Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर अहेव बिन्दु कोईरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा चापाकोट नगर कार्यपालिकाको कार्यालय चापाकोट, स्याङ्जाका सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाख उनन्चालीस हजार छ सय बीस रुपैयाँ उनन्चालीस पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । सिनियर अहेव कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । ‘कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको २०५४ कार्तिक ५ गतेदेखि २०७८मङ्सिर २१ गतेसम्मको जाँच अवधिमा आय (आम्दानी) तर्फ पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट…

Read More

धनगढी: कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। हिजो (बिहीबार) रातको १० बजे जिल्लाको जानकी गाउँपालिका-९ मा पुर्वखैरी फाटाका २३ वर्षीय हेमराज गिरीमाथि हतियार प्रहार भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार हतियार सोही ठाउँका २४ वर्षीत उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्। उनीहरुले गिरीको टाउकोमा हतियार प्रहार गरेको र घाइते उपचारका लागि नेपालगन्ज पठाइएको छ। यस्तै हतियार प्रहार गर्ने भारतीलाई चिसापानीबाट पक्राउ गरेको र अर्का उदयको भने खोजी भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा ३ जना फरार प्रतिवादी समातिएका छन्। आज (शुक्रबार) जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर उपेन्द्र बमका अनुसार पक्राउ पर्नेमा लागुऔषध मुद्दाका प्रतिवादी गोदावरी नगरपालिका-१ बस्ने २८ वर्षीय सबिन कट्टेल, वन मुद्दाका प्रतिवादी घोडाघोडी नगरपालिका- ६ बस्ने २४ वर्षीय डम्बर साँउद र वन मुद्दाकै घोडाघोडी नगरपालिका-६ बस्ने २४ वर्षीय तपेन्द्र थापा रहेका छन्। उनीहरु लुकेर बसिरहेको अवस्थामा समातिएको र अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

Read More

बझाङ: भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन्। उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए। प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए। त्यो समस्या सुने पछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन्। प्रधानमन्त्रीसँगै  गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी पनि सहभागी छन् ।  बझाङको तलकोट र…

Read More

बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ। भूकम्पमा परी २० जना घाइते…

Read More

धनगढी: धनगढीमा सवारी साधन चेकिङमा खटिएका प्रहरीलाई माेटरसाइकलले ठक्कर दिएकाे छ। बिहीबार साँझ धनगढी चाैराहमा सवारी चेकिङ र मापसे परीक्षण गर्ने क्रममा तिब्र गतिमा आएकाे माेटरसाइकलले प्रहरीलाई ठक्कर दिएकाे थियाे। माेटरसाइकलकाे ठक्करबाट चेकिङमा खटिएका ट्राफिक प्रहरी जवान अशाेक सिंह गम्भीर घाइते भएका छन्। उनकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ठक्कर दिने माेटरसाइकल चालक धनगढी उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय सुसान्त बिष्ट पनि गम्भीर घाइते भएका छन्। उनकाे माया मेट्राे अस्पतालमा आईसियूमा उपचार भइरहेकाे छ।

Read More

धनगढीः  कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडी दुर्घटना भएको छ। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले चढ्ने गाडी दुर्घटना भएको हो। प्रमुख प्रशासकीय अधिकृत भट्टले बिहिवार राति बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको बताए। खमौरामा दुर्घटना भएको गाडीको अगाडीको भागमा क्षति पुगेको छ। चालक विक्रम चौधरीले गाडी सडक किनारको घरमा ठोकेका हुन्। उनले सडकमा सामुदायिक पशु भएका कारण गाडी घरमा ठोक्किएको बताएका छन्। उक्त निजी गाडी चालककी श्रीमती बिरामी भएकाले गाडी नगरपालिकाका चालकले बिहिवार चलाएका थिए। उक्त निजि गाडीलाई नगरपालिकाले दैनिक तीन हजार भाडा दिने गरी प्रयोगमा ल्याउँदै आएको थियो। मासिक ९० हजार प्रमुख प्रशासकीय अधिकृत…

Read More

काठमाडौं: नेपाली सेनाको जीपले ठक्कर दिँदा एक जना युवतीको ज्यान गएको छ। सेनाको चण्डी दल गणका हुद्दा मोहम्मद नुरेन देवानले चलाएको गाडीले ठक्कर दिँदा काठमाडौं महानगरपालिका वडा नम्बर १३, ताहाचल बस्ने ३१ वर्षीया आकृति शर्माको मृत्यु भएको हो।  हिजो बेलुका पौने ८ बजे राष्ट्रियसभा गृहअगाडि सेनाको प्रदेश–३–०१–००१ ग ३७०५ नम्बरको गाडीले बा.प्रदेश ०२–०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।  सेनाको गाडीले ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेकी युवतीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। उनको शव पोस्टमार्टमका लागि वीर अस्पताल ल्याइएको छ। यता,ड्राइभर देवान भने सैनिक प्रहरीको हिरासतमा छन्।

Read More

धनगढी: सुदूरपश्चिममा सभामुख नै सरकारविरुद्ध बोलिरहेको पाइएको छ।पछिल्लो समय सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले प्रदेश सरकारविरुद्ध फायर खोलिरहेको पाइएको हो। माओवादीबाट सभामुख बनेका भण्डारीले प्रदेश सरकार असमावेशी भएकोदेखि प्रदेश सभालाई काम नदिएर गैरजिम्मेवार बनाएकोसमेत दाबी गरेका छन्। अस्तिको शुक्रबार उनले प्रदेश सभामै म सुन्ने, केही नबोल्ने सभामुख हुन चाहन्न, मैले भनेको कुरा लेख्नुस् भन्दै पत्रकारलाई भनेका थिए। उनले प्रदेशसभा सचिवालयमा सुदूरपश्चिमको विषय जोड्दै यहाँ नौ जिल्ला छन्, सरकारमा पनि नौ मन्त्री छन् तर त्यसमा पनि एउटै जिल्लाका पाँच मन्त्री छन् अनि कसरी सरकार समावेशी भयो त ? एउटा महिलामन्त्री पनि छैन, राज्यमन्त्रीमा थन्क्याइएको भनेर झोक्किएका थिए। हुन पनि कैलाली–२…

Read More

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका ५ शिवमन्दिर नजिकबाट ०.१८ ग्राम लागूऔषधसहित दुई जना बिहीवार पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भीमदत्त ४ का २५ वर्षीय सन्तोष तिरुवासहित दुई जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले बताएको छ।

Read More