Author: महेन्द्रनगर पोष्ट

बैतडी : बैतडीमा सर्पको टोकाइबाट एकजना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका- ६ पोखरीका ४२ बर्षीय शंकर पोखरेललाई सर्पले टोकेको  हो। उनलाई आफ्नै घर नजिकैको बारीमा खुर्सानी टिपीरहेका बेला पोखरेललाई शनिबार दिउँसो १ बजेतिर सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। उनको बाँया खुट्टामा सर्पले टोकेको हो । सर्पको टोकाइबाट घाइते भएका पोखरेललाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ।

Read More

धनगढी : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि धनगढी आउने भएका छन्। भोलिदेखी हुन गइरहेको एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न ओली धनगढी आउन लागेका हुन्। ओली बिहान ८ बजे धनगढी पुग्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार धनगढी विमानस्थलबाट उनलाई स्कटिङ गरेर कार्यक्रम स्थल साैराइ स्क्वायर बैंकीट ल्याइने छ। र, उनी भोलि नै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ। बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘Integrated Programme For Strengthening Security And Justice (Phase 2)’ विषयक कार्यक्रममा सहभागी हुन उहाँहरू त्यसतर्फ प्रस्थान गरेका हुन्। उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै प्रहरी नायव महानिरीक्षक बिष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दानबहादुर कार्की र शेखर खनाल पनि रहेका छन्। उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित बिदाइ गरेका हुन्। UNOPS सँग सुरूवात गरिएको योजना अन्तर्गत…

Read More

डडेल्धुरा: धनगढीको सहिद गेटमा नेकपा (एमाले) ले प्रचारात्मक ब्यानर लगाएर छपक्कै पारेको छ। भोलिदेखि सुरु हुन गइरहेको एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको लागि एमालेले गेटमा पार्टीको पर्चा र ब्यानर टाँसेर छपक्कै पारेको हो। पार्टीले सहिद दशरथ चन्दको अपमान गरेर एमालेले ब्यानर तथा प्रचार सामग्री टाँगेको भन्दै अहिले आलोचनासमेत भइरहेको छ। सामाजिक संजाल प्रयोगकर्ताहरुले गेटमा ब्यानर लगाउनु अस्वभाविक भएको भन्दै प्रतिक्रिया दिइरहेका छन्। तर एमालेका कार्यकर्ताहरुले भने प्रचारका लागि लागिएकोले स्वभाविक मान्नुपर्ने जनाएका छन्। अस्ति कैलाली हार्डवेयर व्यवसायी कैलालीले आयोजना गरेको हार्डवेयर एक्स्पोको प्रचारले पनि गेट छपक्कै पारिएको थियो। एक्सपो भएकै स्थानमा एमालेको अधिवेशन हुँदैछ। ब्यानर लगाइएको विषयमा थप बुझ्न खोज्दा…

Read More

धनगढी: सेती नदीमा नुहाउने क्रममा डुबेर दुई बालक बेपत्ता भएका छन् । डोटी जिल्लाको दीपायलको सेती पुल नजिक नुहाउने क्रममा डुबेर दुई बालका बेपत्ता भएका हुन् ।  दीपायल सिलगढी नगरपालिका वडा नम्बर ७ पिपल्ला बस्ने ७ वर्षकी खुसी प्रजापती र साढे दुई वर्षका सिद्धार्थ देउवा बेपत्ता भएका हुन् । बेपत्ता दुबैको खोजी कार्यका लागि सुरक्षाकर्मी तथा स्थानीय खटिएका छन् ।

Read More

बझाङ: पश्चिमी जिल्ला बझाङ केन्द्रविन्दु भएर शनिबार पुनः भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ११ बजेर ४५ मिनेट जाँदा सो भूकम्प गएको हो । जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६।३ म्याग्निच्युडकोभ भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।

Read More

बझाङ : गत मंगलबारको भूकम्पपछि परकम्प गइरहेका छन्। ६.३ म्याग्निच्युडसम्मको भूकम्पले जनधनको मात्रै क्षति गरेन, विद्यालयका भवन पनि भत्कायो। जिल्लाका १२ वटै स्थानीय तहमा क्षतिको विवरण केलाउँदा अन्यभन्दा विद्यालयको तुलनात्मक रूपमा बढी छ। विद्यालयमा भएको क्षतिले राज्यलाई भार मात्रै परेन विद्यार्थीको भविष्य पनि अन्योलमा पर्ने देखिएको छ। प्राप्त विवरणअनुसार तल्कोट गाउँपालिकामा ४, जयपृथ्वी नगरपालिकामा ६, थलारामा ४, छबिसपाथिभेरामा २, थलारा गाउँपालिकामा ४, खप्तडछान्ना गाउँपालिकामा ४, बित्थडचिर गाउँपालिकामा २, मष्टा गाउँपालिकामा ४ र केदारस्युँ गाउँपालिकाका २ विद्यालयका भवनमा पूर्णरूपमा क्षति भएको प्रारम्भिक रिपोर्ट छ। जिल्लाभरका दुई सयभन्दा बढी विद्यालय भवनहरू चर्किएका छन्। केही ठाउँको रिपोर्ट नै प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयले…

Read More

काठमाडौं : सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। आइतबारदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ४२ जिल्लाका ४८ स्थानमा सञ्चालन गर्ने जनाएको हो। सूपथ मूल्य पसलबाट उपभोक्तालाई ७ देखि १० रुपैयाँसम्म राहत पुग्ने भएको छ। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने छन्। उपत्यकाबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं,…

Read More

डडेल्धुरा : बझाङको जयपृथ्वी नगरपालिका–१० की राधा बोहरा मंगलबार घरको काम गर्दै थिइन् । २ बजेर ४० मिनेटमा अचानक उनको घर हल्ल्लियो । हतपत उनी बाहिर आइन् । ‘भुइँचालो गएछ क्यारे सोच्यौं’ उनले त्यो क्षण सम्झिइन् । त्यतिबेलासम्म उनको घरमा अलिकता चिरा परेको थियो । तर, केही छिन पछि आएको अर्को धक्काले उनको घर तहसनहस भयो । ‘बाँकीको घर भत्किएको छ । बस्न पनि छैन । खान पनि छैन’ टेन्टमा बसिरहेकी उनले भनिन्, ‘अब सरकारले बनाइदिनुपर्छ ।’ यस्तै विपद् सोही ठाउँका गणेश बोहराको परिवारलाई पनि आइपरेको छ । ‘भूकम्पले बिजोग पारेको छ हजुर । मेरो घर पूरै भत्काएको छ’ उनी…

Read More

काठमाडौँ : यस वर्षको मनसुन शुक्रबार नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू-भागबाट बाहिरिएको छ । नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल भारतको पश्चिम बंगाल र बंगलादेश आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। शनिबार कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(-स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Read More