्गामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको उनको सचिवालयले जनाएको छ। गोरखाको चुनावी कार्यक्रम सकेर प्रचण्ड कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन्।

Read More

महेन्द्रनगर (धनुषा)- सिरहा र धनुषाको सिमाना स्थित कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी , सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भीड नै लागेको छ । कार्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ । बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले यसलाई भूत मेला भन्ने गरिएको बताइएको छ । आजको दिन नयाँ–नयाँ धामी–झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुर्ण हुने मान्यता पनि रहेको छ । भूत…

Read More

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गरेर प्रवासी नेपाली मञ्चले विश्वभरि एकताको सन्देश दिएकोप्रति खुसी व्यक्त गर्नुभएको छ । पार्टीको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका नवनिर्वाचित कार्यसमितिलाई आज बधाई दिँदै उहाँले सर्वसम्मत नेतृत्व चयन भएकोप्रति खुसी व्यक्त गर्नुभएको हो । “आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा आ–आफ्नो ठाउँमा गएर सक्रिय सहभागि हुनुहोस्”, उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउन तपाईँहरूको भूमिका महत्वपूर्ण छ ।” अध्यक्ष ओलीले नवनिर्वाचित अध्यक्ष सञ्जय थापा, निवर्तमान अध्यक्ष भक्त गुरुङसहितका निवर्तमान तथा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यलाई खादा लगाएर बधाई दिनुभएको थियोे । आइतवार काठमाडौँमा सम्पन्न भएको मञ्चको अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा ९अमेरिका०…

Read More

अमेरिकिहरु जर्ज वासिंगटनलाई मान्छन्, चिनियाँहरु माओत्सेतुङलाई मान्छन्, भारतियहरु माहात्मा गान्धीलाई मान्छन् । नेपाललाई कुनै भगवानले बनाइदिएका होइनन्, न त माओत्सेतुङ ले नेपाल चिने, न जर्ज वासिंगटन ले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहल गरेका हुन् । ईतिहासमा पृथ्वीनारायण शाह नभएको भए थाहा छैन सायद नेपाल र नेपाली पहिचान नरहन पनि सक्थ्यो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कसैले झिनो सम्झन्छ भने त्यो ईतिहासप्रतिको गम्भीर भुल हुनेछ । सरकारले अग्रज र पुर्खाहरुले राज्य निर्माणका निम्ति गरेको योगदानको सधैं सम्मान गर्ने विश्वब्यापी परम्परा छ । छरिएर रहेका बाइसे र…

Read More