Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्याय सजिलो विषय नभएको बताएका छन् । उनले नेपालले लामो समयको प्रयासपछि संक्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्न लागिरहेको उल्लेख गर्दै यसले नेपालको दिगो शान्ति र विकासका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए । नेपालमा भ्रमणमा आएका गुटेरेसले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै अल्पविकसितको अवस्थाबाट अघि बढ्न लागेकोमा त्यसका लागि नेपाललाई संयुक्त राष्ट्रसङ्घको समर्थन र सहयोग रहने बताए । उनले समावेशी र पीडित केन्द्रित भएर मात्रै संक्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन सकिने बताए । संयुक्त राष्ट्रसङ्घ र नेपाल पुराना मित्र भएको भन्दै महासचिव गुटेरेसले दुईबीचको सहकार्य गहन…

Read More

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको बताएका छन् । नेपालको चार दिने भ्रमणमा रहेका महासचिव गुटेरेसले संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्याबारे उल्लेख गरेका हुन् । ‘प्रभाव विनाशकारी छ ।पानीले भरिएका ताल फुट्दै छन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् । पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ, ’महासचिव गुटेरेसले भने । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको उल्लेख गर्दै ती जसरी संकुचित हुन्छन् त्यसरी नै नदीहरू बग्ने बताए ।…

Read More

काठमाडौं : नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन्। झापा दमक नगरपालिका वडा नम्बर ५ का ४६ वर्षीय खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले बताए। सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो। उनी सोही पत्रको आधारमा पक्राउ परेका हुन्। उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेको छ। डिल्लीराम यसअघि कलाकार करिष्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका थिए।

Read More

काठमाडौँ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसलाई गृहमन्त्री श्रेष्ठले आज दिउँसो गृह मन्त्रालयमा स्वागत गरेका हुन् । भेटमा जलवायु परिवर्तन, एसडीजी, राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको भूमिकालगायतका नेपाल-संयुक्त राष्ट्रसङ्घीय साझेदारीका विविध विषयमा छलफल भएको जनाइएको छ ।

Read More

काठमाडौं : नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मंगलबार टियु मैदानमा भएको खेलमा नेपालले दोस्रो जित हात पारेको हो। मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। ३४ बल खेलेका उनले २ चौका र ७ छक्का प्रहार गरेका थिए। त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए। उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। आसिफ शेखले भने २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन बनाए। कप्तान रोहित पौडेल भने २ रनमै आउट भए। सन्दीप जोरा १८ र विवेक यादव…

Read More

धनगढी :  डीएसपी भीमलाल भट्टराईमाथि प्रहरीले छानबिन थालेको छ। मादक पदार्थ सेवन गरेर महिलाहरुलाई दुर्व्यवहार गरेको आरोपमा उनीमाथि छानबिन थालिएको हो। जिल्ला प्रहरी कार्यालय हुम्लाको प्रमुख रहेका गरेका बेला मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको उजुरी परेपछि उनीमाथि छानबिन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। कर्णाली प्रदेश प्रहरी कार्यालयले पनि उनीमाथि छानबिन गरिरहेको कडायतको भनाइ छ। उनकाअनुसार केन्द्रबाट पनि छानबिनका लागि समिति बनाउने तयारी छ। प्रहरी अधिकृतहरुका अनुसार, उनले मादक पदार्थ सेवन गरेर महिला प्रहरीसहित बाहिरका महिलालाई समेत दुर्व्यवहार गरेको उजुरी परेको छ। उजुरी परेपछि उनलाई निलम्बन गरेर जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुखको जिम्मेवारी रवीन्द्र खनाललाई दिइएको छ।…

Read More

बझाङ : बझाङको मस्टा गाउँपालिका-४ तातोपानीस्थित सेती नदीमा बेपत्ता भएका व्यक्तिको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको छ। सोही गाउँपालिका ४ आग्रा बस्ने अन्दाजी ३८ वर्षीय सुरेन्द्र कठायत यही कात्तिक ११ गते नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए। उनको खोजीकार्यका लागि मंगलबार सशस्त्र प्रहरी बल नेपाल नंं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको सुरक्षा फौज आवश्यक उद्धार सामाग्रीसहित खटाईएको हो।

Read More

काठमाडौं : टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो। मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए। मलेसियाले नेपालविरुद्ध ड्रिम सुरुवात गरेको थियो। ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए। त्यसअघि तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले…

Read More

धनगढी: धनगढीमा सरकारी सम्पत्ति ‘कौडीको भाउ’मा भाडामा लगाइएको पाइएको छ। धनगढीस्थित कभर्डहलको जग्गामा बनेको हललाई न्यून रकममा भाडामा लगाइएको पाइएको हो। तत्कालीन धनगढी नगर विकास समितिले कैलाली जिल्ला खेलकुद विकास समितिलाई भोगचलन गर्न भन्दै प्रदान गरेको सो कभर्डहलको जग्गामा एक हल निर्माण गरिएको थियो। सोही हललाई तत्कालीन दिपक सिंहको अध्यक्षतामा रहेको समितिले खेलकुद प्रयोजनमा लगाउनुको सट्टा व्यवसायीलाई भाडामा दिएको थियो। हालका कैलाली जिल्ला खेलकुद विकास समितिका प्रमुख (हाकिम) दिपक सिंहले सो संरचनालाई २०७६ सालमा भाडामा लगाइएको जानकारी दिए। उनका अनुसार सो हलका सटरहरु र माथिल्लो भाग पुरै भाडामा लगाइएको हो। यस्तै सिंहले तत्कालीन हाकिम टोप बिष्टले टेन्डर निकालेर ७६ सालमा…

Read More

बाजुरा : पूर्व प्रधानमन्त्री एवम्  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्षस्थ नेता बाजुरा आउने भएका छन्। अध्यक्ष ओलीसहितको टोली कार्तिक १९ गते बाजुरा आउन लागेको हो। बुढिगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघान संगै पार्टीको कार्यक्रमका लागि ओलीसहितका नेता बाजुरा आउन लागेको  बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए। उनकाअनुसार ओलीले नगरपालिकाको प्रशासनिक भवन उद्घाटनसँगै फालाशैनमा हुने भलिवल प्रतियोगीताको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।त्यसपछि उनी पार्टीको कार्यक्रम सरिक हुनेछन्। अध्यक्ष ओलीसँगै उपाध्यक्ष बिष्णु पाैडेल महासचिव संकर पोखरेल पनि बाजुरा आउँदैछन्। उनीहरू बडिमालिका घुम्ने कार्यक्रम समेत रहेको नगरप्रमुख बानियाँले बताए।

Read More