अमेरिकिहरु जर्ज वासिंगटनलाई मान्छन्, चिनियाँहरु माओत्सेतुङलाई मान्छन्, भारतियहरु माहात्मा गान्धीलाई मान्छन् । नेपाललाई कुनै भगवानले बनाइदिएका होइनन्, न त माओत्सेतुङ ले नेपाल चिने, न जर्ज वासिंगटन ले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहल गरेका हुन् । ईतिहासमा पृथ्वीनारायण शाह नभएको भए थाहा छैन सायद नेपाल र नेपाली पहिचान नरहन पनि सक्थ्यो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानलाई कसैले झिनो सम्झन्छ भने त्यो ईतिहासप्रतिको गम्भीर भुल हुनेछ ।
सरकारले अग्रज र पुर्खाहरुले राज्य निर्माणका निम्ति गरेको योगदानको सधैं सम्मान गर्ने विश्वब्यापी परम्परा छ । छरिएर रहेका बाइसे र चौबीसे राज्यहरू एकीकरण गरेर ईतिहासमा नेपाल भनेर चिनाउने उनै पृथ्वीनारायण शाह आज नेपालका कथाकथित प्रगतिशील दलहरुले उनलाइ सामन्तबाद को प्रतिक भनेर सम्बोधन गर्नु भनेको नेपाल एकिकरण हुनु ठिक थिएन भन्नु सरह नै हो । हामि नेपाली भनेर गर्व गर्नुको सम्पुर्ण श्रेय सायद उनैमा जान्छ । नेपाल एकिकरण नभएको भए यी दलहरु पनि हुने थिएनन् होला, त्यतातिर ध्यान जान नसक्नु ति दलहरुको कमजोरी मात्र नभएर इतिहासप्रतिको अपमान पनि हो ।
समयको गतिसँगै ईतिहासले कोल्टे फेर्छ, ब्यबस्था परिवर्तन हुन्छ स्वभाविक प्रकृया हो, तर पनि राष्ट्र निर्माता, ईतिहासका रचनाकार परिवर्तन हुँदैन । राज्य व्यवस्था र अहिलेको संविधानमा पनि धेरै खोटहरु छन् तथापी अहिलेको व्यवस्थामा राष्ट्र निर्माताको लागि अलिकति ठाउँ दिदा व्यवस्थाको अपमान हँुदैन । केहि योगदान नभएका पुर्वमन्त्री, पुर्ब प्रधानमन्त्री, बिशिष्ट नेताहरुले अनाहकमा राज्यको दोहोन गर्न मिल्ने, राष्ट्र निर्माता लाइ एउटा सम्मान दिन नसक्ने पनि कुनै प्रगतिशील राज्य हुन्छ रु बर्षको एक दिन उहाँको योगदानलाइ कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउदा राज्य व्यवस्थाप्रतिको अपमान हँुदैन, न त कुनै दुष्परिणाम नै आउछ । सारा जनताले सम्मान र आदर ब्यक्त गरेको यति ठूलो राष्ट्रिय एकता दिवसलाई जनमतप्राप्त सरकारले हटाउन मिल्दैन, कसैको आदेश र ईसारामा चलेका छ त अहिलेसम्मका सरकारहरु भन्ने कुराको ज्वलन्त उदाहरण यहि हो ।
राष्ट्र निर्माता पृथ्वीनारायण शालिक भत्काउनेहरु आज आफ्नो ईतिहास भुलेर जनतालाई छलछाम गर्न र खोक्रो आश्वासन बाड्न ब्यस्त छन भने पृथ्वीनारायणको भक्तिगान गाउनेहरुलाइ पश्चगामिको ट्याग लगाउन उद्दत छन । अब गोरखालि जनताहरूलाइ सो भ्रमबाट मुक्त हुदै राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाब चिन्ह हलोमा मतदान गरि राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गर्दै राज्य निर्माताको सम्मान गर्न राज्यलाइ पनि दबाब सिर्जना गरौ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको ईतिहासको सम्मान गरौ ।
-सुशिल पन्त
प्रतिनिधि सभा सदस्य उम्मेदवार राप्रपा
गोरखा २