Author: Nisha Shrestha

काठमाडौँ – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन्। आइतबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी चुनावमा प्रहरीले पाएको जिम्मेवारीलाई निष्पक्ष र त्रुटिरहित तवरले सम्पन्न गर्न निर्देशन दिएका हुन्। उनले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नु प्रहरीको जिम्मेवारी भएको बताए। प्रहरीलाई कानुनको परिधिभित्र रही अपराध अनुसन्धान र कानुन कार्यान्वयनमा कठोरता अपनाउन निर्देशन उनले दिए।

Read More

काठमाडौँ – भारत सरकारले राजीव गान्धी फाउन्डेशन (आरजिएफ) को ‘फरेन कन्ट्रिब्यूशन रेगुलेशन एक्ट’ (एफसिआरए) लाइसेन्स रद्द गरेको छ । गान्धी परिवारसँग जोडिएको गैरसरकारी संस्थामाथि विदेशबाट प्राप्त हुने वित्तिय सहयोग सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको छ । समाचार संस्था पिटिआईका अनुसार गृह मन्त्रालयले सन् २०२० को जुलाईमा बनाएको कमिटीको अनुसन्धानका आधारमा लाइसेन्स रद्द गरिएको हो । कांग्रेस अध्यक्ष सोनिया गान्धी राजीव गान्धी फाउन्डेशनकी अध्यक्ष हुन् । पूर्व प्रधानमन्त्री मनमोहन सिंह, पूवए वित्त मन्त्री पी चिदम्बरम, राहुल गान्धी र प्रियंका गान्धी यसका ट्रस्टी हुन् । लाइसेन्स रद्द भएसँगै अब सो संस्थाले विदेशी सहयोग लिन पाउने छैन । सन् १९९१ मा स्थापना…

Read More

रामपुर – तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ। व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन्। रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ। तीन वर्षदेखि यस व्यवसाय थालनी गर्नुभएका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन्। ‘तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ’, उनले भने। नेपालगञ्ज, बुटवल, तानसेन, पोखरालगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन्। पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औँल्याए। उनले भने, ‘निर्वाचनमा जनताले गर्ने विवकपूर्ण निर्णयले देश विकास जनताको आर्थिक रुपान्तरण सम्भव छ । चुनावलाई राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ ।’ पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै आगामी मङ्सिर ४ गते हुने…

Read More

काठमाडौँ – जिल्ला अदालत, काठमाडौँले सन्दीप लामिछानेलाई अन्तिमपटक थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ । १७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौँको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् । यसैबीच नाबालिकलाई…

Read More

काठमाडौँ नेपाल टेलिकमले नेपालीहरुको महान पर्वहरु तिहार, छठ तथा म्हपुजाका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको चाडपर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु यी पर्वहरुका अवसरमा कात्तिक ६ गतेदेखि कात्तिक १५ गतेसम्म उपलब्ध हुनेछन् । डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।…

Read More

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा एक हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा आइतबार भएको भेटवार्ता उनीहरूबिच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा गृहमन्त्री खाँणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुका साथै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए। साथै उनले नेपालमा आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै नेपाल सरकारले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्न उच्च प्राथमिकता दिएको बताए।…

Read More

काठमाडौँ – गृह मन्त्रालयले सातै प्रदेशमा चुनाव केन्द्रित प्रदेशस्तरीय सुरक्षा बैठक सुरु गर्दै छ। मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्न लागेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए।  आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुँदै छ। बिहान १० बजेपछि सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल चोकमा सुरु हुने बैठकको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता पोखरेलले जानकारी दिए। बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहने छ। प्रवक्ता पोखरेलले प्रदेशस्तरीय सुरक्षा संयन्त्रको बैठक बसेर निर्वाचनमा सातै…

Read More

काठमाडौँ – सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता तथा राष्ट्रपति बनेका छन्। सामान्यतया दुई कार्यकाल नेता रहने परम्परा भए पनि सी तेस्रो कार्यकालका लागि सर्वोच्च नेता बनेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसले उनलाई तेस्रो कार्यकालका लागि नेता चयन गरेको हो। ६९ वर्षका सी विगत १० वर्षदेखि पार्टीको नेता तथा राष्ट्रपति रहँदै आएका छन्। पार्टीको नेतामा लगातार तेस्रो कार्यकालका लागि चयन भएका सी पोलिट्ब्युरो स्थायी कमिटीका नयाँ सदस्यसहित आइतबार बिहान मञ्चमा उपस्थित भएका हुन्। पार्टीको सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीसहित ली क्वेयाङ, झाओ लिजी, वाङ हुनिङ, काइ की, दिङ सुसियाङ र ली सी रहेका…

Read More