काठमाडौं: धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गते, मंगलबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) को बाँडफाँड आज भदौ ८ गते बुधबार हुने भएको छ । बिक्रि प्रबन्धक सनराईज क्यापिटलले यसअघि मंगलबार नै संस्थाको आईपिओ बाँडफाँड तयारी गरेको भएता पनि विशेष कारण बाँडफाँड बुधबारलाई सरेको जनाएको छ ।
संस्थाको आईपिओ बाँडफाँड आज बुधबार बिहान १० बजे बिक्रि प्रबन्धकको कार्यलयमा हुने छ । लघुवित्तको आईपीओको प्रि–अलटमेन्टको काम भने आइतबार नै सकिएको थियो।संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको हो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०।L.५ प्रतिशतले हुन आउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्रि गरिने छ ।
अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।
संस्थाको आईपीओमा आवेदन दिनेहरु मध्य भाग्यमानी ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन । सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् ।