धनगढी : कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरू सरकारी गाडीको चरम दुरुपयोग गरिरहेका छन्। उनले संगठनको कार्यक्रमका लागि ज्ञान केन्द्रको गाडी दुरुपयोग गरेका हुन्।
पनेरू ज्ञान केन्द्रको गाडी लिएर संगठनको कार्यक्रममा डोटी पुगेका हुन्। नेपाल निजामती कर्मचारी युनियन प्रदेश कमिटी, सुदूरपश्चिम प्रदेश नेपालले सोमबार कृषि विकास निर्देशनालयको सभाहल डोटीमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम राखेको थियो।
सोही कार्यक्रममा सहभागी हुन हाकिम पनेरु ज्ञान केन्द्रको गाडी लिएर डोटी पुगेका थिए। ज्ञान केन्द्रका एक कर्मचारीका अनुसार हाकिम पनेरु फिल्ड जान्छु भनेर हिँडेका थिए।
तर, फिल्ड जान्छु भनी गएका कर्मचारी संगठनको कार्यक्रममा डोटी पुगेका थिए। पनेरू नेपाल निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन डडेल्धुराका अध्यक्ष हुन्।
केही दिनअघि मात्रै उनी राजनीतिक पावरले सिनियर कर्मचारीलाई पछार्दै निमित्त हाकिम बनेका थिए।
सम्बन्धित समाचार:
कृषि ज्ञान केन्द्र फलोअप : जुनियर हाकिमको अण्डरमा काम गर्दै साताैंका तीन कर्मचारी
डडेल्धुरा पठाएन मन्त्रालयले हाकिम, जुनियर निमित्त, सिनियर हेरेको हेर्यै