Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको टीकापुर अस्पतालमा जटिल प्रकृतिको उपचार सफल भएको छ । एकतीस हप्ताको एक किलो चार सय ५० ग्रामको बच्चालाई अस्पतालले एक महिनाको उपचारपछि घर पठाएको छ । टीकापुर नगरपालिका–९ झुङ्गाकी विनिता चौधरीले ३१ हप्तामै छोरी जन्माएकी थिइन् । विनिताले ३१ हप्तामै बच्चा जन्माए पनि बच्चाको तौल कम र समय कम भएकाले बच्चा बचाउन कठिन थियो । यही कठिनाइलाई अस्पतालका बालरोग विशेषज्ञ डाक्टर अमरनाथ ठाकुर र नर्सिङ अधिकृत मञ्जु पौडेल लगायतको टोलीले ३० दिन लगाएर बच्चालाई बचाउन सफल भए । बच्चा बचाउन सफल भएपछि चिकित्सकको टोली खुसी भएको छ । अस्पतालका बालरोग विशेषज्ञ डाक्टर ठाकुरले बच्चालाई जटिल समस्या भए…

Read More

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य हुनुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सबै वायुसेवा कम्पनीले पाँच वर्षभित्र जहाजको सङ्ख्या न्यूनतम पाँचवटा पुर्‍याउनु पर्नेछ भने यसो गर्न नसक्ने कम्पनी मर्जरमा गए पनि मान्य हुने प्राधिकरणको नीति छ । वायुसेवा सञ्चालन गरिरहेका कम्पनीलाई थप जबाफदेही बनाउनुका साथै नयाँ आउने कम्पनीलाई पनि सेवा, शर्त पालना गराउनु प्राधिकरणको उद्देश्य रहेको जनाइएको छ । वायुसेवा कम्पनीका…

Read More

कञ्चनपुरः कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।

Read More

काठमाडौँ – अभिनेत्री निरुता सिंहले विवाह गरेकी छिन् । हाल मुम्बईमा रहदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेकी हुन्। उनले सो जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत दिएकी हुन् । मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर परिवार, आफ़न्त तथा छर छिमेकहरु, मेरा चलचित्रकर्मी साथीभाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरुलगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाई मलाई ‘निरुता सिंह’बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शक महानुभावहरुको यतीका वर्ष देखीको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो । त्यो हो ‘निरुताजी बिहें कहिले गर्ने ?’…

Read More

काठमाडौँः सुर्खेतमा किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । दैलेख महाबु गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का ३६ वर्षीय सुरेन्द्रबहादुर शाही पक्राउ परेका हुन् । ती किशोरी दैलेखबाट वीरेन्द्रनगरमा रहेको फुपूको घर जान भनी हिँडेकी थिइन् । तर फुपूको घर राम्ररी थाहा नभएकी उनलाई अटो चालक सुरेन्द्रले घर देखाइदिने भनी भे १ ह २३०९ नम्बरको अटोमा दुई घण्टासम्म घुमाएर राती ९ बजे घर फेला नपरेको भन्दै वीरेन्द्रनगरको यरो थकाली होटेलमा राखेको प्रहरीको अनुसन्धानमा खुलेको छ । किशोरीलाई धम्की दिएर होटेल पुर्‍याइएको, मदिरा खाएर पटक–पटक बलात्कार गरेको, किशोरीलाई…

