Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का वडा सचिव खेमराज कपाडी मृत अवस्थामा फेला परेका छन् । २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका-५ सल्सेनामा मृत भेटिएका प्रहरीले बताएको छ । हिजो बिहान तालिमका लागि मोटरसाइकलमा डडेल्धुरा हिँडेका कपाडीको शव आज सडकबाट २ सय मिटर र मोटरसाइकल १५० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: भैरहवा विमानस्थलमा बुद्ध एअरको विमानमा स्याल ठोक्किएको छ । ७२ जना यात्रु लिएर रन वेमा दौडिरहेको बुद्धको उडान नम्बर यु४–८५२ ९९एन–एएनएच०विमानमा स्याल ठोक्किएको हो । आज बिहान काठमाडौँतर्फ उड्न तयार सो विमानमा स्याल ठोक्किएपछि रन वेबाट पार्किङमा ल्याइएको थियो । प्राविधिक जाँचपश्चात् झण्डै दुई घण्टापछि सवा ११ बजे विमान भैरहवाबाट उडेको थियो ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान फेला पारी बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता भाइरल रोडबाट करिब १७ हजार मूल्यका अवैैध मटर प्रहरीले बरामद गरेको हो । त्यस्तै, बेलौरी नगरपालिका–६ काठेपुलबाट पनि करिब ४६ हजार एक सय मूल्यका चिनी, मैदा, डिउ, तेल लगायतका खुद्रा सामानहरु बरामद गरेको छ । ती सामान आइतवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको बताइएको छ ।

Read More

एजेन्सी: भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्। मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ । एट्लस…

Read More

बझाङ: बझाङकी एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मष्टा गाउँपालिका–५ घर भएकी मिना बुढा बेपत्ता भएकी हुन् । यही भदौ ७ गते बिहान माइतीघर जान्छु भनेर घरबाट हिँडेकी उनी आजसम्म पनि सम्पर्कमा नआएकी उनको पारिवारिक स्रोतले बताएको छ । उनी आफ्नो माइतमा पनि नभएकाले कसैले देखे नजिकैको प्रहरी वा ९८४३३३२७८५ र ९८२२११०६३६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् । मिनाका दुई छोरा र दुई छोरी छन् ।

Read More

काठमाडौँः प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिइएको हो । उनी सोमवार बिहान ८ः४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौँ आउने तयारीमा थिए । सोही क्रममा चेकजाँच गर्दा अधिकृत सापकोटा र दीपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो । अर्का अधिकृत पौडेल फरार भएका र व्यापक मात्रामा प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ । बरामद रकमको स्रोतबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटीः डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बडीकेदार गाउँपालिका–३ विछराकी अन्दाजी ५५ वर्षीया कस्तुरी देवी जेठाराको मृत्यु भएको हो । आइतवार राति बडीकेदार–१ रुमाइल भन्ने ठाउँमा सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा जेठाराको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अटो चालक बडीकेदार-१ का उत्तम बोहरा सामान्य घाइते भएका र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Read More

बैतडी: आइतवार दिउँसोदेखि अवरुद्ध बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ । अविरल वर्षापछि ठुलो ढुंगा खसेर अवरुद्ध बनेको राजमार्ग आज बिहान १०:३० बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । पाटन नगरपालिका-८ को झौलेक मोड नजिक सडकमाथिबाट ढुंगा खस्दा राजमार्ग अवरुद्ध भएको थियो । दुई वटा जेसीबी लगाएर पनि ढुंगा फाल्न नसकिएपछि बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।

Read More

धनगढी: बाजुरामा दुई युवकमाथि सामूहिक कुटपिट भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका-६ नोबिस साइलका राजकुमार नाथ र अछामका दर्शन शाहमाथि कुटपिट भएको हो । खप्तड छेडेदह गाउँपालिकास्थित छेडेदह तालमा उनीहरुमाथि कुटपिट भएको बताइएको छ । उनीहरुलाई कुटपिट गर्ने समूहले खुकुरी, नक, काठले हानेको आफन्तले बताएका छन् । घाइते दुबै जनाको अहिले धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले कुटपिटको घटनालाई अभद्र व्यवहार भन्दै मुद्दा कमजोर बनाएको पनि आफन्तको आरोप छ । अहिलेसम्म कुटपिट गर्ने मान्छेहरु नसमातेको र कुटपिटको मुद्दालाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरेकाले आफन्तले प्रहरीकै भूमिका पनि शंकास्पद रहेको बताएका छन् । यता, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख…

Read More

बैतडी: बैतडीको दशरथचन्द राजमार्ग खुलेको छ । लगातारको वर्षाले गएराति सतबाँझ–गोठलापानी सडकखण्डको गुरुखोला नजिक सडकमा रुख ढलेर रामजमार्ग अवरुद्ध भएको थियो । जेसिबीले रुख हटाएपछि रातिदेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More