काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई भेटेका छन्।
आज बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् ।
आज बिहान ९ बजे कारागार पुगेका कोइरालाले खाँडसँग आधा घण्टा कुराकानी गरेको कारागार स्रोतले जनाएको छ। भेटका क्रममा उनको मुद्दा र समसामयिक विषयमा कुराकानी भएको थियो।
Facebook Comments Box