Author: महेन्द्रनगर पोष्ट

दार्चुला: भारतले उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका चौथो पटक खोल्ने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडी हिजो आइतवार एक सूचना निकालेर आज (सोमबार) बिहान ५ देखि भोलि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको हो। भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। दुई दिन बाँधको ढोका खोलिने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। महाकाली नदी किनारमा आवतजावत नगर्न समेत भनिएको छ। 

Read More

काठमाडौं: सीमानाकामा सशस्त्र प्रहरीले स्थायी रूपमा सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सीमा क्षेत्रमा आवातजावत गर्नेहरूलाई सहयोग र सहजीकरणका लागि सहायता कक्ष निर्माण थालिएको सशस्त्र प्रहरीले जनाएको छ। भारततर्फ ६५ र चीनतर्फका तीन नाकामा गरी ६८ वटा सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए। सीमा क्षेत्रमा जानकारीको अभावले सर्वसाधारण ठगिने र समस्यामा पर्ने भएकाले उनीहरूकै सहयोग र सहजीकरणका लागि सहायता कक्ष सधैँभरि सञ्चालन गर्न थालिएको सशस्त्र प्रहरी बलले जनाएको छ।  महेन्द्रनगर, धनगढी, नेपालगन्ज, भैरहवा र वीरगन्जमा भने छुट्टै कक्ष नै बनाएर यस्तो सेवा थालिएको छ। अन्य स्थानमा अस्थायी प्रकृतिका सहायता कक्ष छन्।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ।  साथै बङ्गालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती,  गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

Read More

काठमाडौँ: संयुक्त राज्य अमेरिकाले नेपालको शान्ति प्रक्रियालाई लिएर चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसङ्घ महासभामा भाग लिन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणको मुखैमा अमेरिकाले शान्ति प्रक्रियाका बाँकी कामबारे चासो लिएको हो । प्रधानमन्त्री ‘प्रचण्ड’ यूएन महासभामा भाग लिन आगामी २९ भदौमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने कार्यसूची रहेको छ । त्यसको दुई हप्ताअघि नेपालको तीन दिने भ्रमणमा आएका अमेरिकी संसद्को विदेश मामिला समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले राजनीतिक दलका शीर्ष नेताहरू सँगको भेटका क्रममा यी विषयमा चासो राखेका हुन् । शुक्रबार नेपाल आइपुगेका सिनेटर होलेनले सोही दिन…

Read More

बाजुराः बाजुरामा आइतवार (आज) एक बालिका मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको हिमाली गाउँपालिका–१ नेटाका तारा थापाकी १५ वर्षीया छोरी सर्पनशिला थापाको शव बिच्छिया खोलाको बिच भागमा आज बिहान फेला परेको हो। बालिका शनिबार साँझ हराएकी थिइन्। उनको खोजतलास गर्दै जाँदा आज बिहान बिच्छिया खोलाको बिच भागमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

कैलाली : पैसा नदिएका कारण ८३ वर्षी हजुरआमाको विभत्स हत्या गर्ने मालिकार्जुन गाउँपालिका–७ का २१ वर्षीय दीपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बम पक्राउ परेका छन् । भदौ ८ गते दार्चुलाको जोलजिवी हुँदै भारत जाने योजना बनाएका दीपक र आशीषसँग गाडी भाडा समेत नभएपछि उनीहरु फर्किए । ‘मेरो आमा (हजुरआमा) सँग पैसा मागौला । उनीसँग पैसा लिएर भारत जाउला’ चन्दले सँगै रहेका आशीष र अर्का एक जनालाई सुनाए । दीपक र आशीष पैसा माग्न भन्दै मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८३ वर्षीया भागरथी चन्दको घरमा पुग्छन् । ८३ वर्षीया भागरथी चन्दको दीपक चन्दको हजुर आमा हुन् । उनी…

Read More

काठमाडौँ : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। प्राधिकरणको निर्णयका कारण हवाई उडान नहुँदा हुम्लामा नाबालकको मृत्यु भएपछि महानिर्देशक अधिकारीविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको हो। अधिवक्ता गणेशबहादुर ओलीले आइतबार प्राधिकरणका महानिर्देशक अधिकारी समेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। प्राधिकरणले साउन १२ गते देशका विभिन्न २९ वटा विमानस्थलमा दिउँसो साढे १२ बजेपछि हवाई उडानमा रोक लगाउनेसहित पाँच बुँदे निर्णय गरेको थियो। अधिवक्ता ओलीले हचुवाको भरमा गरिएको निर्णयका कारण हुम्ला, सिमकोट गाउँपालिका(६ का ६ महिने बालक इमरान सुनारको मृत्यु भएको रिटमा उल्लेख गरेका छन्। ‘उडान अनुमति नदिने गरी गरेको निर्णयका कारण…

Read More

धनगढीः कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ। कैलालीको भजनी नगरपालिका–५ कर्मदेवघाटबाट भन्सार छलिका अन्दाजी २५ हजार मुल्य बराबरका माछा, धनगढी उप–महानगरपालिका–२ बाट भन्सार छलिका अन्दाजी ९ हजार मुल्य बराबरका लेडिज सुट आईतबार बिहान प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका–११ गुम्बा पछाडीबाट भन्सार छलिका अन्दाजी ७५ हजार मुल्य बराबरका भाईरल साडी, लेडिज सुट, धोती लगायतका सामान आज बिहान प्रहरीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

Read More

काठमाडौँ : प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरू गाँजाखेतीलाई वैध बनाउनुपर्नेमा एकमत देखिएका छन् । यसका लागि सरकारसँग छलफल गर्ने समितिको तयारी छ । सरकारले चालुआर्थिक वर्षको बजेटमा गाँजाखेतीबारे अध्ययन गर्ने उल्लेख गरेको छ । उक्त नीति कार्यान्वयनको अवस्था कस्तो छ भनेर अर्थ मन्त्रालयलाई सोधेर अगाडि बढ्ने समिति सभापति डा. आरजु राणा देउवाले प्रस्ताव गरेकी छन् । ‘गाँजाखेतीको विषयमा बजेटमा पस्यो । त्यसलाई अगाडि बढाउने विषयमा के भइराखेको छ अर्थ मन्त्रालयलाई सोधेर अगाडि बढौँ’, आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति डा. देउवाले प्रस्ताव गरिन् । उनी भन्दा पहिले बोल्ने सांसदहरुले गाँजाखेतीको सम्बन्धमा नीतिगत व्यवस्था…

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई रु छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए…

Read More