Author: महेन्द्रनगर पोष्ट

मनाङ : गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको नजर पर्न सकेको छैन । तर, नार्पाभूमि विकट भएर पनि हुनसक्छ सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्त्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले चासो दिएको पाइएको छैन ।…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको एक दुर्लभ भाषण इजरायलले नेपाललाई बुझाएको छ । इजरायली राजदूत हनन गोदेर गोलडबर्गरले राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेका राष्ट्रपतिको सचिवालयले जनाएको छ । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको कार्यकालमा सन् १९६० मा इजरायल र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको थियो । सन् १९४८ मा राज्यका रूपमा स्थापित इजरायलसँग बीपी कोइरालाले सिङ्गो विश्वले स्वतन्त्र अस्तित्व स्वीकार नगरिसकेको अवस्थामा स्वतन्त्र राष्ट्र स्वीकार गर्दै दौत्य सम्बन्ध स्थापना गरेका थिए । सो दौत्य सम्बन्ध कायम भएपछि सन् १९६० को १५ अगष्टमा इन्टरनेश्लन कन्फ्रेन्स अन साइन्स इन द एडभान्समेन्ट अफ न्यू स्टेट्सको प्रमुख अतिथिको हैसियतमा बीपी कोइरालाले गरेको…

Read More

धनगढी: कैलालीको धनगढीमा तेस्रो हार्डवेयर एक्सपो आयोजना हुनेभएको छ । हार्डवेयरको व्यापार प्रवर्धन र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका उत्पादनको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हार्डवेयर एक्सपो आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरी जनाकारी सार्वजनिक गरिएको हो । हार्डवेयर एक्सपो आगामी असोज १० देखि १४ गतेसम्म धनगढीको सौँराइ स्क्वायरमा आयोजना हुने आयोजक कैलाली हार्डवेयर सङ्घले जनाएको छ । हार्डवेयर एक्सपोमा स्वदेशी तथा विदेशी कम्पनीको उत्पादन बारेमा विस्तृत जानकारी दिने सङ्घका अध्यक्ष कुवेरबहादुर शाहीले बताए। उनका अनुसार प्रदर्शनीमा निर्माणका लागि चाहिने सरिया, सिमेन्ट, सेक्सन, जिआई तार, सेनेट्री टायल्स तथा होम डेकोरका लागि चाहिने सबै सामानहरू राखिनेछ । यी वस्तुहरूको गुणस्तर र…

Read More

काठमाडौं : संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा पर्सि बिहीबार शोक बिदा दिने भएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बिहीबार शोक बिदा दिइएको उल्लेख छ । नेम्वाङको अन्तिम संस्कार पर्सि बिहान ११ बजे गर्ने तय भएको छ । पर्सि राष्ट्रिय झण्डा आधा झुकाइने सहसचिव एवम् मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बिदामा मुलुकभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा बिदा हुनेछ । साथै ती कार्यालयमा पनि राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

Read More

काठमाडौं : दुबईबाट अवैधरुपमा भित्र्याइएको सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फुत्काउने समूहका थप दुईजना समातिएका छन् । झन्डै एक किलो अवैध सुन ल्याउने व्यक्ति हिजै पक्राउ परेकोमा प्रहरीले आज अरु दुई जनलाई पनि नियन्त्रणमा लिएको हो । हिजो बिहान साढे ९ बजे हिमालयन एयरलाईन्सको जहाजमा दुबईबाट आएका काभ्रेका बाबुलाल दोङ ११ बजेतिर ९६० ग्राम सुनसहित एअरपोर्ट बाहिर सडकबाट समातिएका थिए । भन्सार छलीको उक्त सुन विमानस्थलबाट बाहिर निकाल्न सफल उनलाई विशेष सुराकीका आधारमा काठमाडौँ प्रहरीले विमानस्थल बाहिर सडक पेटीमा हिंडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । त्यसपछि दोङलाई सोधपुछ गर्दा सुन मलद्वारमा लुकाई ल्याएको पत्ता लागेपछि प्रहरी वृत्त गौशाला पुर्याई थप चेकजाँच…

