Author: महेन्द्रनगर पोष्ट

कैलाली: न्याय परिषद्ले सुदूरपश्चिम प्रदेशका विभिन्न अदालतमा कार्यरत न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकारीहरुको सरुवा गरेको छ। परिषदले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई सर्वोच्च अदालतमा सरुवा गरेको छ। यस्तै दार्चुला जिल्ला अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीलाई काठमाडौं जिल्ला अदालतमा, डडेल्धुराका स्रेस्तेदार रामु शर्मा र बैतडीका स्रेस्तेदार जनकसिंह बोहरा सर्वोच्च अदालतमा सरुवा भएका छन्। परिषद्ले दामोदर रेग्मीलाई डडेल्धुराको स्रेस्तेदारमा सरुवा गरी पठाएको छ। कैलालीका स्रेस्तेदार राइभान कुञ्जेडा, कञ्चनपुरका स्रेस्तेदार जयन्ती अवस्थी भट्ट र डोटीका स्रेस्तेदार बिरेन्द्रबहादुर मल्ल पनि सर्वोच्च अदालतमा सरुवा भएका छन्। परिषद्ले उच्च अदालत दिपायकका उपरजिष्ट्रार सीता रेग्मीलाई पनि सर्वोच्च अदालतमा सरुवा गरेको छ। यस्तै गम्भीर रानामगरलाई…

Read More

बुटवल: नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन्। बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन्। विजयी कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिए। अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन् भने रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।

Read More

कञ्चनपुर: त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन्। कुनै समय भौगोलिक रूपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा. केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन्। महाकाली नदीपारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नसकेका बेला डा. केसी स्थानीयस्तरमै सेवा दिन आएको खबरले सेवा लिनेहरूको भीड लागेको छ। दोधारा चाँदनी अस्पतालबाट सेवा दिन थालेका डा. केसीले पहिलो दिन एक सय ८४ जनाको स्वास्थ्य जाँच गरेको अस्पतालका अध्यक्ष एवम् नगर प्रवक्ता ओम बस्नेतले जानकारी दिए। हाडजोर्नीका बिरामीलाई जाँच गरिहेका डा. केसीलाई अस्पतालका अन्य चिकित्सकले पनि साथ दिएको अध्यक्ष बस्नेतको…

Read More

काठमाडौँ: हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा  रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति भने  कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Read More

बागलुङ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही महिनापछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने बताएका छन्। मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस अहिले सरकारमा रहेको र केही महिनामा कांग्रेसकै प्रधानमन्त्री हुने बताए। उनले २०८० मा सरकारमा भएर २०८४ को चुनावको लागि चिन्ता गर्नु अनुपयुक्त र असान्दर्भिक भएको बताए। ‘हामी २०८४ को चिन्ता गर्छौं जो आएकै छैन। २०८० मा तीन तहको सरकारमा कांग्रेस नै सरकारमा छ। सात प्रदेशमध्ये चार प्रदेशमा मुख्यमन्त्री कांग्रेसकै छन्। केन्द्रमा पनि कांग्रेस सरकारमै छ। केही महिना पछि हाम्रो प्रधानमन्त्री बन्दैछ। धेरै स्थानीय तहमा वडा तहसम्म नै कांग्रेस बढी…

Read More

काठमाडौं: लमजुङमा सुनका गहना चोरी गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले बेशीसहर नगरपालिका-७ की २७ वर्षीया सुजा घिमिरेलाई गहना चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। प्रहरीले सोमबार जिल्ला अदालत लमजुङबाट पाँच दिन म्याद लिई घिमिरेमाथि अनुसन्धान अघि बढाएको छ। प्रहरी निरीक्षक सुवेदीका अनुसार उनीमाथि दुई वटा चोरी गरेको कसुर आरोप छ। गत वैशाख २५ गते वडा ७ क्याम्पस रोडस्थित जमुना रिमालको घरबाट सुनका गरगहना चोरी भएको थियो। जमुना र सुजा साथीहरू हुन्। प्रहरीका अनुसार सुजा एक गैरसरकारी संस्थामा काम गर्थिन्। उक्त संस्थाको कार्यालय जमुनाको घरमा थियो। घरबाट ठूलो…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको अर्थमन्त्रालयका सचिवको सरुवा भएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद रेग्मीको सरुवा भएको होम उनलाई संघीय मामिला मन्त्रालय सरुवा गरिएको जनाइएको छ। यस्तै उनको ठाउँमा ६० किलो सुन बरामद भएका बेला बिदामा रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई पठाइएको छ। अब सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयको सचिवको जिम्मेवारी उनले सम्हाल्ने छन्। यसअघि उनलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको थियो।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले आज एक रेस्टुरेन्टको उद्घाटन गरे। उनले धनगढीको चौराहमा मनोहर रेस्टुरेण्ट तथा क्याफेको रिवन काटेर उद्घाटन गरेका थिए। गाडी सवारी र पिएसओसहितको तामझाम बोकेर उनी त्यहाँ उद्घाटनमा पुगेका थिए। तर, अहिले भने उनको आलोचना हुन थालेको छ। सरकार र अहिलेका प्रदेशका मन्त्रीहरु फुर्सदिला भएको भन्दै आलोचना भैरहेको हो। माओवादीबाट मन्त्री बनेका झपटले रेस्टुरेन्ट उद्घाटन गरेपछि काम नपाएर उद्घाटनमा गएको भन्दै गाली खाइरहेका हुन्। तर ती मन्त्रीले भने आफूले युवालाई स्वरोजगार बन्न प्रोत्साहन गरिरहेको बताएका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोमबार आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूकाे आवश्यकताअनुसार काज सरूवा गरेकाे हाे। हेराैं काज सरूवा सूची :

Read More

डडेल्धुराः जिल्ला सदरमुकाम डडेल्धुराका होटलमा राखिएको ससमा ढुसी भेटिएको छ। ग्रिन माउन्टेन कृषि विकास फर्म अमरगढी नगरपालिका–४ ले उत्पादन गरेको ‘जीएम सस’को सिल नखोलेको बोतल भित्र सोमबार जिल्ला सदरमुकामको एक होटलमा उपभोक्ताले चाउमिनमा प्रयोग गरिरहेको ससमा ढुसी भेटिएको हो। १७ मे २०२३ अर्थात् ३ जेठ २०८० मा उत्पादन मिति रहेको ‘जीएम सस’ ९ महिना प्रयोग गर्न सकिने भनिए पनि उक्त ससमा ४ महिना नपुग्दै ढुसी भेटिएको हो। ग्रिन माउन्टेन कृषि विकास फर्मले ‘जीएम सस’मा नाममा गुणस्तहीन सस पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको स्थानीय रमेश अवस्थीले बताए।

Read More