Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई एक तह बढुवा दिने निर्णय गरेका छन्। चीनको हाङ्झाउमा भएको १९ औं एशियाली खेलकुदअन्तर्गत टी–२० क्रिकेटमा विश्व र्कीतिमान बनाएका क्रिकेटर ऐरी नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान छन्। उनी प्रहरी जवान हुन्। महानिरीक्षक कुँवरले ऐरीलाई बधाई दिँदै संगठनका तर्फबाट पुरस्कारसहित सहायक हवल्दार पदमा बढुवा गरेका हुन्। ऐरीले सेप्टेम्बर २७ मा मंगोलिया विरूद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गरेका थिए। प्रहरी महानिरीक्षकले बढुवा गर्न सक्ने अधिकार प्रहरी नियमावली अनुसार ऐरीको…

Read More

धनगढी : कैलालीको चिसापानीबाट २ सय गाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिन्दु जागरण नेपाल तथा स्थानियको आग्रहमा अबैध रुपमा जानकी गाउँपालिकाबाट काभ्रे चौपाया खरिद बिक्री केन्द्रले लैजान लागेका पाँचवटा ट्रकमा भएको २ सय गाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले ट्रकमा काभ्रे लैजान लागिएका गाई फिर्ता पठाएको बताएको छ। जानकी गाउँपालिकाको मिलेमतोमा काभ्रे चौपाया खरिद बिक्री केन्द्रले राष्ट्रीय जनावर गाई तस्करी गर्न लागेको भन्दै हिन्दु जागरण नेपाल कैलालीले आक्रोश ब्यक्त गदै गाई तस्करमा संलग्न जानकी गाउँपालिका र गाई तस्कर गर्ने काभ्रे चौपाया खरिद बिक्री केन्द्रलाई कडाभन्दा कडा कारबाहीको लागि सम्बन्धीत निकाय संग आग्रह समेत गरीएको हिन्दु जागरण नेपाल कैलालीका जिल्ला…

Read More

बझाङ : भूकम्पबाट प्रभावित बनेका बझाङवासीलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्ट र सुरक्षा निकायका प्रमुखसहितको टोलीले आज विभिन्न पालिका पुगेर स्थलगत अनुगमन गरेका हुन् । स्थानीयसँगको भेटमा मुख्यमन्त्री शाहले घाइतेको उपचार, राहत र भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए । उनले स्थलगत अनुगमन सकिएपछि चाँडै राहत घोषणा गर्ने प्रतिवद्धता समेत जनाए । बझाङ भूकम्पले सुदूरपश्चिम प्रदेशमा ७६ निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संकलन गरेको प्रारम्भिक विवरणअनुसार ६.३ म्याग्निच्युड र त्यसपछिका भूकम्पले बझाङमा ६४, बाजुरामा नौ, बैतडीमा दुई…

Read More

काठमाडौं : राष्ट्रिय टीमबाट खेल्ने नेपाली प्रहरीका ५ जना क्रिकेटरलाई महानिरीक्षक आईजीपी बसन्तबहादुर कुँवरले सम्मान गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा २०२३ सेप्टेम्बर २३ देखि चीनमा जारी ‘१९ औं एशियन गेम्स’ मा राष्ट्रिय पुरुष क्रिकेट टिममा रहेका नेपाल प्रहरीका ५ जना खेलाडीहरूलाई कुँवरले सम्मान गरेका हुन् । उनीहरुमध्ये नेपाल पुलिस क्रिकेट टिमका कप्तान समेत रहेका दिपेन्द्र ऐरीले सेप्टेम्बर २७ मा भएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलिया विरुद्धको खेलमा पहिलो ६ बलमा ६ छक्का प्रहार गर्नुका साथै ९ बलमा अर्ध शतक पुरा गरी विश्व कीर्तिमान् रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको…

