Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा रु २५ लाख बढी आम्दानी गर्दै आएका छन् । डेढ दशकदेखि तरकारी खेतीमा संलग्न खड्काले दुई बिघा १० कट्ठा जग्गामा खेती गर्दै आएका हुन् । दश कठ्ठा मात्रै आफ्नो जग्गा भएका बताउँदै उनले दुई बिघा तरकारी खेतीका लागि भाडामा लिएको जानकारी दिए । उनका अनुसार वार्षिक एक सय टन बढी तरकारी उत्पादन हुने गरेको छ । मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएको भन्दै खड्काले अहिले खेतमा काउली, बन्दा, गोलभेडा, सुर्खानी, भान्टा, मुला, सिमला मिर्च, हरियो र धनियाँ लगाइएको बताए । “केही महिनाअघि मात्रै हरियो धनियाँ र सागपात…

Read More

धनगढी: धनगढीको वडा प्रहरी कार्यालयमा नयाँ हाकिम आएका छन्। हिजोमात्रै आएका इन्सपेक्टर जनकराज ढुङ्गानाले वडा प्रहरी कार्यालयको प्रमुखको कार्यभार सम्हालेका हुन्। यसअघिका इन्सपेक्टर उपेन्द्र बमको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीमा काज सरुवा भएको छ। उनको सरुवापछि ढुङ्गाना आएका हुन्। उनी यसअघि ईलाका प्रहरी कार्यालय टीकापुरमा थिए।

Read More

दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का वडा सचिव खेमराज कपाडी मृत अवस्थामा फेला परेका छन् । २८ वर्षीय कपाडी बैतडीको दोगडाकेदार गाउँपालिका-५ सल्सेनामा मृत भेटिएका प्रहरीले बताएको छ । हिजो बिहान तालिमका लागि मोटरसाइकलमा डडेल्धुरा हिँडेका कपाडीको शव आज सडकबाट २ सय मिटर र मोटरसाइकल १५० मिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ: भैरहवा विमानस्थलमा बुद्ध एअरको विमानमा स्याल ठोक्किएको छ । ७२ जना यात्रु लिएर रन वेमा दौडिरहेको बुद्धको उडान नम्बर यु४–८५२ ९९एन–एएनएच०विमानमा स्याल ठोक्किएको हो । आज बिहान काठमाडौँतर्फ उड्न तयार सो विमानमा स्याल ठोक्किएपछि रन वेबाट पार्किङमा ल्याइएको थियो । प्राविधिक जाँचपश्चात् झण्डै दुई घण्टापछि सवा ११ बजे विमान भैरहवाबाट उडेको थियो ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान फेला पारी बरामद गरेको छ । जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता भाइरल रोडबाट करिब १७ हजार मूल्यका अवैैध मटर प्रहरीले बरामद गरेको हो । त्यस्तै, बेलौरी नगरपालिका–६ काठेपुलबाट पनि करिब ४६ हजार एक सय मूल्यका चिनी, मैदा, डिउ, तेल लगायतका खुद्रा सामानहरु बरामद गरेको छ । ती सामान आइतवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको बताइएको छ ।

Read More

एजेन्सी: भूकम्प प्रभावित मोरक्कोमा उद्धारकर्मीले हातैले भग्नावशेष पन्छाएर खोजी तथा उद्धारको काम गरिरहेका छन् । त्यहाँको मूले ब्रहिम नगरमा उद्धारकर्ताहरूले एक व्यक्तिलाई भूकम्पबाट भत्किएको एउटा भवनको भग्नावशेषबाट जीवितै उद्धार गरेका बीबीसीले जनाएको छ । भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि प्रभावित क्षेत्रमा विशेष उपकरण पठाउन कठिनाइ छ । तर, विशेष उपकरण नहुँदा पनि उद्धारकर्ताहरूले जीवित मानिसहरू फेला पर्ने आशामा खाली हातले नै उद्धार तथा खोजी अभियान चलाइरहेका खबरमा उल्लेख छ । भूकम्पको केन्द्रबिन्दुनजिकै रहेका केही पहाडी गाउँहरूमा ठूलो विनाश भएको छ। त्यहाँका मानिसहरू व्यग्रतापूर्वक राहत कुरिरहेका छन्। मोरक्को सरकारले अहिलेसम्म बेलायत, स्पेन, कतार र यूएईबाट सहायता स्वीकार गरेकोे जनाएको छ । एट्लस…

Read More

बझाङ: बझाङकी एक महिला बेपत्ता भएकी छिन् । जिल्लाको मष्टा गाउँपालिका–५ घर भएकी मिना बुढा बेपत्ता भएकी हुन् । यही भदौ ७ गते बिहान माइतीघर जान्छु भनेर घरबाट हिँडेकी उनी आजसम्म पनि सम्पर्कमा नआएकी उनको पारिवारिक स्रोतले बताएको छ । उनी आफ्नो माइतमा पनि नभएकाले कसैले देखे नजिकैको प्रहरी वा ९८४३३३२७८५ र ९८२२११०६३६ मा सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन् । मिनाका दुई छोरा र दुई छोरी छन् ।

Read More

काठमाडौँः प्रहरीले नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । बाँके प्रहरीका अनुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई नियन्त्रणमा लिइएको हो । उनी सोमवार बिहान ८ः४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौँ आउने तयारीमा थिए । सोही क्रममा चेकजाँच गर्दा अधिकृत सापकोटा र दीपक पौडेलसँग नेपाली २६ लाख रुपैयाँ बरामद भएको हो । अर्का अधिकृत पौडेल फरार भएका र व्यापक मात्रामा प्रहरी परिचालन गरी खोजी कार्य भइरहेको बाँके प्रहरीले जनाएको छ । बरामद रकमको स्रोतबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

डोटीः डोटीमा अटो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बडीकेदार गाउँपालिका–३ विछराकी अन्दाजी ५५ वर्षीया कस्तुरी देवी जेठाराको मृत्यु भएको हो । आइतवार राति बडीकेदार–१ रुमाइल भन्ने ठाउँमा सुपप्र ०१००१ ह ५४०६ नम्बरको अटो दुर्घटना हुँदा जेठाराको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । अटो चालक बडीकेदार-१ का उत्तम बोहरा सामान्य घाइते भएका र उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

Read More

बैतडी: आइतवार दिउँसोदेखि अवरुद्ध बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलेको छ । अविरल वर्षापछि ठुलो ढुंगा खसेर अवरुद्ध बनेको राजमार्ग आज बिहान १०:३० बजेबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । पाटन नगरपालिका-८ को झौलेक मोड नजिक सडकमाथिबाट ढुंगा खस्दा राजमार्ग अवरुद्ध भएको थियो । दुई वटा जेसीबी लगाएर पनि ढुंगा फाल्न नसकिएपछि बझाङको झोताबाट लोडर मगाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।

Read More