Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन गरेको छ। दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको बैठकले निर्देशक विजयकुमार रायको नेतृत्वमा ४ सदस्यीय प्राविधिक समिति गठन गरेको हो। समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, नेपाल सरकार सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेका छन्। उक्त प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे/ नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेश गर्ने संयोजक विजयकुमार रायले जानकारी दिए।

Read More

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विद्रोही हमास समूहको नियन्त्रणमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिकाका विपिन जोशीलाई छुटाउन सरकार गम्भीरतापूर्वक लागेको बताएका छन्। शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित कार्यालय भवन उद्घाटन समारोहमा मन्त्री साउदले इजरायल सरकारका अनुसार जोशी बन्धक अवस्थामा जीवित रहेको र उनलाई मुक्त गराउन अमेरिकाका परराष्ट्रमन्त्रीदेखि कतारका विदेशमन्त्रीसित आग्रह गरेको जानकारी दिए। ‘जोशीको गम्भीर चिन्ता गरिहरेका बेला गाजाको क्षेत्रमा बन्धक रहेको भन्ने आएको छ’, मन्त्री साउदले भने, ‘सुरक्षामा गम्भीर रुपमा ध्यान दिँदै सकुशल छुटाउन अमेरिकी परराष्ट्रमन्त्रीसित पनि आग्रह गरिएको छ।’ साथै कूटनीतिक रुपमा पहल अघि बढाउँदै अन्तर्राष्ट्रिय रेडक्रससित पनि आग्रह गरिएको उनको भनाइ छ। मन्त्री साउदले शनिबार बिहान जोशीका बुवाआमा…

Read More

जाजरकोट : जाजरकोट भेरी नगरपालिका–१ घुयलनेटाकी देउमा रानाको घर भूकम्पले तहसनहस भयो। उनकी छोरी घाइते भइन। प्रदेश अस्पतालमा उपचार गरेर बल्ल छोरी फर्किएकी छन्। आमा र छोरीसँगै सुतेको समयमा भूकम्प गएको थियो। भूकम्पबाट आमालाई केही नभए पनि छोरी एकमाया राना घाइते भइन। घाइते भएकी छोरीलाई अहिले पनि हिँड्दा भूकम्प आएझैँ हुने गरेको छ। आमा देउमा भग्नावशेषमा परिणत भएको घरभित्र रहेका मालसमान निकाल्न लागेकी छन्। घरभित्र भएका कुनै पनि सामान देउमाले सग्लो पाएका छैनन्। अहिले उनको १० जनाको परिवार स्थानीय विद्यालयको चौरमा त्रिपाल टाँगेर बसिरहेको छ। संयोगले भूकम्प गएको समयमा देउमाका छोरा नवीनसहित अन्य घरका आफन्त छिमेकी गाउँ मैदेमा तिहारको लागि…

Read More

जाजरकोट : चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ। जाजरकोटको छेडागाड नगरपालिका–१३ थानवाडा निवासी एक महिलाको चिसोका कारण ज्यान गएको हो। ज्यान गुमाउने महिला मनसरी कामी १७ गतेदेखि पालमुनि बस्दै आउनु भएको थियो। चिसो बढेसँगै बिरामी पर्नु भएकी उनको आज बिहान ज्यान गएको छिमेकी जनक बहादुर खत्रीले जानकारी दिए। जाजरकोटका वारेकोट, कुशे र छेडागाड, भेरीका ५३ जनाभन्दा बढी चिसोका कारण बिरामी परेको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाहरुको तथ्याँक छ। यो सँगै चिसोका कारण ज्यान गुमाउनेको संख्या छ पुगेको छ।

Read More

कञ्चनपुर : त्रिचालिस दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले छोराको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदसित आग्रह गरेका छन्। मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले सो आग्रह गरेका हुन्। ‘चाँडोभन्दा चाँडो छोराको रिहाइका लागि नेपाल सरकारले पहल गरिदिनु पर्‍यो’, मन्त्री साउदलाई विपिनका बुबाआमाले भने, ‘छोराको चिन्ताले हामीलाई दिनरात सताइरहेको छ, जसरी पनि सरकारले सकुशल ल्याइदिनु पर्‍यो।’ भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाएका थिए। भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको जानकारी…

Read More

धनगढी : धनगढीमा शनिबार राति भएको आगलागीबाट झण्डै १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ। धनगढी उपमहानगरपालिका–१ को एलएन चोकमा रहेको भण्डारी सुज सेन्टरमा विद्युत सर्ट भइ भएको आगलागीबाट १७ करोड ९७ लाख बराबरको क्षति भएको हो। सारथी अस्पताल प्रालीको पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनीकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी सुज सेन्टरको ५० लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख, सुभिक्षा बेबी सपको ९० लाख, खाद्य गोदामको चार करोड…

Read More

धनगढीः कैलालीमा एक पालिका अध्यक्ष चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी छन्। जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय (हिमशिखर)ले चढ्ने गाडीको ठक्करबाट बालिका घाइते भएकी हुन्। गाउँपालिकाका अध्यक्ष उपाध्यायले प्रयोग गर्दै आएको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ५२८ नम्बरको सरकारी गाडीले घोडाघोडी नगरपालिका–१ सुन्दरपुरमा ७ वर्षीय मेनुका भण्डारीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय, सुखडले जनाएको छ। गाडीको ठक्करबाट भण्डारी घाइते भएकी छन्। उनको खुट्टामा चोट लागेको छ। तर, गाउँपालिकाका अध्यक्ष उपाध्याय भने गाडीमा सवारी थिएनन्। शनिवारको दिन पनि चालक रेशम आर्चायले सरकारी गाडी कुन प्रयोजनका लागि चलाएको भनेर खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। चालक प्रहरीको नियन्त्रणमा छन्। भण्डारीको घोडाघोडी अस्पताल…

Read More

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ। नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार राति प्रहरी र स्थानीयबीच झडप भएको थियो। शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए भने आज बिहान तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जनालाई नियन्त्रणमा लिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए। सम्बन्धित समाचार : सशस्त्रका डिएसपी राईमाथि आक्रमण, संलग्न चार जना नियन्त्रणमा

Read More

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह मंसिर ९ गते झापा जाने भएका छन्। पूर्वराजा शाह विर्तामोड नगरपालिका–१ मा रहेको इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट कलेजको निमन्त्रणामा झापा जाने भएका हुन्। सोही दिन उनले कलेज प्रांगणमा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको शाहका संवाद सचिव फणिराज पाठकले शनिवार सूचना जारी गरी जानकारी दिएका छन्।

Read More

धनगढी: कञ्चनपुरमा नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्। गएराति भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित पारस भट्टले सञ्चालन गरेको चन्द्रदेव राइस मिलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ बस्ने नरेन्द्र बिष्ट, पारस भट्ट, खेमराज लेखक, नरेन्द्र जोशी, भीमदत्त नगरपालिका–४ बस्ने दामोदर भट्ट, भीमदत्त नगरपालिका–१० बस्ने दिपक गिरी, भीमदत्त नगरपालिका–८ बस्ने सुरत खत्री र वेदकोट नगरपालिका–१० बस्ने तिलक बैज रहेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट दुई लाख आठ हजार चार सय २६ रूपैयाँ र तास पनि बरामद गरिएको छ।

Read More