Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाका-६ पन्ज्युनयाँस्थित कबिर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको बताए । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौ १९ गते अनुगमन गरेको थियो । अनुगमनका क्रममा मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भइसकेको प्रवक्ता खत्रीले बताए ।

Read More

दमक: झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे२प ५९२३ नं मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए । उनका अनुसार दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । रासस

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक सब इन्जिनियर पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेलौरी-३ का २५ वर्षीय हरिश रेग्मी शनिवार बिहान पक्राउ परेका हुन् । उनलाई सुप्रप्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकलसहित ९ दशमलव ४२ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ । रेग्मी सडक डिभिजन कार्यालयका अछामका सब इन्जिनियर हुन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

सर्लाही: सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहोर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहोर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि फोहोर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौँडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट सङ्कलन भएको फोहोर उठाएबापत नगरपालिकाबाट वार्षिक रु एक लाख ५० हजार लिँदै आएको थियो । अब गोकर्णेश्वरले सङ्कलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम…

Read More

दार्चुलाः दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ। जिल्लाको व्याँस गाउँपालिका-१ छयाँलेकमा बीओपी स्थापना गरिएको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका अनुसार चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी)को टोली तिङ्कर पुगेको थियो। तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ। दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपी स्थापना भएका छन्। तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक जनकबहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने बताइएको छ।

Read More

धनगढीः कैलालीको लम्कीचुहामा एक बालकमाथि हँसिया प्रहार भएको छ। लम्की चुहानगरपालिका वडा नम्बर ४ का प्रेमबहादुर विष्टले ११ वर्षीय बालक धिरेन्द्र थापालाई हँसिया प्रहार गरेका हुन्। इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख इन्सपेक्टर कान्तीराज जोशीका अनुसार भीमबहादुर थापाका ११ वर्षीय धिरेन्द्रलाई ४५ वर्षीय विष्टले हँसिया प्रहार गरेका हुन्। मानसिक रुपमा समस्या रहेका प्रेमबहादुरको प्रहारबाट बालकलाई चोट लागेको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार भैरहेको र विष्टलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको जनाएको छ। बालक र प्रेमबहादुर छिमेकी हुन्।

Read More

धनगढीः दार्चुलामा एक युवक कुटपिटमा परेका छन्। हिजो (शुक्रबार) जिल्लाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामी कुटपिटमा परेका हुन्। धामीका आफन्तका अनुसार शैल्यशिखर नगरपालिकाका पूर्व मेयर अमरसिंह धामीको ८/१० जनाको समूहले उनलाई कुटेको हो। पूर्व मेयरको निर्देशनमा उनका केटाहरुले धामीलाई कुटेको आरोप लागेको छ। मदिरा सेवन गरेपछि विवाद भएकोमा कुटपिट घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार कुटपिटमा संलग्न ८/१० जनाविरुद्ध पीडितले निवेदन दिएका छन्। उनीहरु डिफाइन भएको भन्दै प्रहरीले चाडै उनीहरुलाई नियन्त्रणमा लिने जनाएको छ। धामी र अर्को समूहको एक होटेलमा विवाद भएर झगडा भएको थियो। प्रहरीका अनुसार मालिकार्जुन…

Read More

डडेल्धुराः डडेल्धुराको रडुवामा पहिरो जाँदा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ। शनिबार मध्याह्न १२ बजेतिर गएको पहिरोले राजमार्ग अवरुद्ध भएको हो। राजमार्गमा पहिरो खस्दा यातायातका साधन पूर्णरूपमा ठप्प भएको अधिवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा यात्रु बीच बाटोमै रोकिएका छन्।

Read More

काठमाडौँ : जी-२० सम्मेलन भारतको दिल्लीमा सुरु भएको छ । आज र भोली दुई दिन चल्ने सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुख तथा प्रतिनिधिहरू भारत आइपुगेका छन् । सम्मेलनको पहिलो दिन २० देशका प्रमुखहरू एकै ठाउँमा बसेर विश्वको वर्तमान अवस्था र भविष्यका बारेमा छलफल गर्नेछन् । विशेष गरी जलवायु परिवर्तन, खाद्य सुरक्षा र गरिब राष्ट्रहरूको लागि सहायताबारे सम्मेलनमा छलफल हुने बीबीसीले जनाएको छ ।सम्मेलनमा विश्वका दुई ठुला शक्ति राष्ट्र रुस र चीनका राष्ट्रपति भने उपस्थित भएका छैनन् । उनीहरूको तर्फबाट ती देशका प्रतिनिधिले सहभागिता जनाएका छन् । कार्यक्रम स्थलमा…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार तालिम दिइएको छ। महानगरपालिकाको सुपर परियोजनामार्फत उनीहरूलाई भदौ १९ गतेदेखि २२ सम्म चार दिन तालिम दिइएको हो। नगर प्रहरी र दमकल इकाईका २६ जना कर्मचारीहरूलाई अग्नि नियन्त्रण कसरी गर्ने र उद्धार कसरी गर्ने भन्ने बारेमा सहभागीलाई विभिन्न सिप, तालिम तथा अभ्यास गरेर सिकाइएको तालिम प्रशिक्षक किशोर भट्टाईले बताए। उनले फायर साइडमा पानी कसरी सप्लाई गर्ने, ६/७ तला भएको घरमाथी पानी कसरी लैजाने, आगलागी भएको क्षेत्रबाट मानिसहरूको उद्धार कसरी गर्ने, औषधि उपचार कसरी गर्ने सम्बन्धी तालिम दिइएको बताए। धनगढी उपमहानगरपालिकाको कार्यालयमा २४ सै घण्टा नगर प्रहरी रहने व्यवस्था छ। समस्यामा रहेका नागरिकलाई…

Read More