Author: महेन्द्रनगर पोष्ट

धनगढीः वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको छ । वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो १ बजेतिर उनको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले जानकारी दिए। उनको हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको अस्पतालले जनाएको छ। बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए। लगत्तै उनलाई उपचारका लागि बयोधा मेडिसिटी अस्पतालमा लगिएको थियो।

Read More

धनगढी: कैलालीमा प्रहरीले लापसे (लागु पदार्थ सेवन) चेक गर्न थालेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले काठमाडौंबाट प्रविधियुक्त लापसे चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मगाएर चेकिङ थालिएको जानकारी दिए। उनकाअनुसार कैलालीमा ट्राफिक प्रहरीलाई उक्त कीट दिएर चेकिङ गर्न लगाइएको छ। जसमा अहिलेसम्म शुक्रवार र शनिबार चेकिङ गरिएकोमा ७ जना समातिएका छन्। कैलाली ट्राफिकका अनुसार शुक्रवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने ३३ वर्षीय भीमराज अवस्थीलाई नियन्त्रणमा लिएको थियो। प्र.०३ ०१-००३ क ४८१२ नम्बरको टिप्पर चालकसमेत रहेका उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको…

Read More

धनगढीः सुदूरपश्चिममा प्रहरीले लागुऔषधविरुद्ध महाअभियान थालेको छ। प्रदेश प्रहरीका प्रमुख डिआईजी भरतबहादुर बोहराले लागुऔषधविरुद्ध युवा लक्षित महाअभियान थालिएको जानकारी दिए। उनका अनुसार लागुऔषध दुर्व्यसनमा संलग्न युवाहरूको संख्या बढ्न थालेपछि प्रहरीले महाअभियान थालेको हो। सो अभियानमा लाग्न प्रेरित गर्न प्रहरीले आफैं कलेजहरूमा गएर कक्षा लिन थालेको छ। कलेजबाट सुरु भएको सो महाअभियान वडा हुँदै घरसम्म पुगाइने बोहराले बताए। लागुऔषधका जालो भत्काउन यस्तो अभियान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सुदूरपश्चिममा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। लागुऔषध मुद्दामा आर्थिक वर्ष २०७६\७७ मा २७० जना पक्राउ परेका छन्। यस्तै, आर्थिक वर्ष २०७७\७८ पक्राउ पर्नेको संख्या बढेर ३९४ पुगेको छ। आर्थिक वर्ष…

Read More

काठमाडौंः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैंठकले पाँचजना एआईजीको सरुवा गरेको हो। जसअन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यायलको कार्य विभागमा सरुवा गरिएको छ। उनको ठाउँमा प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग प्रमुख एआईजी दिपक थापालाई जिम्मा दिइएको छ। प्रशासन विभागमा एआईजी मिरा चौधरी आएकी छन्। यसअघि, उनी कार्य विभागमा थिइन्। त्यस्तै, मानवस्रोत विभागका प्रमुख एआईजी सन्दीप भण्डारीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महराजगञ्ज र त्यहाँ कार्यरत एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रिपरिषद्ले सरुवा गरेको हो। प्रहरीमा आठजना अतिरिक्त महानिरीक्षक छन्। प्रहरीको केन्द्रीय…

Read More

धनगढीः नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टुंग्याएको छ। सचिवालय बैठकले अधिवेशनको मिति टुंगो लगाएको हो। सुदूरपश्चिम प्रदेशमा असोज २१ र २२ गते अधिवेशन हुने छ। एमाले सचिव योगेश भट्टराईकाअनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको हो। एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो।

Read More

कञ्चनपुरः कञ्चनपुरको वनबासा पुल नजिकको जंगलमा दुई जना बेहोस अवस्थामा फेला परेका छन्। शनिवार वनबासा पुल र बजारको बिचमा पर्ने जंगलको रोड साइडमा दुई जना पुरुष बेहोस अवस्थामा फेला परेका हुन्। उनीहरुलाई लुटेराहरुले लुटेर बेहोस हुने औषधि खुवाएको हुनसक्ने बताइएको छ। बेहोसमध्ये एकको अछाम घर भएका राम बुढा र अर्को परिचय खुलेको छैन्। उनीहरु भारतीय प्रहरीको जिम्मामा रहेका छन्।

