Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए ।

Read More

महोत्तरी :  जलेश्वर नगरपालिका- ८ रतवारा गाउँमा गए राति डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्। जयकिशोर चौधरीको घरमा गए राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए। डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका थिए। मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।…

Read More

सिरहा : गोबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। मिर्चैया नगरपालिका–६ निवासी प्रधानाध्यापक साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उहाँ नभेटिएपछि लामो समयसम्म खोजी भएको थियो। खेजीको क्रममा शिक्षक साह विद्यालयमै झुण्डिएको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहानै विद्यालय पुगेका शिक्षक साह किन झुण्डिएको भन्ने विषयमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ।

Read More

डडेल्धुराः ६ दिन अघि डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका–५ बगरकोट रोडमा ३ वटा पसल तोडफोड भएर चोरी भयो। २ दिन अघि मात्रै बगरकोट रोडस्थित कर्णसिंह रावल उर्फ ‘मम्याल बाजे’को घरमा डेरा गरी बस्नेहरूको कोठामा तोडफोड गरेर चोरी भयो। ४ दिन अघि अमरगढी नगरपालिका–५ विद्युत रोडमा रहेको तारा बोहराको घरमा बस्ने उत्तमसिंह कार्कीको कोठाबाट साढे पाँच तोला सुन चोरी भयो। तर, प्रहरीले भने चोर पत्ता लगाउन सकेको छैन्। जिल्ला सदरमुकाममै राती चोरी हुन थालेपछि स्थानीय सशंकित छन्। चोरीका घटना बढेपछि स्थानीय निरज रावलले जिल्ला सदरमुकाममै प्रहरीले सुरक्षा दिन नसकेको हो ? भनि आक्रोश पोखे। यता, डडेल्धुरा प्रहरीले भने चोरीका घटनामा अनुसन्धान जारी…

Read More

जाजरकोट : जाजरकोट रामीडाँडामा शुक्रबार राति गएको भूकम्पमा परी ज्यान गुमाएका १ सय ५३ जनामध्ये १ सय ४७ जनाको अन्तिम संस्कार गरिएको छ। भूकम्पमा परी ज्यान गुमाएका जाजरकोटका १ सय १ जनामध्ये ९५ जनाको शव आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन्। यसअघि जाजरकोटका तीन पालिकामा १ सय ५ जनाको मृत्यु भएको भनिए पनि मृतकको संख्या भने घटेको छ मृतक चार जनाको नामावली दोहोरो परेको पाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाका अनुसार ६ जनाको शव आफन्तले अझै बुझेका छैनन्। यस्तै, रुकुम पश्चिममा मृत्यु भएका ५२ जनाकै आफन्तद्वारा अन्तिम संस्कार गरिएको छ। जिल्ला प्रहरी…

Read More

जाजरकोट : जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ। प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन्। जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिए। उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका रहेका छन्। जाजरकोटमा मृत्यु भएका एक सय पाँचमध्ये बालक २७ र बालिका २३ जना रहेका रोकाले बताए। रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख…

Read More

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढ्न थालेको छ। इस्वी सम्बत्को अक्टोबर महिनासम्म आठ सय ८७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। गत वर्षको डिसेम्बर महिनासम्म पाँच सय ४२ पर्यटक भित्रिएका थिए। गत वर्षभन्दा यस वर्षको अक्टोबरसम्म मात्रै तीन सय पाँच बढी पर्यटक भित्रिएका हुन्। कोरोनाको सङ्क्रमण घटदै गएसँगै आवतजावतका लागि वातावरण सहज भएकाले विदेशी पर्यटक आउने क्रम बढदो रुपमा रहेको हो। भारतबाट स्थलमार्ग हुदै सीमा नाकाबाट भित्रिने पर्यटकमा फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य (युके), संयुक्त अधिराज्य अमेरिका, जापानलगायत युरोपेली मुलुकका रहेका छन्। गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टका अनुसार सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा एक सय…

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम क्षेत्रको सडक विस्तारका लागि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सुरु गरिएको छ। सोमबार अमरगढी नगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचना हटाउन डोजर चलाएको हो। घरधनीले मुआब्जा पाएको महिनौं पुगे पनि सडक क्षेत्रमा पर्ने संरचना भत्काउन अटेरी गरेपछि अमरगढी नगरपालिकाले डोजर चलाएको नगरपालिका–५ का वडाअध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए। वडा कार्यालय र नगरपालिकाले पटकपटक आग्रह गर्दा पनि बेवास्ता भएपछि १३ गते सात दिनको म्याद दिएर अन्तिम पटकका लागि संरचना हटाउन नगरपालिकाले सूचना जारी गरेको थियो। ‘सडक क्षेत्रमा पर्ने संरचना नहटाएपछि बाध्य भएर डोजर लगाएका हौं। डोजर लगाएर सडक र बजार व्यवस्थित गर्ने कार्यमा लागेका छौं,’ उनले भने। सदरमुकामको…

Read More

कञ्चनपुर: कञ्चनपुरको एक सामुदायिक वनमा महिलाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा सोही ठाउँकी अन्दाजी ६० वर्षिया नन्दादेवी जोशीको शव सोमबार बिहान फेला परेको हो। आइतबार साँझ घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार विहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए। घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। अहिले इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Read More

धनगढीः कैलालीस्थित धनगढीबाट नगदसहित सात जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ चौराहास्थित ब्लू स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नगद ६७ हजार ६५६ रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ कालागौडी घर भई धनगढी कोठागरी बस्ने ३५ वर्षीय हेमराज अवस्थी, बझाङको केदारस्यू गाउँपालिका–४ का केशव मल्ल र बैतडीको पुर्चौडीका रमेश भण्डारी रहेका छन्। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३ गड्डी ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More