Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : ठगीको आरोपमा एक महिला पक्राउ परेकी छन् । पोल्यान्ड पठाउने आश्वासन दिएर ३८ लाख रुपैयाँ ठगेको आरोपमा भक्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-६ बस्ने ३९ वर्षीया सुनिता कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रोजगारीका लागि पोल्यान्ड पठाइदिने आश्वासन दिएर पैसा लिएर फरार भएको भन्दै उनीविरुद्ध १७ जनाले उजुरी दिएका थिए । सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ : नेकपा (एमाले)ले जाजरकोट भूकम्पपीडितलाई १ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने भएको छ । एमालेको सामाजिक सेवा केन्द्रले जाजरकोट भूकम्पपीडितलाई राहत सामग्री वितरण गर्न लागेको हो । एमालेका केन्द्रीय सदस्यसमेत रहेका सामाजिक सेवा केन्द्रका प्रमुख मोतिलाल दुगडले भूकम्प पीडितलाई चामल, दाल, चाउचाउ, बिस्कुट, नुनजस्ता खाद्य सामग्री उपलब्ध गराउने जानकारी दिए । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीको सामाजिक सेवा केन्द्रले भूकम्प पीडितका लागि खाद्य सामग्रीका अलवा कम्बल र त्रिपाल पनि वितरण गर्न लागिएको जानकारी दिए । दुगडका अनुसार राहतका लागि पठाइने सामग्रीमध्ये केही काठमाडौंमा खरिद गरिएको छ भने केही सामग्री नेपालगन्ज, दाङ लगायतका जिल्लाबाट खरिद गरिसकिएको छ…

Read More

बुटवल : दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ । बिल भुक्तानीको विषयलाई लिएर विवाद सुरु भएपछि हातपात भएको बताइएको छ । कार्यकक्षमा इन्जिनियर केसीलाई कामकाजमा अवरोध पुर्याएको आरोपमा निर्माण व्यवसायी महतरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले बताए । कर्मचारीमाथि हातपात गरेको भन्दै उपमहानगरका कर्मचारीले सेवा ठप्प पारेका थिए । पीडितले जाहेरी दिएको खण्डमा मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ । दोषीलाई कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा पनि केहीबेर धर्ना दिएका थिए ।

Read More

काठमाडौँ : राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मंगलबार बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठकले सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण र नियमन गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री दाहालले बोलाएको बैठकमा काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नै सामाजिक सञ्जालमा देखिएका विकृति नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवाले सामाजिक सञ्जालको छाडापन नियमन र नियन्त्रण सरकारले किन नगरेको भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरेका थिए…

Read More

काठमाडौँ : भूकम्पको इपिसेन्टर जाजरकोटको भेरी नगरपालिकाका मेयर सिपी घर्तीले हेलिकप्टर आतङ्क बन्द गर्न चेतावनी दिएका छन् । नगरपालिकाभित्रका भूकम्प प्रभावितलाई ५ हजार त्रिपाल माग्दा संघीय सरकारले बेवास्ता गरेकोमा आक्रोशित बनेका मेयर घर्तीले स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार नमिच्न समेत चेतावनी दिएका छन् । भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको हेलिकप्टरको ओहोरदोहोर बढी भइरहेको तर राहतको काम हुन नसकेकोमा मेयर घर्तीले लगातार असन्तुष्टि जनाइरहेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालबाट विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतङ्क बन्द गर्न भनेका हुन् । उनले संविधानले व्यवस्था गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्ने प्रयास गर्न समेत भनेका छन् ।

Read More

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार डा. महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै यस्तो बताएका हुन् । मन्त्री महतको भनाई जस्ताको त्यस्तै : ‘मङ्गलादेवीको नाममा बर्थिङ सेन्टर स्थापना हुनु खुशीको कुरा हो । नेपाल–भारत सहयोगअन्तर्गत स्मल ग्रान्ट परियोजनाअन्तर्गत २० वर्षदेखि लगातार भारत सरकारले नेपालको महत्त्वपूर्ण क्षेत्रमा सहयोग गर्दै आएको छ, साना परियोजनाको प्रवाह बढी छ, कार्यान्वयन अवधि छोटो छ । सिधै स्थानीय तहका जनताले प्रत्यक्ष लाभ यसबाट प्राप्त गर्दछन् । भारतीय सरकार, भारतीय दूतावास काठमाडौं र महामहिम राजदूत धन्यवादका पात्र हुनुहुन्छ ।’ ‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री…

Read More

कैलाली: धनगढीमा लाठी प्रहार गरी हत्या गरेका आरोपमा एक जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर लालबहादुर थापाको हत्या गरिएको आरोपमा स्थानीय व्यापारीसमेत रहेका कृष्ण सेट्टीले थापालाई प्रहरीले प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कुलदीत चन्दले बताए । बेहोस अवस्थामा फेला परेका उनलाई प्रहरीले घरसम्म पुगाएको थियो। उनको हत्या हुँदा पनि प्रहरीले बेवास्ता गरेको परिवारको आरोप छ। उनको हत्या भएपछि मंगलवार जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक चन्दसहितको प्रहरी टोली घटनास्थल गएको थियो। सेट्टीले बाँसको लाठीले प्रहार स्वीकार गरेको चन्दले बताए। ३८ वर्षीय थापाले पसलबाट मदिरा चोरी गरेपछि…

Read More

लुम्बिनी : आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ । उनीहरु आज बिहान १०ः३० बजेतिर खोलामा डुबेका थिए । उनीहरुलाई स्थानीय र दोभानस्थित प्रहरीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुटवल अस्पताल प्रालिमा पु¥याइएको थियो । आचार्यको उपचारका क्रममा आचार्यको मृत्यु भएको र घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । आजै भएको अर्को घटनामा भारतीय…

Read More

डडेल्धुरा : अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीलाई डोजर चलाए पेट्रोल छर्किएर आगो लगाउने धम्की दिने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । महाकाली ट्रेडर्सका सञ्चालक तीर्थ भण्डारीलाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा इन्सपेक्टर कुसुम नायकले जानकारी दिए। डडेल्धुरा सदरमुकाम बागबजारमा सडक फराकिलो बनाउन अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले डोजर चलाएपछि विवाद उत्पन्न भएको थियो। सडक बिस्तारका लागि बागबजार क्षेत्रमा जग्गाको मुआब्जा वितरण गरिएको थियो। सरकारले मुआब्जा वितरण गरिसके पनि घरबेटी र व्यापारीहरुले पूरानै सडकसम्म व्यापार गर्दै आइरहेका थिए । १५/१५ मिटर सडक दायाँ/बायाँ खाली गर्न अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालयले बारम्बार…

Read More

काठमाडौं : एकै परिवारका ४ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली घटनास्थल, मुगु पुगेको छ। सीआईबीका डीएसपी धर्मराज भण्डारीसहितको टोली घटनास्थल पुगेको हो। लामो समयदेखि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले अनुसन्धान गर्दा पनि घटनामा संलग्नहरु पत्ता लाग्न नसकेपछि प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली परिचालन गरेको हो। अपराधी पत्ता लाग्न नसकेपछि भुटानी शरणार्थी प्रकरण, ६० किलो सुन तस्करी प्रकरणलगायतका अनुसन्धान गरेका डीएसपी भण्डारीलाई मुगु पठाइएको सीआईबी स्रोतले जनाएको छ। यसअघि स्थानीय प्रहरीले हत्यारा नजिक पुगेको दाबी गरे पनि अहिलेसम्म घटनाबारे कुनै नयाँ तथ्य आएको छैन। मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा आमासहित उनका…

Read More