Read More

धनगढीः कैलाली, कञ्चनपुरका राना थारु समुदायले आज तिज पर्व मनाइरहेका छन् । आज महिलाहरू दिनभरी पानीसमेत नखाएर निराहार व्रत बसेर तिज मनाउने राना थारु समुदायका बुद्धिजीवी डा.जीवन रानाले बताइन् । राना थारु समुदायले अरू भन्दा फरक तरिकाले तिज मनाउने गर्दछन् । महिलाहरू आफ्नो दाजुभाइ, भतिजाको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन् । बेलुकातिर नदीमा गएर पूजा गर्ने र त्यस क्रममा व्रतालु महिलाहरू समानकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर लग्ने गर्दछन् । यसैगरी, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ । विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने गरेको स्थानीय रामरतोदेवी रानाले बताइन्।…

Read More

मध्यविन्दु: नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कौलीस्थित शास्वतधाममा आजदेखि विराट हनुमान कथा प्रवचन सुरु हुँदैछ । भारतका चर्चित धार्मिक गुरु धीरेन्द्र कृष्ण शास्त्री (बागेश्वर बाबा)ले शास्वतधाममा तीन दिनसम्म हनुमान कथा प्रवचन गर्ने चौधरी ग्रुपका प्रबन्धक रामचन्द्र धितालले बताए । “शास्वतधाममा सोमबारसम्म दिउँसो २ बजेबाट साँझ ५ बजेसम्म बागेश्वर बाबाले कथा वाचन गर्नुहुने छ”, उनले भने, “हनुमान कथा प्रवचनका लागि अवाश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।” तीन दिनसम्म दैनिक करिब ११ हजारभन्दा धेरैले कथा सुन्ने व्यवस्था मिलाइएको प्रबन्धक धितालले बताए । शास्त्रीको कथा सुन्नका लागि शास्वतधाममा प्रवेशका लागि अनलाइन पासको व्यवस्था गरिएको छ । शास्वतधामस्थल क्षेत्रमा आवश्यक सबै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला…

Read More

काठमाडौँ: नेपाल नागरिक उड्डयन प्राधिकरणले पहाडी क्षेत्रमा रहेका विमानस्थलमा तोकेको उडान अवधिपछि निश्चित मापदण्ड पालना गरेर मात्र उडान अनुमति दिने भएको छ। यसअघि प्राधिकरणले साउन तेस्रो साता एक दर्जनभन्दा बढी पहाडी तथा हिमाली विमानस्थलमा   असोज दोस्रो सातासम्म बिहान ६ देखि दिउँसो १२ बजेसम्म मात्रै उडान गर्न पाउने मापदण्ड तोकेको थियो। प्राधिकरणले बिहीबार पहाडी क्षेत्रका छोटो उडान र अवतरण हुने (स्टोल) विमानस्थलमा उडानका लागि चार वटा निर्णय गर्दै उडान खुला गरेको जनाएको छ।  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबदेखि छोटो धावन मार्ग भएका दुर्गमका विमानस्थलबाट उडान गर्दा प्रत्येक उडानमा सिएए ‘कार (२)’ मा भएका ‘भिएमसी’ (भिजिबिलिटी एन्ड डिस्टेन्स फ्रम क्लाउड मिनिमा) को…

Read More

काठमाडौँ: आज काठमाडौँका ८ स्थानमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले काठमाडौँ ८ स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्तिमा अवरोध आउने जनाएको हो । टेकु स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेको अहिलेको १३२ केभी मुख्य बसवार विस्तार गरी नयाँ निर्माण गरिएको १३२ केभी वेमा जडान गर्नुपर्ने भएकाले स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेको फिडरहरूमा विद्युत सेवा अवरूद्ध हुने प्राधिकरणले जनाएको हो । प्राधिकरणका अनुसार बाफल, बुडाथोकी कोल्डस्टोर, सिविल होम्स तथा अलकत्रा, सरनपुर, थापाचोक, स्वाइट गुम्बा, सिंगल ट्री इचंगुनारायण मन्दिर,  ज्ञानोदय, गाई(बाच्छा पाटी, स्वयम्भू, सानो भर्‍याङ, बारूदखाना क्षेत्रमा क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ। यस्तै, बलम्बु, ढुंगेअड्डा नैकाप, सतुङ्गल, बोसीगाउँ, सालिक चोक, एलआरआई, न्यु डाइमण्ड, पैरानो नैकाप, सिर्जना चोक, गर्जुधारा, इन्द्रचोक, हिलभिजन कोलनी, गौतम गाउँ, हसनटार, गोदामथोक, रामकोट, भीमढुङ्गा, छत्रे देउरालीसम्म पनि…

Read More