Read More

धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकामा रहेको ऐश्वर्या बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(विपी) गठन भएको छ। जसको अध्यक्षमा सन्तोष अवस्थी चयन भएका छन् ।यस्तै संगठनको उपाध्यक्षमा अस्मिता पाठक, सचिवमा केशव भट्ट, उपसचिवमा कंचन भट्ट, कोषाध्यक्षमा निरज चन्द चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गोबिन्द नेपाली, एलेक्स धामी, भुपेन्द्र चौधरी, सपना शाह, आकाश थापा, पूजा भट्ट र आयुश बिक्रम सिंह चयन भएका छन्। विद्यार्थी हकहितका पक्षमा बोल्ने र विद्यार्थीका समस्यामा केन्द्रित रहेर संगठन निर्माण गर्ने बाचा गर्दै विभिन्न विद्यार्थी संगठनहरुले लामो समयदेखि विद्यार्थीहरुलाई टाढा राखेका बेला आफूहरु संगठन बिस्तार गर्दै विद्यार्थीको पक्षमा आवाज उठाउने नेविसंघ(विपी) कि केन्द्रिय सदस्य आशा जोशीले बताइन्।उनले अरुले संगठन…

Read More

बैतडीः बैतडीमा स्क्रब टाइफसको संक्रमणबाट एक जना बृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–६ गौकुराका ६८ वर्षीय शोभान सिंह भण्डारीको बिहीवार स्क्रब टाइफसको संक्रमणबाट मृत्यु भएको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर भानु चालिसेले जानकारी दिए । उनका अनुसार उच्च ज्वरो आएर बुधबार जिल्ला अस्पताल आएका बृद्धको स्वास्थ्य चेकजाँच गर्दा स्क्रब टाइफसको संक्रमण देखिएको थियो। यसका साथै ती बृद्धको रगतमा अक्सिजन कमी र मृगौला इन्जुरीको समस्या पनि देखा परेको डाक्टर चालिसेले बताए । अक्सिजनको कमी र थप उपचारको लागि आइसियु आवश्यकता पर्ने देखिएपछि धनगढी रेफर गरिएकोमा बाटोमै उनको मृत्यु भएको बताइएको छ ।

Read More

काठमाडौं : केहि महिना अघि अश्लील डान्स गरेर विवादित बनेका कोरियोग्राफररडान्सर बद्री विष्ट एक मोडेलबाट पिटिएको भिडियो सार्वजनिक भएको छ । बद्रीमाथि तिनै मोडेल रीतु बस्नेतले हातपात गरेकी हुन्, जोसँग उनले अश्लील डान्सको भिडियो बनाएका थिए । केही महिना अगाडि बद्रीले रीतुसँग कथित ‘चेयर डान्स’ भन्दै अश्लील भागभंगीमासहित गरेको डान्सको भिडिओ टिकटकमा भाइरल भएको थियो । उनले रीतुको अनुहारमा मास्क लगाइदिएर उक्त भिडियो सुट गरेका थिए । रीतुले आफूलाई जबरजस्ती मदिरा सेवन गराइ लठ्ठ बनाएर बद्रीले त्यो भिडियो बनाएको आरोप लगाएकी थिइन् । पछि बद्रीले उक्त भिडिओका लागि माफी मागेका थिए । अहिले सार्वजनिक भएको भिडियो क्लीपमा एक रेस्टुरेन्टभित्र बसिरहेका…

Read More

अछामः अछाममा एक युवक बिहीवार मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ बजकोटका चक्र साउदका २३ वर्षीय छोरा अशोक साउद मृत अवस्थामा फेला परेका हुन। साउद आफ्नै घरदेखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ।

Read More

काठमाडौं : शिक्षक सेवा आयोगले लिएको माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले बिहीबार साँझ वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको छ । नतिजा एसएमएसमार्फत पनि थाहा पाउन सकिने आयोगले जनाएको छ । आयोगले वेबसाइटमा समेत नतिजाको विवरण राखेको छ । सुदूरपश्चिमबाट परीक्षा दिएका ५ हजार ६९३ परीक्षार्थीमध्ये २ हजार ७५६ उत्तीर्ण भएका छन् ।

Read More

काठमाडौँ : घृणा फैलाउने र हिंसा भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा बुधबार मुद्दा दर्ता गरेर जिल्ला अदालत धनुषाबाट बिहीबार तीन दिनको म्याद थप गराएर अनुसन्धान सुरु गरिएको बताएको छ । आचार्य श्रीनिवासलाई सुनसरीको बराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित आश्रमबाट सुनसरी प्रहरीको सहयोगमा पक्राउ गरेर केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार साँझ धनुषा पुर्‍याएको थियो । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई घृणा फैलाउने र भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले मङ्गलवार पक्राउ गरेको थियो।

Read More