Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुुर : कञ्चनपुरबाट लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन्। पुनर्वास नगरपालिका–११ शान्ती टोलका ४७ वर्षीय ऋषि राम कँडेललाई ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले कँडेललाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उक्त विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

बझाङ: बझाङको सदरमुकाम चैनपुरमा रहेको न्यू चैन मेडिकलले सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमतिविना औषधी बिक्रीवितरण गर्ने गरेको खुलेको छ। आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै उक्त जानकारी प्रहरीले पाएको हो। सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त बयानका आधारमा मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरेको छ। उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर हिरासतमा राखेको प्रहरीले जनाएको छ। 

Read More

काठमाडौं: अर्जेन्टिनी तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले आठौं पटक ‘बालोन डि ओर अवार्ड’ जितेका छन्।  सोमबार राति पेरिसमा भएको अवार्ड समारोहमा ३६ वर्षीय मेस्सीले बालोन डि ओर जितेका हुन्। मेस्सीले पछिल्लो पटक कतारमा भएको विश्वकपको उपाधि जितेका थिए।  यसअघि मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा गरि सात पटक बालोन डि ओर जिती सकेका थिए। मेस्सीले म्यानचेष्टर सिटीका फरवार्ड एर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी ओर अवार्ड जितेका हुन्। यो प्रतिस्पर्धामा फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।

Read More

काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने  देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ : इजरायल-हमास द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घका कर्मचारीसमेत मारिएका छन् । अक्टोबर ७ देखि सुरु भएको द्वन्द्वमा प्यालेस्टिनी शरणार्थीहरूलाई सहायता उपलब्ध गराउने संयुक्त राष्ट्रसङ्घीय निकायका ५९ कर्मचारीको मृत्यु भएको हो । राष्ट्रसङ्घका अनुसार प्यालेस्टिनी शरणार्थीका लागि राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (यूएनआरडब्लूए)मा कार्यरत कर्मचारी मारिएका हुन् । आइतबार जोर्डनको राजधानी अम्मानमा राष्ट्रसङ्घले मारिएका कर्मचारीको स्मृति समारोहसमेत आयोजना गरेको थियो । नेपाल भ्रमणमा रहेका राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सहकर्मीहरूको निधनमा दुस्ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘यूएनआरडब्लूएका सहकर्मी गुमाउनु पर्दा म र पूरा राष्ट्रसङ्घ परिवार दुस्खी छौँ । अकल्पनीय पीडाका बीच गाजामा सहकर्मीहरू आफ्नो जीवन नै जोखिममा राखेर आवश्यक…

Read More

ताप्लेजुङ : ताप्लेजुङमा रहेको विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा जाने पर्यटकलाई पोर्टेबल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । कञ्चनजङ्घा क्षेत्रका पर्यटकीय गन्तव्यको भ्रमणमा जाने पर्यटकका लागि फक्ताङलुङ गाउँपालिकाले पोर्टेबल अक्सिजन सिलिन्डरसहित औषधिको व्यवस्था गरेको हो । दशैँ तिहारको समयमा कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी पोर्टेबल अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था गरिएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले बताए । लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरहरू केबीसी, लोनाक, खम्बाचेन, घुन्सा, सेलेले साथै उच्च हिमाली बस्ती ओलाङ्चुङ्गोला र याङ्मामा यो व्यवस्था गरिएको छ । उच्च क्षेत्रमा अक्सिजनको कमी हुने भएकाले पर्यटकलाई लेक लाग्ने (हाई अल्टिच्युड) जोखिम बढी हुँदा त्यो समस्याबाट बच्नलाई…

Read More

बाजुराः बाजुरामा दुई घरमा आगलागी भएको छ। जिल्लाको बडिमालीका नगरपालिका–८ राप्काका भरत रावल र विर रावलको घरमा सोमवार दिउँसो आगलागी भएको हो। आगलागीबाट दुबैजनाको घरमा रहेका सामान जलेर अन्दाजी १० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। आगलागी बाट मानवीय तथा चौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन भने बाकि छ।

Read More

काठमाडौं : दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकामध्ये थप दुई नेपालीको शव पहिचान भएको छ । दक्षिणी इजरायलमा ७ अक्टोबरमा भएको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरुमध्ये मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार र सपही –६ धनुषाका अनन्द साहको शव पहिचान हुन बाँकी थियो । दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ । सोमबार साँझ दूताबासले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘आवश्यक प्रक्रिया पुरा गरी पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने व्यवस्था मिलाइँदैछ ।’

Read More

अछामः अछाममा जिप दुर्घटना भएको छ। सोमवार जिल्लाको मेल्लेख गाउँपालिका–७ मा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १३५९ नम्बरको जिप दुर्घटनामा परेको हो। मेल्लेखबाट साँफेतर्फ यात्रु बोकेर गइरहेको जिप ब्रेक फेल भएर सडकमा पल्टन गई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ८ जना घाइते भएका छन्। घाइते हुनेमा चालक मेल्लेख गाउँपालिका–७ का २५ वर्षीय महेश खड्का, मेल्लेख गाउँपालिका–६ का २१ वर्षीया सानु कुँवर, २६ वर्षीय उत्तम खड्का, १८ वर्षीय समिर रावत, ३५ वर्षीय राजेन्द्र रावत, ५० वर्षीय टेकबहादुर रावत रहेका छन्। त्यस्तैै सोहि गाउँपालिका–५ का १८ वर्षीय सतिष नेपाली र २३ वर्षीेय योगेन्द्र खड्का घाइते भएका छन्। घाइते ४ जनाको अवस्था…

Read More

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले दुर्गा प्रसाईँलाई पक्राउ गरिदिनुपर्‍यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बिन्ती नबिसाएको बताएका छन्। सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रसाईँलाई पक्राउ गर्न ओलीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई दबाब दिएको भन्ने समाचार सार्वजनिक भएको सन्दर्भमा उनले आफ्नो शिर काटिए पनि ‘प्रचण्ड’सँग नझुक्ने बताए। ‘प्रचण्ड’लाई गएर मैले दुर्गा प्रसाईँलाई गिरफ्तार गरिदिनुपर्‍यो भनेर बिन्ती बिसाएँ रे काटिएर जाओस् यो शिर बरु तर त्यस्ताहरूसँग यो शिर झुक्दैन। भोकै मर्छ बरु, घाँसका त्यान्द्रा टिप्न बाघ जाँदैन,’ उनले भने। दसैँअघि प्रसाईँले ओलीले कम्बोडियाको टेलिकममा ३ हजार करोड डलर लगानी गरेको दाबी गरेका थिए। पार्टी कार्यक्रमका लागि सोमबार…

Read More