Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः  भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा पोष्ट खडा गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको हो। भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय बाशुदेव जोशीले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो। जोशीका अनुसार स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ। नेपाली भू–भागमा एसएसबीले क्याम्प राखेकोबारे नेपालको प्रशासन भने अनजान छ। एसएसबीले नेपाली जमिनमा क्याम्प राखेकोबारे आफूलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ पिपरैयाका युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। अस्थाई प्रहरी पोष्ट पुष्पलाल चोकको टोलीले बुधबार दिउँसो शङ्का लागेर चेकजाँच गर्दा ०.७० ग्राम ब्राउनसुगरसहित २७ वर्षीय संजय साउँदलाई पक्राउ गरेको जनाइएको छ। उनी सवार रहेको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

Read More

कैलाली: आज(बिहिवार)बाट सुदूरपश्चिममा लगातार ३ दिन बिदा परेको छ। आज र भोलि गौरा पर्वको अवसरमा सुदूरपश्चिममा सार्वजनिक विदा दिइएको छ। आज संघीय सरकार र भोलि प्रदेश सरकारले बिदा दिएका हुन्। भने, पर्सी भने शनिबार हो।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति पनि सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम…

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा १६ जना सांसद नियमित १० वटाभन्दा बढी बैठकमा ‘गयल’ देखिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा १० वटाभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम बिदा स्वीकृतिको लागि प्रस्तुत गरिएको थियो । बैठकमा प्रस्तुत नामावलीअनुसार नेपाली कांग्रेसका सांसद मनोरमा शेरचन थेरापीबाट उपचार गरिरहेकाले बैशाख २४ देखि साउन २७ गतेसम्मका ४७ वटा बैठकमा अनुपस्थित भएकी छन् । यस्तै कांग्रेसकै सांसद वीनाकुमारी थनैत अस्वस्थ भएका कारण बैशाख २७ देखि भदौ १ गतेसम्मका ४५ वटा बैठकमा अनुपस्थित भइन् । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अस्वस्थ भएका कारण बैशाख २४ देखि असार ४ गतेसम्म २९ वटा बैठकमा अनुपस्थित भएका छन् । कांग्रेसका…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन्। उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन्। प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताए। उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र…

Read More

काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी दिइन् । यही भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म १२ वर्षदेखि माथिका सबैलाई पहिलो, दोस्रो मात्राका साथै पहिलो बुस्टर डोज र दोस्रो बुस्टर डोज लगाइनेछ । उनले बुस्टर डोज लगाउन छुटेकाका लागि पनि पहिलो बुस्टर डोज दिइने बताइन्। उनले दोस्रो बुस्टर कम भएकाले लगाउने सङ्ख्या कम भएकाले पनि अभियान सञ्चालन गर्नुपरेको बताइन्। सूचना अधिकारी खड्काले बुस्टर डोज लगाउन छुट भएकालाई लगाउन आग्रह गरेकी छन् । प्राथमिक स्वास्थ्य केन्द्र र…

Read More

धनगढीः नेपाली कांग्रेस कैलालीले युवा नेता लोकराज पाण्डे ‘आगो’ र सुरतबहादुर कार्कीको कारबाही फुकुवा गरेको छ। कैलालीको गेटामा निर्माणाधिन स्वास्थ्य विद्यालयको मुद्दा उठाउँदै आएका युवा नेता आगोलाई पार्टीले नेतृत्वविरुद्ध बोलेको भन्दै यसअघि साधार सदस्य समेत नरहने गरी निस्कासन गरिएको थियो। प्रदेश समितीका कार्यबाहक सभापती लोकराज अबस्थी संगको छलफल पछि  क्षेत्र नम्बर ४ का सभापती बसन्त रोकायाको पहलमा कारबाही फिर्ता भएको हो।

Read More

काठमाडौं : सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको रकम खर्च नगर्न अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले बुधबार यस्तो आदेश गरेको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘संघीय र प्रदेश व्यवस्थापिकाको मूल कार्य व्यवस्थापिकीय प्रकृतिको कार्य नै हुने देखिन्छ। संघीय सांसद वा प्रदेश सभा सदस्यहरूलाई कार्यकारिणी प्रकृतिको कार्य गर्ने जिम्मेवारी प्रदान गरेको देखिँदैन। यस स्थितिमा राष्ट्रिय योजना आयोग वा प्रदेश योजना आयोग वा सम्बन्धित मन्त्रालयको सिफारिसमा नपरेका विषयमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा सांसद आफैले आफ्नो संसदीय निर्वाचन क्षेत्रको पूर्वाधार विकासको नाममा रकम…

Read More

काठमाडौँ : प्रतिनिधि सभाका ११ सांसदको संसदीय समिति हेरफेर गरिएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूको संसदीय समिति हेरफेरको प्रस्ताव राखेका थिए । सभामुख घिमिरेले राखेको सांसदको संसदीय समिति हेरफेरको प्रस्ताव स्वीकृत भएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट हालैमात्र बाहिरिएका माओवादी सांसद अमनलाल मोदीलाई सार्वजनिक लेखा समितिमा पठाइएको छ । काँग्रेसकी सांसद नागिना यादवलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिबाट शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । काँग्रेसका सांसद शशाङ्क कोइरालालाई कानुन, न्याय तथा मानवअधिकार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सरुवा गरिएको छ । कांग्रेसकै सांसद रामहरि खतिवडालाई कानुन समितिबाट राज्यव्यवस्था तथा…

Read More