Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘गणतन्त्र फ्याँक्ने’ भन्दै सरकार र नेताहरुसँग सहयोग माग गरेका छन् । प्रसाइँले गणतन्त्र उल्टाउने एजेन्डासहित आन्दोलनको घोषणा गर्दै भने, ‘मंसिर ७ बाट सुरु गर्ने नागरिक मुक्ति आन्दोलनले वार कि पार गर्नेछ ।’ सोमबार आज भक्तपुरस्थित आफ्नै निवासमा केही युट्युबरलाई भेला गरेर आन्दोलनको घोषणा गरेका उनले प्रधानमन्त्रीलगायत सबै दलका नेताले आर्थिक सहयोग गर्नुपर्ने माग गरेका छन् । ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याँक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु’ प्रसाइँले भने, ‘उहाँ मनको कमजोर हुनुहुन्छ, पक्कै दिनुहुन्छ ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि पैसा माग्ने उनले बताए…

Read More

काठमाडौँ : नेपाल प्रेस काउन्सिलले जबर्जस्ती भिडियो खिचेको आरोपमा एक पत्रकारलाई सोधपुछ गरेको छ । सोमबार पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै काउन्सिलले स्पेस फोके टिभिका पत्रकार कपिल शाहीलाई सोधपुछ गरेको हो । शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाज समेत उठेको थियो । काउन्सिलसमक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो । छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले…

Read More

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भूकम्प प्रभावित क्षेत्रमा भिआइपीको भ्रमण रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन्। रास्वपा सांसदहरुले प्रधानमन्त्री ‘प्रचण्ड’लाई सोमबार सिंहदरवारमा भेटेर भिआइपीको भ्रमणले उद्धार र राहत कार्यमा असर परेको बताएका हुन्। भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री सबैभन्दा पहिला पुगेका थिए। उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, उपप्रधान तथा गृह मन्त्री, स्वास्थ्य मन्त्री, ऊर्जा मन्त्री लगायतको टोली पनि भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा गएका थिए। रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण योजनाबारे समेत प्रश्न गरेका थिए। रास्वपा सांसदहरुले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षणमा उद्धार र राहतमा ढिलासुस्ती नगर्न आग्रह गरिएको छ। त्यस्तै पुनर्निर्माणका लागि कानुनी प्रबन्ध मिलाउन आग्रह…

Read More

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि कारबाही गरेको छ ।माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Read More

धनगढी : कैलाली जिल्ला अदालतमा चोरी भएको छ। हिजो (आइतबार) जिल्ला अदालत कैलालीमा चोरी भएको हो। अदालतका कर्मचारीहरुको मोबाईलसहितका सामानहरु चोरले लगेको बताइएको छ। हिजो चोरी भएकोमा अदालतबाट आज प्रहरीलाई खबर गरिएको र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चोर खोजीरहेको जनाएको छ। कैलाली प्रहरीका डिएसपी कुलदिप चन्दले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। जसका लागि सिसिटिभी अध्ययन गरिदै छ।

Read More

काठमाडौं : जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । अपरान्ह ४ः३४ बजे ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो शुक्रबार रातिको भूकम्पको पराकम्प भएको बताइएको छ । पराकम्पको धक्का पश्चिम र सुदूर पश्चिमका धेरै जिल्ला र काठमाडौंसम्म पनि महशुस गरिएको उल्लेख छ ।

Read More

बझाङ : बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका–४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन्। बझाङबाट धनगढीका लागि छुटेको कर्णाली रिभर साइड यातायात प्रालिको सुपप्र ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ च ३६१३नम्बरको जीप आज वेलुका ४.१५ बजे बाग्थला अस्थाइ चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएका हुन्। बस र जीप दुबैको अगाडीपट्टीको भागमा क्षति भएको छ। दुवै जना चालकलाई अस्थाई ट्राफिक चेक पोष्ट बाग्थलाले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ।

Read More

धनगढी : कञ्चनपुरमा लागु औषधसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने धमेन्द्र रहेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टरस्थित यूके ०३ वी ८२६९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा उनलाई पक्राउ गरेको हो। उनको साथबाट २ पाकेटमा ४.६३ ग्राम र ४.७० ग्राम गरी जम्मा ९.३३ ग्राम लागु औषधसहित एक थान मोबाइल र एक थान मोटरसाइकल नियन्त्रणमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

धनगढी : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ। भूकम्पको धक्का सुदूरपश्चिममा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Read More

धनगढी : यो वर्षको भाइटीकाकाे शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ। ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ।

Read More