कैलाली : कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन्। सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ। नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्। “सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भने, “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो। धेरै घाटा भयो।” हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन्। कैलालीमा नेपाल…
Author: महेन्द्रनगर पोष्ट
स्याङ्जा : स्याङ्जाको चापाकोटका एक व्यक्तिले श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन्। चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए। श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए। साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई…
काठमाडौं : नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। मलेसियाका कप्तान फायज अहमदले टस जितेपछि नेपाललाई बलिङ गर्ने निम्तो दिएका हुन्। नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्। दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यादवले स्थान पाएका हुन्। कप्तान पौडेलले पावर प्लेमा थप राम्रो प्रदर्शन गर्ने दाबी गरे। ऐरीको बारेमा शुभ समाचार नभएको भन्दै उनले अर्को एमआरआई गरेपश्चात…
काठमाडौँ : बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए। उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो। हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले रातोपाटीलाई बताए। पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन्। परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बारा प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताए। अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन्। दुईतिरको प्रेम सम्बन्धका कारण…
धनगढी: कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयमा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका हुन्। वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको स्थानीयको आरोप छ। उता, गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए। वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनले बताए।
कैलारी : कैलाली कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको र वडा कार्यालयको हरेक काममा अनियमितता बढेको भन्दै स्थानीयले नाराबाजीसहित कार्यालयमा तालाबन्दी गरेका हुन्। स्थानीय कमलसिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए। वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्कविहीन छन्। गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने बताएका छन्।
कञ्चनपुर: व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ। आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो। वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढा ऐरले बताए। “छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ”, उनले भने, “वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ।” शिलबन्दी दरभाउ…
कैलाली: कैलालीमा चोरी मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ तेघरीका ३६ वर्षीय रक्कील मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले सोमवार घरको ठेगानाबाट फेला पारी पक्राउ गरेको बताएको छ। जिल्ला अदालत कैलालीले चोरी मुद्धामा २०६७ असार ३१ गते ११ हजार २ सय ५० रुपैँया जरिवाना र १ महिना कैद सजाय तोकेपछि उनी फरार रहेका थिए। उनलाई आवश्यक कारबाहीको लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।
काठमाडौं: केही दिनयता कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष चित्रबहादुर थारुले नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। उक्त भिडियोमा उनी हातमा रक्सीको बोतल समातेकी एक युवतीलाई ‘ग्वाम्मै’ अँगालो मारेर नाचेको देख्न सकिन्छ। त्यो डान्सपार्टी पालिकाकै एक सामुदायिक वन समितिको भवनभित्र हलमा भएको खुलेको छ। उक्त भिडियो भाइरल भएपछि विभिन्न व्यक्तिले उनीमाथि प्रश्न सोझाएका छन्। उनले आफ्नो संस्कृतिको जर्गेना गर्नुको साटो त्यसरी ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ भन्ने गीतमा युवतीसँग मस्ती गर्नुले बद्नाम हुने काम गरेको स्थानीय पंकज चौधरीको भनाई छ। ‘नाच्नु नै छ भने सखिया नाच नाच्नुस, हुर्दुंग्वा नाच नाच्नुस, देउडा नाच्नुस। थुप्रै नाच छ्न् जसले हाम्रो संस्कृतिलाई विश्वसामु चिनाएको छ ।…
काठमाडौं : नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्। सभामुखको अध्यक्षतामा संयुक्त बैठक सञ्चालन हुने छ। बैठक सुरु भएसँगै महासचिव गुटेरेसले सम्बोधन गर्ने कार्यसूचि छ। गुटेरेसको सम्बोधन लगत्तै त्यही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने छ । सम्बोधनको संघीय संसद सचिवालयले नियमित बैठकहरुको जस्तै अभिलेख राखिने छ।