Read More

धनगढी: नेकपा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटीमा पदाधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ। भदौ २४ गते समाजवादीको जिल्ला कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो। पार्टी स्रोतका अनुसार बैठकले सक्रियताका आधारमा जिम्मेवारी हेरफेर गरिएको हो। जसमा यसअघि सहसचिवको जिम्मेवारीमा रहेका दीर्घ जोशीलाई सचिवको जिम्मेवारी दिएइको छ। भने जिल्ला सचिवको जिम्मेवारीमा रहेका खडक रावतलाई उपाध्यक्ष बनाइएको छ। रावत घोडाघोडी नगरपालिकाका मेयरसमेत हुन्। उनको व्यस्तताका कारण पार्टी सचिवको जिम्मेवारी हेरफेर गरेको बुझिएको छ।

Read More

धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङप्रती श्रद्धाञ्जली अर्पण गर्न समाजवादीका नेताहरु एमालेको कार्यालयमा पुगेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कैलालीका जिल्ला अध्यक्ष, सचिव सहितका नेताहरुले नेम्वाङलाई एमाले कैलालीको कार्यालयमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। मंगलबार उनीहरुले नेकपा (एमाले) कैलाली जिल्ला पार्टी कार्यालयमा राखिएको श्रद्धान्जली व्यक्त कार्यक्रममा फोटोमा माल्यार्पण गरेका थिए। नेकपा विभाजनपछि एमालेबाट छुट्टिएर समाजवादी पार्टीमा आबद्ध भएका जिल्ला अध्यक्ष विमलकुमार जोशी, सचिव दीर्घ जोशी लगायतका नेताहरु स्वर्गीय नेम्वाङप्रति श्रद्धान्जली व्यक्त पार्टी कार्यालयमा पुगेका थिए। पार्टी विभाजनपछि उनीहरु पहिलोपटक पुगेका हुन्। सो क्रममा श्रद्धाञ्जली अर्पण गर्दै समाजवादीका अध्यक्ष जोशीले संविधान सभाका अध्यक्ष…

Read More

धनगढी: राष्ट्रिय जनमोर्चाको कैलाली पाँचौ जिल्ला सम्मेलनले जगतप्रसाद जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मिलन शाही, सचिवमा मेरजन शाही, कोषाध्यक्षमा कुन्ती पाण्डेय र सहसचिवमा अञ्जना मास्के छानिएका छन् । २३ सदस्यीय कमिटीमा १९ जना पूर्ण र चार जना वैकल्पीक सदस्य चुनिएका छन् । सो सम्मेलनको उद्घाटन गर्दे राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले अमेरिकी साम्राज्यबाद र भारतिय विस्तारबादका कारण नेपाली राष्ट्रियता कमजोर हुन थालेकोले त्यसका विरुद्ध लड्न जरुरी भएको बताए । उनले संघीयता खारेज नहुँदासम्म मुलुकको प्रगति नहुने पनि बताएका थिए ।

Read More

मध्यविन्दु (नवलपरासी) : प्रजातन्त्र सेनानी एवम् नेपाली कांग्रेस नवलपरासीका संस्थापक सभापति पूर्णचन्द्र नेपालको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा गए राति निधन भएको हो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ निवासी नेपाल २०३० देखि २०३४ सालसम्म नेपाली कांग्रेस नवलपरासीको जिल्ला सभापति भएका थिए । प्रजातान्त्रिक आन्दोलनमा लागेर पटक–पटक जेल सजाय भोगेका उनी २००७ सालको क्रान्तिका योद्धा तथा जिल्लामा निष्ठावान् राजनीतिज्ञका रुपमा परिचित रहेकानेपाली कांग्रेस नवलपुरका उपसभापति चन्द्रबहादुर रानाले बताए । “२०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेपछि नेताहरुसँग भारत निर्वासनमा गई २०३० सालमा देश फर्किएर नेपाली कांग्रेसको सङ्गठन निर्माणमा जुट्नुभएको थियो”, उनले भने, “विसं २०३५ मा सङ्घसंस्था नियन्त्रण ऐनअन्तर्गत…

Read More

काठमाडौं : कास्की पोखरा बागलुङ बसपार्कस्थित सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरी फरार रहेका ललितपुर गोदावरी नगरपालिका-४ ठेगाना भएका सोही संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई प्रहरीले पक्राउ गरेको छ । रम्तेल समेतले ठगी गरेको भनि वचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको तथा रम्तेल समेतको नाममा जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भई सहकारी तथा ठगी सम्बन्धी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ कुमारीपाटीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

Read More