Author: महेन्द्रनगर पोष्ट

कैलाली: सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई सवारीसाधन लगायत सुविधा बढाउन नियमावली संशोधन गर्ने तयारी भएको छ। प्रदेश सभा नियमावली २०७४ संशोधन गर्न लागिएको हो। नियमावली संशोधन गर्नका लागि नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्ने प्रस्ताव सोमबार बसेको प्रदेश सभा बैठकबाट बहुमतले पारित भएको छ। मस्यौदा समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू विक्रमसिंह धामी, मानबहादुर धामी, सुरेन्द्रबहादुर पाल, खुसीराम डङ्गौरा थारू, प्रकाश रावल, खेमादेवी विष्ट र डा. ताराप्रसाद जोशी रहेका छन्।

Read More

काठमाडौं: कालीमाटी तरकारी बजारमा भारतको प्याज आउन छोडेको छ । भारतले निर्यातमा ४० प्रतिशत महसुल तोकेसँगै कालीमाटीमा भारतको प्याज आउन छोडेको हो ।  आइतवार रातिदेखि नै कालीमाटीमा भारतीय प्याज भित्रिएको छैन । सामान्य अवस्थामा भारतबाट दैनिक एक सय टन प्याज भित्रिँदै आएको थियो ।  भारबाट भित्रिन छाडेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याजको मूल्यसूची नै हटाएको छ । भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले गत शनिबार प्याजमा ४० प्रतिशत निर्यात महसुुल लगाएको थियो । उक्त महसुुल  २१  डिसेम्बर  २०२३  सम्म  लागु  हुने  भनिएको छ । भारत  सरकारले  आफ्ना  नागरिकलाई  राहत दिने उद्देश्यले यस्तो निर्णय गरेको भारतीय…

Read More

काठमाडौं: नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ। मंगलबार धनगढीमा सम्पन्न बैठकले पार्टीको तीन महिने अभियानका लागि नेताको कार्यविभाजन गर्नुको साथै जिल्ला इन्चार्जसमेत तोकेको छ। जसमा अछाममा ओमप्रकाशन पुन, बाजुरामा देवकी मल्ल, बझाङमा लालबहादुर सोडारी, डोटीमा लक्षिराम आचार्य, डडेल्धुरामा हरि ज्ञावाली, बैतडीमा रामप्रसाद तिमिल्सिना, दार्चुलामा नरेन्द्रर कुँवर, कञ्चनपुरमा वीरमान चौधरी र कैलालीमा टेकेन्द्र भट्ट रहेका छन्।

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,…

Read More

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतलाई स्थानीय तहमा कामकाज गर्नेगरी खटाएको छ । मन्त्रालयले भर्खरै पास आउट भएका नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ब्याट ३६ का सबै शाखा अधिकृतहरू (८० जना) लाई रिक्त स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको हो । नवनियुक्त शाखा अधिकृतहरूको लोकसेवा आयोगको योग्यता क्रमलाई ६० प्रतिशत र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको तालिमको योग्यता क्रमलाई ४० प्रतिशत मानी योग्यता क्रम निर्धारण गरी योग्यता क्रमका आधारमा रिक्त स्थानीय तह छनौट गर्न अवसर दिई सोही आधारमा पदस्थापन गरेको जनाएको छ ।

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका ४ जिल्लामा संयोजक फेरेको छ । पुराना संयोजकहरू केन्द्रीय कमिटीमा भएकाले उनीहरूलाई हटाइ नयाँ जिम्मेवारी तोकिएको हो । लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालका अनुसार रुकुम जिल्ला संयोजकमा रामसुर बुढामगर, गुल्मी संयोजकमा युवराज केसी वसन्त, रोल्पा संयोजकमा पूर्ण केसी र प्युठान संयोजकमा नवराज अधिकारी रोशनलाई तोकिएको छ । प्रदेश कमिटी बैठकले पालिकाका इन्चार्जहरूको समेत टुङ्गो लगाएको छ । ‘अहिले पार्टीमा एक व्यक्ति एक पदको जिम्मेवारी दिने निर्णय भएको छ । सोहीअनुसार ४ जिल्लाको नेतृत्वमा रहेका साथीहरू अन्य जिम्मेवारीमा रहेकाले नयाँ जिम्मेवारी तोकिएको हो । अहिले माओवादीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानका लागि…

Read More

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको नाम, झण्डा वा चुनाव चिह्न राखी प्रयोग भएका व्यक्तिगत फेसबुक प्रोफाइल वा पेज बन्द गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । साथै प्रत्येक केन्द्रीय कार्यालयसँग एकरूपता हुने गरी सबै तहका कार्यसमितिलाई एक-एकवटा आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज सञ्चालन गर्न पनि काँग्रेसको निर्देशन छ । मीन विश्वकर्मा नेतृत्वको सूचना, सञ्चार तथा प्रचार विभागले मङ्गलवार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको जनाएको हो । ‘क्रियाशील सदस्यता वितरण र नवीकरण कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय गर्ने तथा पार्टीको प्रचार प्रसार प्रणालीलाई थप प्रभावकारी बनाउन केन्द्रीय कार्यालयसँग एकरूपता हुने गरी सबै तहका कार्यसमितिले एक एक आधिकारिक सामाजिक सञ्जाल फेसबुक पेज…

Read More

धनगढीः छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षक वीरेन्द्र जोशीमाथि कुटपिट गर्ने ८ जना विरुद्ध जाहेरी दिएका छन् । कुटपिट गरिएका शिक्षक जोशीका परिवारले ८ जना विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गराएका हुन् । जोशीले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि यौनजन्य दुर्व्यवहार गरेको भन्दै विद्यर्थीहरू आइतवार आन्दोलित भएका थिए। प्रहरीले जोशीलाई हतकडी लगाएर कार्यकक्षबाट बाहिर ल्याउने क्रममा विद्यालयभन्दा बाहिर एक समूहले उनीमाथि निर्धात कुटपिट गरेको हो। प्रहरी नियन्त्रणमा रहेका व्यक्तिमाथि निर्घात कुटपिट गरिएको भन्दै विद्यालय, शिक्षक–शिक्षिका र केही स्थानीयले सो कार्यको विरोध गरेका थिए ।प्रहरीले नियन्त्रणमा लिएर पनि…

Read More

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध विशेष अदालतमा आज भएको थुनछेक बहसपछि अदालतले उनलाई धरौटी लिएर तारेखमा छोडेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भएको थुनछेक बहसपछि विष्टबाट ५ लाख रुपैयाँ धरौटी मागेको थियो । आदेशलगत्तै धरौटी बुझाएर पूर्वमेयर विष्ट तारेखमा बसेका विशेष अदालतका सूचना अधिकारी धनबहादुर कार्कीले बताएका छन् । अदालतले विष्ट भाग्ने र प्रमाण नष्ट गर्न नसक्ने अवस्था रहेको भन्दै धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको कार्कीले बताए । न्यायाधीश शालिग्राम कोइराला र डा। खुशीप्रसाद थारुको इजलासले धरौटीमा छोड्ने आदेश दिएको हो । विष्टको…

Read More

काठमाडौँ : नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिर समेत गरे । समाजमा जन्मिएको पार्टी भएको हुनाले नेपाली कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाई थियो । नेता विश्वकर्माले कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए । त्यस अवसरमा नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’…

Read More