Author: महेन्द्रनगर पोष्ट

धनगढीः भारतको दिल्लीबाट धनगढी आइपुगेको बसको एसि भित्र प्रहरीले अवैध सामान फेला पारेको छ। शनिवार दिल्लीबाट धनगढी आइपुगेको ना ५ ख २८१६ नम्बरको बसको एसि भित्र अवैध रुपमा लुकाइछिपाइ ल्याइएका गाडीका पार्ट जस्ता देखिने सामान प्रहरीले बरामद गरेको हो। त्रिनगर प्रहरी र ट्राफिक प्रहरीको संयुक्त प्रयासमा सामान फेला पारेको हो। गाडी चालक र बसलाई नियन्त्रयमा लिएको प्रहरीले जनाएको छ। विस्तृत विवरण आउँन बाँकि रहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडाैं – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा पारस खड्का निर्वाचित भएका छन् । आज (शनिबार) भएको क्यानको चुनावमा पारस विजयी भएका हुन्। उनले प्रतिद्वन्द्वी उम्मेदवार प्रशान्तविक्रम मल्ललाई पछि पार्दै विजयी भएका हुन्। कुल ८५ मत खसेको मध्ये पारसले ४८ मत र प्रशान्तविक्रमले ३७ मत पाएका छन् । अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ६ पदमा निर्विरोध हुँदा सचिवसहित ११ पदका लागि मतदान भएको थियो।

Read More

चीन : चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ। शनिबार नै अमेरिकाको न्यूयोर्कबाट चीन पुगेका प्रचण्डले एसियाली खेलकुद आयोजना भएको शहर हाङजाउमा चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्। चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ। एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ।

Read More

दाङ: दाङको तुलसीपुरमा दिनदाहाडै खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ। शनिबार दिउँसो २ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ११ बेलटाकुराका अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए। खुकुरी प्रहारबाट थप दुई जना घाइते समेत भएका छन्। खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन्। उनीहरूको हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ। खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरबाट खुकुरी लिएर निस्किएका टेकबहादुरले बाटोमा जसलाई भेट्यो…

Read More

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले दुई वटा एम्बुलेन्स खरिद गर्ने भएको छ। गाउँपालिकाले बिरामीलाई अस्पताल ल्याउन सहज होस् भन्ने उद्देश्यले दुई एम्बुलेन्स खरिद गर्ने भएको हो। गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा २ थान एम्बुलेन्स खरिद गर्ने उल्लेख छ। सोहीअनुसार गाउँपालिकाले एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाले जानकारी दिए। शुक्रबार गाउँपालिकाले एक सूचना जारी गर्दै एम्बुलेन्स उत्पादन गर्ने कम्पनीलाई ७ दिनभित्र गाउँपालिकामा सुचीकृत हुन आह्वान गरेको छ। एम्बुलेन्स उत्पादन गर्ने कम्पनी वा त्यसको अधिकृत र आधिकारिक विक्रेताहरूको सुची तयार गर्न सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ को ९क, ८० र सार्वजनिक खरिद नियमावली २०६४…

Read More

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन्। आज बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् । आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेको कारागार स्रोतले जनाएको छ। भेटका क्रममा उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको थियो।

Read More

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा पर्न थालेको छ। सशस्त्र प्रहरी गण पछाडि पट्टीको ४० बिघा जग्गा संरक्षणमा कुनै पनि निकायको ध्यान जान नसक्दा अतिक्रमणको चपेटामा पर्न थालेको हो । हालसम्म दुई बिघा बढी जग्गा अतिक्रमण भइसकेको छ । सार्वजनिक जग्गामा रहेका साल, साज लगायतका रुखहरु अबैध रुपमा कटानी हुने क्रम बढ्दो रुपमा रहेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सार्वजनिक जग्गालाई उपयोगमा ल्याउनका लागि जनप्रतिनिधिले चासो देखाउनुपर्नेमा त्यो हुन नसक्दा स्थानीय बासिन्दाले असन्तुष्टि व्यक्त गरेका छन् । स्थानीय बासिन्दा तप्त ठकुल्लाले सार्वजनिक जग्गा संरक्षणमा हालसम्म कुनै पनि निकायले कार्य नगरेको…

Read More

काठमाडौं : ‘शिक्षक महासंघ मूर्दावाद, महासंघ तेरो पाराले दुख पायो साराले’ लगाएतका नारासहित राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन्। हिजो सरकारसँग भएको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका हुन्। सरकारसँग गरेको ७ बुँदे सहमतिमा राहतको शिक्षकलाई नसमेटेको भन्दै उनीहरू आक्रोशित भएका हुन्। उनीहरूले शनिबार पनि माइती घरमा विरोध प्रदर्शन गरिरहेका छन्। शिक्षक महासंघले सरकारसँग गरेको सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै विरोध प्रदर्शन जारी राखेका हुन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए। आइतबारबाट थप सशक्त कार्यक्रम तय गर्ने उनले बताए।

Read More

डोटीः दिपायलको पिपल्ला बजारबाट पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट दिनदहाडै २ लाख ४५ हजार रुपैयाँ गायब भएको छ। शुक्रवार बिहान सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको कार्यालय पछाडि पार्किङ्ग गरी राखिएको मोटरसाइकलबाट उक्त रकम गायब भएको हो। सरस्वती इलेक्ट्रोनिक्स र प्राची स्टेशनरी पिपल्लाको माथिल्लो तलामा इन्स्योरेन्स कम्पनीको कार्यालय रहेको छ। दिपायल सिलगढी नगरपालिका–५ का हिक्मत भण्डारीले झिल्लीमा बेरेर आफ्नो मोटरसाइकलको लेगगाडमा सो रकम झुण्डाएर ल्याएका थिए। उनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका कम्प्युटर सहायक हुन्। बैंकमा जम्मा गर्न ल्याएको रकम मोटरसाइकलमै छोडेर उनी शुक्रवार बिहान १० बजेर ७ मिनेटमा कार्यालय गएका थिए। कार्यालयको व्यस्तताले मोटरसाइकलमा राखेको पैसा सँगै लग्न भूलेका भण्डारीलाई करिब डेढ घण्टापछि…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशको बैतडी घर भएका चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका बर्दिया क्रिकेट संघका अध्यक्ष विनयराज भन्डारीको प्रस्तावक र समर्थक दुबै नभएपछि उनी अध्यक्षको दौडबाट पछि हटेसँगै अध्यक्षमा चन्द निश्चित भएका हुन्। चन्द योभन्दा अगाडिको कार्यकालमा पनि अध्यक्ष थिए। त्यस्तै रोशन सिंह उपाध्यक्ष बन्ने निश्चित भएको छ। क्यानको निर्वाचनका लागि बिहान ९ः१५ देखि १०ः१५ सम्मको समय निर्धारण गरिएको थियो। क्यानका एक सदस्यका अनुसार सो अवधिमा उनीबाहेक अन्यको उम्मेदवारी नपरेपछि उपाध्यक्षमा सिंह निश्चित भएका हुन्। कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट संघका अध्यक्ष पदम खड्का र महिला सदस्यमा जयन्ती भट्ट…

Read More