Author: Nisha Shrestha

काठमाडौँ – प्याराग्लाइडिङ खेलाडी निसिम थापाको मृत्युपछि रोकिएको प्याराग्लाईडिङ सोमबारदेखि सुरु भएको छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाईडिङ खेलका क्रममा दुर्घटना हुँदा निसिमको मृत्यु भएपछि सरकारले प्याराग्लाइडिङ उडान गर्नका लागि अनिश्चत समयसम्मको प्रतिबन्ध लगाएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ शर्तसहित प्याराग्लाइडिङ खुल्ला गर्न अनुमति दिएको हो । प्याराग्लाइडिङ पाइलटको १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थामा परीक्षण हुनुपर्ने, तोकिएका पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट राख्नुपर्ने, तोकिएको क्षेत्रमा मात्र उडान गर्नुपर्ने, उडानमा प्रयोग हुने ग्लाइडरको परीक्षण गराएर उडान अनुमति प्राप्त गर्नुपर्ने र आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नुपर्ने शर्त राखेको र उक्त सर्त…

Read More

काठमाडौँ – निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने सम्बन्धमा सञ्चारमाध्यम तथा सञ्चारकर्मीहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय मिडिया अभिमूखीकरणको आज पोखरामा उद्घाटन गर्दै आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययीरूपमा सम्पन्न गर्न मिडियाको सहयोग रहँदै आएकोले आशन्न निर्वाचनमा पनि यो सहयोग रहने विश्वास व्यक्त गरे । आचारसंहिता परिपालना गर्ने सम्बन्धमा आयोगमा परेका उजुरी र प्राप्त सूचनालाई आधार मानी प्रमाणको आधारमा दलका नेता एवं उम्मेदवारलाई स्पष्टीकरण माग्दा त्यस्ता व्यक्तिहरूले आकाश खस्यो, पृथ्वी फुट्यो भनेजसरी कोलाहाल गर्नु कानूनको दृष्टिमा नमिल्ने कुरा भएको समेत आयुक्त भण्डारीले स्पष्ट गरे ।  आयुक्त भण्डारीले भने,…

Read More

काठमाडौँ – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत एसपी मुकुन्द मरासिनी पुरस्कृत भएका छन् । महाराजगन्जमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१औँ (पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १२औँ) समूहको दीक्षान्त समारोहमा एसपी मरासिनी नगद र प्रशंसा पत्रसहित पुरस्कृत भएका हुन् ।  उनलाई गृहमन्त्री बालकृष्ण खाँणले पुरस्कार र प्रशंसा पत्र प्रदान गरेका हुन् । उनले प्रहरी निरीक्षक आधारभूत तालिम १-१८१ औँ समूहको १८ महिना तालिम संयोजक भएर नेतृत्व गरेका थिए । सोही तालिमको व्यवस्थापनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनी पुरस्कृत भएका हुन् । ०७८ साउन १३ गतेदेखि सुरु गरिएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स…

Read More

काठमाडौं– आगामी ११ कात्तिकबाट प्रदर्शनमा आउने फिल्म ‘महापुरुष’ टिमले देउसी भैलो खेलेको छ । शनिबार साँझ नयाँ बानेश्वरमा आयोजित देउसी भैलो कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकारसमेत रहेका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँको सहभागिता थियो । टिमबाहेक कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्रलगायत पनि कार्यक्रममा उपस्थित थिए । देउसी भैलोमा सार्वजनिक मञ्चबाट शुभकामना दिँदै अभिनेता आचार्यले आउँदो ४ मंसिरमा आफ्नो नीति निर्माणसँगै क्षेत्रको काम गर्ने महापुरुषहरू पठाउन अनुरोध गरे । ‘यो संसद् भवनमा हाम्रो भावना बुझ्ने महापुरुषहरूलाई पठाउने दायित्व तपाईँसँग छ । भावी पुस्तालाई समेत हुने महापुरुषहरू छान्नु होला…

Read More

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको अभियानमा सबैलाई एकजुट हुन् अनुरोध गरेका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष नेपालले मुलुकको राजनीतिमा व्यक्तिवाद हाबी भएको बताउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसको नेतृत्व गरेको आरोप लगाए ।  ओलीले लोकतन्त्रलाई धुलिसाफ पार्ने कोसिस गरेको बताउँदै उनले गणतन्त्र विरोधी शक्तिसँग साँठगाँठ गरेको आरोप समेत लगाए । आफूहरूले ओलीलाई सुधार्न निकै प्रयास गरे पनि नसुध्रेको स्मरण गर्दै उनले भने, ‘ओलीले देश भाँडमा जावस्, मेरो स्वार्थको रक्षा हुनुपर्छ भनेर राज्यसत्ता सञ्चालन गरे । हामीले धेरै सुधार्ने कोसिस गर्दा पनि…

Read More

वीरेन्द्रनगर – गठबन्धनका शीर्ष नेताहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका छन्। लोकतान्त्रिक वाम-गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी केन्द्र) का अध्यक्ष माधवकुमार नेपालसहित अन्य शीर्ष नेताहरू वीरेन्द्रनगर पुगेका हुन् । सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेर उनीहरू वीरेन्द्रनगर आइपुगेका हुन् । भेला वीरेन्द्रनगरको शुभ होटेलमा आयोजना गरिएको छ।

Read More

काठमाडौँ – निर्वाचन आयोगले मकवानपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का नेता विरोध खतिवडा र मकवानपुर क्षेत्र नम्बर-२ ‘ख’बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार बनेका नेपाली काँग्रेसका इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ । खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग जनही १५ हजार रुपैयाँ उपलब्ध गराएको विषयमा आयोगले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने उल्लेख छ । “तसर्थ, तपाईँबाट आफ्नो क्षेत्रका…

Read More

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् । काठमाडौँ आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताए । ‘प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो’ उनले भने । राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएको खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायता न्युनतम आधारभूत समस्याको समाधानका लागि…

Read More

काठमाडौँ – आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसका २६६ जना उम्मेदवार छन् । प्रतिनिधिसभाका १६५ मध्ये ९१ र प्रदेशसभाका ३३० मध्ये १७५ सिटमा काँग्रेसका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पाँच दलीय गठबन्धनमा काँग्रेसले प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा ५० प्रतिशत निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक जनता पार्टी र राष्ट्रिय जनमोर्चालाई ४४ प्रतिशत सिटमा काँग्रेसले समर्थन गरेको छ ।  प्रदेश सभातर्फ भन्ने काँग्रेस र बाँकी चार दलका गरी बराबरी उम्मेदवार रहेको पाइन्छ । काँग्रेसले प्रदेश १ को प्रदेशसभा सदस्यमा २६, मधेस प्रदेशसभा सदस्यमा २५ बागमती प्रदेश सदस्यमा ४१,…

Read More

कैलाली – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश गम्भीर मोडमा उभिएको बताएका छन् । आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले सो कुरा बताएका छन् । चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए । २००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । जीतको सफलता सुदूरपश्चिमबाट मिल्ने अपेक्षा राख्ने उनले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका हुन् ।

Read More