Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: लगातारको वर्षापछि आएको पहिरोले नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ। नारायणघाट-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको नाम्सी पुलनजिकै पहिरो खसेपछि सडक आज बिहानदेखि अवरुद्ध भएको हो।   सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर चण्डेश्वर शाहका अनुसार पहिरो सडकमा थुपरिएको छ। अहिले पहिरो हटाउने काम भइरहेको पनि उनले बताए। पहिरो गएपछि सवारी साधनहरू बीचमै रोकिएका छन्।   

Read More

कञ्चनपुर: महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार डडेल्धुरास्थित पारीगाउँ स्टेशनमा जलसतह ५.८९ मिटर पुगेको छ। महाकालीको सतर्कता तह ५.८० मिटर हो। खतराको तह ७ मिटर तोकिएको छ। अहिले पानीको बहाव स्थिर छ। दिउँसो र राति सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Read More

बारा: बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। मृत्यु हुनेको सनाखत हुन सकेको छैन।  काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो। बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। घाइते यात्रुको मकवानपुरको हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए। आज बिहान २ बजे जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई नजिक बस सडक दुर्घटना भएको हो। तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको…

Read More

डडेल्धुरा: सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व डडेल्धुरासहित दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ-आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ। काठमाडौं उपत्यकामा बसोबास गर्ने सुदूरपश्चिमेलीले पनि गौरा पर्व मनाउँदैछन्। काम विशेषले घरबाट टाढा गएकाहरु पनि गौरा पर्व मनाउन गाउँमा फर्किएका छन्। भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा…

Read More

कञ्चनपुरः  भारतीय सिमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूमिमा पोष्ट खडा गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडामा एसएसबीले अस्थायी पोष्ट निर्माण गरेको हो। भुडाबाट भारतीय सिमा बजार कम्बोजनगर जाने बाटोस्थित नेपाली भूमिमा एसएसबीले ब्यारेल राखेको स्थानीय बाशुदेव जोशीले बताए। उनका अनुसार कोराना महामारीका बेला एसएसबी क्याम्प कम्बोजनगरले अस्थायी रुपमा त्यहाँ क्याम्प राखेको थियो। जोशीका अनुसार स्थानीयको बिरोधका बाबजुद एसएसबीले क्याम्प राखी नेपाली भूमि कब्जा गरेको छ। नेपाली भू–भागमा एसएसबीले क्याम्प राखेकोबारे नेपालको प्रशासन भने अनजान छ। एसएसबीले नेपाली जमिनमा क्याम्प राखेकोबारे आफूलाई जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताए।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ पिपरैयाका युवक ब्राउन सुगरसहित पक्राउ परेका छन्। अस्थाई प्रहरी पोष्ट पुष्पलाल चोकको टोलीले बुधबार दिउँसो शङ्का लागेर चेकजाँच गर्दा ०.७० ग्राम ब्राउनसुगरसहित २७ वर्षीय संजय साउँदलाई पक्राउ गरेको जनाइएको छ। उनी सवार रहेको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

Read More

कैलाली: आज(बिहिवार)बाट सुदूरपश्चिममा लगातार ३ दिन बिदा परेको छ। आज र भोलि गौरा पर्वको अवसरमा सुदूरपश्चिममा सार्वजनिक विदा दिइएको छ। आज संघीय सरकार र भोलि प्रदेश सरकारले बिदा दिएका हुन्। भने, पर्सी भने शनिबार हो।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति पनि सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम…

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा १६ जना सांसद नियमित १० वटाभन्दा बढी बैठकमा ‘गयल’ देखिएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा १० वटाभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम बिदा स्वीकृतिको लागि प्रस्तुत गरिएको थियो । बैठकमा प्रस्तुत नामावलीअनुसार नेपाली कांग्रेसका सांसद मनोरमा शेरचन थेरापीबाट उपचार गरिरहेकाले बैशाख २४ देखि साउन २७ गतेसम्मका ४७ वटा बैठकमा अनुपस्थित भएकी छन् । यस्तै कांग्रेसकै सांसद वीनाकुमारी थनैत अस्वस्थ भएका कारण बैशाख २७ देखि भदौ १ गतेसम्मका ४५ वटा बैठकमा अनुपस्थित भइन् । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन अस्वस्थ भएका कारण बैशाख २४ देखि असार ४ गतेसम्म २९ वटा बैठकमा अनुपस्थित भएका छन् । कांग्रेसका…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान-३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिएका छन्। उनले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिएका हुन्। प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताए। उनले मित्रराष्ट्र भारतको यस सफलताबाट अन्तरिक्षको खोज, अनुसन्धानका साथै नयाँ सम्भावनाको खोजीमा मानव जातिले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले यस सफलतासँगै संसारभरिका वैज्ञानिक एवं अनुसन्धानकर्तामा थप प्रेरणा प्रदान गरेको उल्लेख गर्दै ऐतिहासिक कार्यका निम्ति समकक्षी मोदी, भारत सरकार र भारतीय जनतामा नेपाल सरकार र…

Read More