Author: Nisha Shrestha

काठमाडौं: धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) को बाँडफाँड आज भदौ ८ गते बुधबार हुने भएको छ । बिक्रि प्रबन्धक सनराईज क्यापिटलले यसअघि मंगलबार नै संस्थाको आईपिओ बाँडफाँड तयारी गरेको भएता पनि विशेष कारण बाँडफाँड बुधबारलाई सरेको जनाएको छ । संस्थाको आईपिओ बाँडफाँड आज बुधबार बिहान १० बजे बिक्रि प्रबन्धकको कार्यलयमा हुने छ । लघुवित्तको आईपीओको प्रि–अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५०…

Read More

काठमाडौँ – काठमाडौँमा नेपाल–बङ्गलादेश ऊर्जा सचिव स्तरीय बैठक भोलि बस्दै छ । त्यसका लागि बङ्गलादेशका ऊर्जा सचिव सहितको टोली काठमाडौँ आइसकेको छ । सचिव स्तरीय बैठकको तयारी स्वरूप आज (बुधबार)दुई देशका ऊर्जा सहसचिव स्तरीय संयुक्त कार्य समूहको बैठक बस्ने छ । बङ्गलादेशले नेपालको सुनकोसी–३ जलविद्युत आयोजनामा लगानी गर्न इच्छा देखाएको छ । बङ्गलादेशले सोही विषयलाई प्रमुखताका साथ बैठकमा राख्ने तयारी गरेको बताइएको छ । ६८३ मेगावाट क्षमताको सुनकोसी–३ अर्धजलाशययुक्त आयोजना हो । बङ्गलादेश पावर डेभलममेन्ट बोर्डका प्रतिनिधिहरूसहित २२ तारिखमा काठमाडौँ आइपुगेको बङ्गलादेशको टोलीले मङ्गलवार सुनकोसी–३ जलविद्युत आयोजनाको प्रस्तावित निर्माण स्थलको स्थलगत अनुगमन गरेको थियो । दुई देशका अधिकारीहरूको बैठकमा नेपाल–बङ्गलादेश…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन । नागरिकता बिद्येयक, सत्यनिरुपण बिद्येयकलगायतका बिषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमाले बिच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा ओलीलाई भेटन बालकोट पुगेका हुन । ‘प्रधानमन्त्री देउवा वालकोट आउनु भएको छ, कुराकानी के भयो थाहा भएन्,’ ओलीको प्रेस संयोजक रामशरण बजगाईले भने ।

Read More

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरिसकेको बताएकी छन् । कैलालाीको लम्कीचुहा नगरपालिका वडा नं। ३ को बादी बस्तीमा १३० भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाँझो जमिनहरुको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम शुरु गरेको बताइन् । मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहिन दलित, भूमिहिन सुकुम्वासीको…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ७ सय ५७ पिसिआर परीक्षणका क्रममा ३ सय ४३ जना र २ हजार १ सय ९२ एन्टीजेन परीक्षणका क्रममा २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ४१७ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ४ हजार २ सय २१ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

Read More

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गरेका हुन् । ‘भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन पटक रकम घटेको छ, चाडपर्वको समयमा नेपालमा पनि पेट्रोेलियम पदार्थको मूल्य समायोजन गरी यातायात व्यवसायी र जनतालाई राहत दिनुपर्छ’, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वारले कोरोना कहरका कारण ठूलो आर्थिक व्ययभार खेपेका यातायात व्यवसायीलाई राहत दिनुको सट्टा…

Read More

काठमाडौं – सरकारले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा गरी ५८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयमा ३८० वटा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा २०४ वटा गरी ५८४ जना अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको हो । त्यसैगरी असमान तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा उक्त समिति गठन गर्ने निर्णय गरेको हो । ‘देशको आर्थिक अवस्था र खर्च वहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब,…

Read More

म्याग्दी – मुस्ताङबाट निकासी हुने प्रमुख फलफुल स्याउको उत्पादन यसवर्ष बढेको छ । गत वर्षको तुलनामा यसवर्ष स्याउ उत्पादन १५ प्रतिशतले बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीले अनुकूल मौसम रहेको, रोगकीराको समस्या कम नदेखिएको र बगैँचा व्यवस्थापन र क्षेत्रफल विस्तार भएकाले स्याउ उत्पादन बढेको बताए । ‘यसपाली वर्षा र रोगकीराको समस्या कम भएकाले उत्पादकत्व बढेको छ,’उनले भने, ‘स्याउका लागि वर्षात् कम भएको मौसम अनुकूल मानिन्छ । नयाँ बोटमा फल लाग्न थालेकाले उत्पादन वृिद्धमा सहयोग पुगेको हो ।’ रङ चढेको र गुलियो पसेर खानयोग्य भएको उच्च घनत्वको गाला जातको स्याउ टिप्न थालिएको छ ।…

Read More

काठमाडौँ – फुटपाथ व्यापारीहरूले महानगर कार्यालय अगाडि प्रदर्शन गरेको छ । फुटपाथ व्यापारीहरूले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग सहित आज काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि मेयर बालेनविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक सङ्घर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालीमाटीमा भेला भई नारा र्‍यालीसहित आएका उनीहरूले महानगरपालिकाको कार्यालय परिसरमा पुगेका छन् । उनीहरूले ‘महानगर प्रहरीले लगेको आफ्नो सामान बिना सर्त फिर्ता गर्नु पर्ने, आफूहरूले निर्धक्क सडक व्यापार गर्न पाउनु पर्ने’ जस्ता माग राखेका छन्। व्यापारीहरूले आफ्नो मागसहितको ज्ञापन पत्र महानगरलाई बुझाएका छन्। स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको नाममा उनीहरूले र्‍याली पनि गरेका छन्। कालिमाटीमा…

Read More

काठमाडौं – एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ ।

Read More