Author: महेन्द्रनगर पोष्ट

बझाङः बझाङमा भएको जिप दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जिप दुर्घटनाका घाइते सोही वडाको बुड्खोरीका २५ वर्षीय रमेश महत (इनार) को मृत्यु भएको हो। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। दुर्घटनामा परी घाइते भएका महतको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। दुर्घटनामा छबिसपाथिभेरा गाउँपालिका–७ बुड्खोरीका मृतक रमेश महतसहित रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र निरन धामी घाइते भएका…

Read More

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको शुभकामना दिँदै देशको दुरवस्थाप्रति चिन्ता प्रकट गरेका छन् । अग्रगतिका नाममा ल्याइएको परिवर्तनले देशलाई राम्रो नगरेको उनको निष्कर्ष छ । आज जारी गरेको शुभकामना सन्देशमा पूर्वराजाले भनेका छन्, ‘डेढ दशकको अवधिमा जनता उतिविधि उत्साहमा छैनन्, हर्षित छैनन् । हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हताशमा छन् । लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न त सुधार आयो । हाम्रो देश झन् झन् खराबीतिर गयो भन्ने आम जनगुनासो सुनिन्छ ।’ जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढ्न पाउनुपर्नेमा उनले जोड दिएका छन्…

Read More

अछाम : हिन्दुहरूको महान् चाड दसैँ नजिकिँदै गर्दा अछाममा दसैँको चहलपहल बढ्दै गएको छ । कामको सिलसिलामा विदेश गएका नेपालीहरू घर फर्किन थालेका हुन् । अहिले सहर बजारमा भन्दा गाउँघरतिर चहलपहल बढ्दो छ । दसैँ नजिकिँदै गर्दा अहिले गाउँ-गाउँमा पिङ हाल्ने र धेरै पछि भेट भएकाहरू साथीभाइ दाजुभाइ, दिदी बहिनी दुःख सुख साटिरहेका छन् ।

Read More

डडेल्धुरा : आलिताल गाउँपालिकामा अटो दुर्घटनामा घाइते भएकालाई धनगढी रेफर गरिएको छ। दुर्घटनामा परि घाइते भएका आलिताल गाउँपालिका-५ घर भएका ४७ वर्षकी लक्ष्मी ताम्राकार र उनकी छोरी २२ वर्षीया मिना ताम्राकारलाई धनगढी रेफर गरिएको हो। अटो गोदामदेखि आलिताल- ५ बहिरिसैन तर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। प्रहरीका अनुसार आलिताल गाउँपालिका जाने सडकमा सुपप्र ०२००१ह१७४० नम्बरको दुर्घटना भएको थियो। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : प्रधान सेनापति प्रभुराम शर्मा यही कात्तिक १० गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी चीनको बेइजिङमा यही कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दसौँ बेइजिङ स्याङ्गसन फोरमको उद्घाटन समारोहमा सहभागी हुन त्यसतर्फ जाने भएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रधान सेनापति शर्मा चीनको भ्रमण सम्पन्न गरी यही कात्तिक १६ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

Read More

काठमाडौं : अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार रूपक सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो। सापकोटाले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रूपमा पत्र बुझिसकेको जानकारी दिए। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।

Read More

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकामा अटो दुर्घटना भएको छ। आलिताल- ८ को पालिका जाने सडकमा सुपप्र ०२००१ ह १७४० नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा परि २ जना घाइते भएकाे प्रहरीले जनाएको छ। घटनाको थप विवरण भने आउन बाँकी छ।

Read More

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीका प्रवक्ता धर्मेन्द्र बास्तोलाले चलाएको स्कर्पियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गए राति पौने १० बजे बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कर्पियोले विपरीत दिशाबाट आइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २९ वर्षीय मोटरसाइकल चालक सन्तराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी वीरबहादुर वलीले जानकारी दिए । गाडीको ठक्करबाट सख्त घाइते भएका उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि गाडी चालक बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी कार्यालय दाङमा राखिएको वलीले बताए । वलीका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको गाडी…

Read More

डोटी : डोटीमा जीप दुर्घटना भएको छ । जिल्लाको झिग्रानाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जीप पानीखालमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । एकजनाको अवस्था गम्भीर छ । दुर्घटनाको बिस्तृत विवरण भने आउन बाँकी छ ।

Read More

बबझाङ : झाङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जीप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। जीप चालक विनोद धामीसहित ९ जना सवार उक्त जीप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका -७ बुड्खोरीका इनार महत , रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन् । २५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यस्तै…

Read More