Read More

काठमाडौंः कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाको नदीजन्य वस्तुको मुद्दामा राजनीतिक फ्याक्टरसमेत जोडिएको छ। तत्कालीन नगरप्रमुख सुरेन्द्र विष्टको पालामा भएको नदीजन्य वस्तुको ठेक्कामा भएको भ्रष्टाचार मुद्दामा नेकपा (एमाले) सहित नेपाली काँग्रेसका नेताहरूको पोलिटिकल कनेक्सन देखिएको हो। स्रोतका अनुसार पार्टीभित्रको अन्तरद्वन्दले सो भ्रष्टाचार मुद्दामा पनि स्थान पाएको हो। काँग्रेस कञ्चनपुरका केही नेता तथा कार्यकर्ताहरु गुटगत राजनीतिकै कारण उक्त मुद्दामा सिकार भएको बताइएको छ। पहिल्यैदेखि कञ्चनपुरमा काँग्रेसभित्र हालका परराष्ट्रमन्त्रीसमेत रहेका एनपी साउँद र काँग्रेसका प्रमुख सचेतक रमेश लेखकबीच अन्तरद्वन्द थियो। सो अन्तरद्वन्द भीमदत्तको नदीजन्य वस्तुको ठेक्कामा छुट दिएर राजस्व चुहावट गरेको भ्रष्टाचार मुद्दाका सवालमा छताछुल्ल भएको बताइन्छ। सो मुद्दामा भएभरको पहुँच लगाएर रमेश लेखकले आफू…

Read More

डडेल्धुरा: डडेल्धुरामा भरुवा बन्दुक र बारुदसहित एक जना पक्राउ परेका छन् । जिल्लाको अमरगढी नगरपालिका-१ स्थित कमल पोखरीको जंगल इलाकाबाट भेटाका ५६ वर्षीय रुद्रबहादुर ऐर पक्राउ परेका हुन् । सेनाको रणबम गण (दह ब्यारेक)बाट खटिएको गस्ती टोलीले भरुवा बन्दुक लगेर जंगलतर्फ गइरहेका ऐरलाई पक्राउ गरेको हो । उनलाई सेनाले जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको छ ।

Read More

बझाङ: नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ क्षेत्र नं. २ का इन्चार्ज ऐन महरलाई डेंगु संक्रमण देखिएको छ । चैनपुरस्थित जयपृथ्वी अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि आज काठमाडौँ लगिँदै छ । प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा सहभागी हुन गत ७ गते बझाङ आएका महर शुक्रबार पानकोटस्थित एमाले जिल्ला कमिटी बझाङको पूर्ण बैठकमा सहभागी भएका थिए ।

Read More

बाजुरा: धार्मिक तथा पर्यटकीय बडीमालिकामा भदौ शुल्क पूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा सहभागी हुनेलाई लक्षित गरी नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा आठ सय ६६ जनाको उपचार भएको छ । ४ हजार २१२ फिटको उचाइमा रहेको बडीमालिकाको तीर्थस्थल त्रिवेणी र बडीमालिका मन्दिरमा ५४५ पुरुष र ३२१ महिला गरी ८६६ जनालाई स्वास्थ्योपचार गरेको दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी धर्मेन्द्रबहादुर सिंहले जानकारी दिए । उनका अनुसार बडीमालिकामा दर्शन गर्न गएका तीर्थयात्रीलाई अक्सिजन अभावका कारण र विभिन्न प्रकारका बिरामी थला परेर सिकिस्त बिरामी भएपछि सेनाको मेडिकल टोलीले उद्धार गर्दै सेनाको मेडिकल क्याम्पमा उपचार गरिएको हो । बडीमालिकाको दर्शनका लागि गएका तीर्थयात्रीलाई लेक लाग्ने र…

Read More

काठमाडौँ: सरकारले अनौपचारिक श्रमिक तथा स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराउन सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । संविधानले निर्दिष्ट गरेको सामाजिक सुरक्षाको हक कार्यान्वयनका क्रममा सरकारले अनौपचारिक श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिका लागि लक्षित गर्दै सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याएको हो । सामाजिक सुरक्षा कोषले गत साउन ३१ गतेदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउन थालेको छ । औपचारिक क्षेत्रका श्रमिक र वैदेशिक रोजगारीमा रहेका व्यक्ति यसअघि नै सामाजिक सुरक्षाको दायरामा आइसकेका छन् । नेपालमा क्रियाशील ट्रेड युनियनले लामो समयदेखि अनौपचारिक…

Read More