२०८३, आश्विन २४ गते

२०८३, आश्विन २४ गते

म्यानमारमा सेवा दिएर फर्कियो नेपाली सेनाको डाक्टर टोली

शुक्रवार, चैत्र २८ २०८१०३:३४

काठमाडौं: मित्रराष्ट्र म्यानमारमा विनाशकारी भूकम्पमा परि परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिएको नेपाली सेनाको चिकित्सकीय टोली आज चैत २९ गते स्वदेश फिर्ता भएको छ।

१२ जना चिकित्सकीय टिम र ४ जना बन्दोबस्ती सहायता टिम सहित कुल १६ सदस्यीय टोली चैत २० गते नेपाली सेनाको हवाई साधनद्वारा त्यसतर्फ प्रस्थान गरेको थियो।

नेपाल सरकारको निर्णय बमोजिम शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकहरू सहित खटिएको टोली म्यानमारको म्याण्डलेस्थित यामथिन सहरमा स्वास्थ्य शिविर स्थापना गरी घाइतेहरूको उपचारमा खटिएको थियो।

उपचारको क्रममा उक्त टोलीले १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीहरूलाई ओपीडी सेवा प्रदान गरेको नेपाली सेनाले जनाएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार