डडेल्धुराः राष्ट्रिय शिक्षा दिवसको अवसरमा डडेल्धुराका सुरेन्द्रसिंह ऐर पुरस्कृत भएका छन्। महेन्द्र मावि खंलगाका प्रधानाध्यापक ऐरलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको हो।
ऐर नेपाल रेड्क्रस सोसाइटी केन्द्रिय कार्यसमिति उपाध्यक्ष समेत हुन्। ऐरसहित सुदूरपश्चिमका अन्य ८ जनलाई पनि पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा वासुदेव मावि लिस्किटाका प्रधानाध्यापक जितबहादुर पाण्डेय, डोटीको केदारेश्वर मावि शिखरमा कार्यरत शिक्षक गगनसिंह कार्की रहेका छन्।
यस्तै, महेन्द्र मावि दार्चुलामा कार्यरत माध्यमिक शिक्षक रामदत्त जोशी र बझाङको सत्यवादी मावि भोपुरमा कार्यरत माध्यमिक शिक्षक हितराज जोशी छन् ।
बाजुराको भानोदय मावि बुढीगंगाका प्रधानाध्यापक मनबीर खाती, अछामको जल्पादेवी माविका माध्यमिक शिक्षक सुरेन्द्रबहादुर खड्का, कैलालीको पञ्चोदय माविका प्रधानाध्यापक हरिशकुमार ओझा र कञ्चनपुरको निङ्गलाशैनी माविका माध्यमिक शिक्षक घनश्याम भट्टलाई पनि राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ।