डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ।
आलितालको गोदाममा रहेको १०० केवीको ट्रान्समिटरमा आएको समस्याका कारण पालिकाको मुख्य गोदाम बजार, डोलागाउँ र सुनखोला लगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।
सोमबार राती एक्कासी ट्रान्समिटरमा समस्या आउदा विद्युत् सेवा अवरुद्ध भएको डडेल्धुरा बिद्युत् प्राधिकरण शाखाका प्राविधिक शाखा प्रमुख निरन्जन कुमार शाहले बताए।
शाहका अनुसार विद्युत् सुचारु हुन २/३ दिन लाग्ने छ। उनले भने, ‘ट्रान्समिटर नै जलेको छ, अब अत्तरिया कार्यालयबाट अर्को नयाँ ट्रान्समिटर ल्याएर जडान गर्नु पर्ने भएकोले केही दिन लाग्नेछ।’
Facebook Comments Box