Author: महेन्द्रनगर पोष्ट

दार्चुलाः दार्चुलामा एक महिलाले आफैमाथि मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी छिन्। जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदले आज बिहान घरमा कोहि नभएको बेला शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन्। साउँदले शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको छ। आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो। जलेर गम्भीर घाइते साउँदको गोकुलेश्वरमा उपचारका हुन नसकेपछि धनगढी रेफर गरिएको प्रहरी निरीक्षक सिंहले बताए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुलेको छैन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

महेन्द्रनगर : भीमदत्त नगरपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएका छन्। गत आइतवार भीमदत्त नगरपालिका–१० जिमुवास्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कार्यरत लेखापाल विरेन्द्रप्रसाद जोशी कुटपिट घटनालाई लिएर शिक्षक सम्वद्ध संगठनहरुले विद्यालय बन्द गरेका हुन्। विद्यालय परिसरभित्रै पसेर आक्रमण गर्नेहरुमाथि प्रहरीले कारबाही गर्न आनाकानी गरिरहेकोले विद्यालय बन्द गरिएको ती संगठनहरुको भनाई छ। शिक्षकहरुले विद्यालयभित्रै हतकडी लगाएर नियन्त्रणमा लिइएका शिक्षकलाई सुरक्षा दिन नसक्ने प्रहरीमाथि पनि कारबाहीको माग शिक्षक संगठनहरुले गरेका छन्। विद्यालयमै अध्ययनरत छात्रामाथि दूव्र्यवहार गरेको आरोप लगाउदै शिक्षकसमेत रहेका लेखापाल जोशीमाथि कुटपिट गरिएको थियो। गम्भीर घाइते जोशीको उपचार चलिरहेको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको र अरु…

Read More

तनहुँ : शुक्लागण्डकी नगरपालिका-६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जनालाई गाई काटेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगि काट्दै गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीले लामो समयदेखि काममा नगएका कर्मचारीको खोजी गर्न थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर आफूखुसी गैरहाजिर भएका १४ जना प्रहरी कर्मचारीको खोजबिन शुरु गरेको हो । यसअघि पटक-पटक सम्पर्कमा आउन आग्रह गरिएकोमा उनीहरुले अटेरी गरेपछि सात दिनको समय दिएर प्रहरी मुख्यालयले पुनःमौका दिएको जनाएको छ । बाटोको म्यादबाहेक आगामी सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्रदो स्पष्टीकरणसहित उपस्थित हुन उनीहरुलाई निर्देशन दिइएको छ । ‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा, तपाईँहरु उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को…

Read More

काठमाडौँ : नेपाली काँग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा काँग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् । प्रमुख दलहरूले प्रतिनिधि सभाका १० र संघीय संसद्का २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार काँग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो । दलहरुबीच सहमति भएपछि संघीय संसद सचिवालयले समिति…

Read More

धनगढी: कञ्चनपुरको कृष्णपुरमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन्। आइतबार जिल्लाको कृष्णपुर नगरपालिका–९ राजघाट बस्ने ७० वर्षीया गौरीदेवि महराको मोहना नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।  आज बिहान हातखुट्टा धुन नदीमा गएकी महराको डुबेर मृत्यु भएको हो। महिला डुबेको खबर पाएपछि नेपाल प्रहरी घटना स्थलमा पुगेपनि भेट्टाउन सकेन। त्यसपछि सशस्त्र प्रहरीको ३५ नम्बर गणबाट सई कमल जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले वृद्धालाई मृत फेला पारेको हो। सशस्त्र प्रहरीले शव नेपाल प्रहरीलाई बुझाएको जनाएको छ।

Read More

काठमाडौं: बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका २ सय ९० प्रतिवादीविरुद्ध संगठित अपराधमा मुद्दा नचल्ने भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी किर्ते र संगठित अपराध दुवैमा मुद्दा चलाउन राय दिएर प्रतिवेदन बुझाएको थियो। तर जिल्ला सरकारी वकिल कार्यालयले आइतबार प्रकरणमा मुछिएकाहरुविरुद्ध सरकारी किर्तेमा मात्र मुद्दा दायर गरेको हो। जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले संगठित अपराधमा मुद्दा चलाउने पर्याप्त प्रमाण फेला नपरेको बताए । सरकारी किर्तेमा १ वर्ष कैद र १० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ। सरकारी वकिलको कार्यालयले दुई आधार मानेर संगठित अपराधमा मुद्दा नचलाउने निष्कर्षमा पुगेको जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र अनियमिततालगायतका प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।  कांग्रेसको रुपान्तरण अभियानका अगुवासँग आइतबार बिहान कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले अनुहार नहेरी कुनै पनि प्रकरणमा मुछिएका सबैलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिबद्धता जनाएका हुन् । सुुन तस्करी प्रकरणमा माओवादीकै कृष्णबहादुर महरा र उनका छोराको नाम मुछिएका बेला माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्नै दलका नेता भए पनि अनुसन्धानको दायरामा ल्याउने बताएका हुन् । यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)लाई निर्देशन दिएको जानकारी दिएका प्रधानमन्त्री प्रचण्डले तथ्य र प्रमाणको आधारमा सबैमाथि कारबाही हुने बताए ।

Read More

धनगढी: क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाई हुँदैछ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दा पेशी चढेको छ।  अन्तिम चरणमा रहेको मुद्दा यसअघि पटक–पटक स्थगित हुँदै आएको छ। आज पण्डितको इजलास नम्बर १५ मा मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ।  यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी र उनको आमाको समेत उमेर विवाद देखिएको कागजात झिकाउन आदेश थिएको थियो । उमेर नपुगेकी किशोरी बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो । कात्तिक १८ मा जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले जिल्लाको आदेश…

Read More

धनगढीः बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदमसिंह धामीको दिल्लीमा मृत्यु भएको हो। उनी रोजगारीको शिलशिलामा भारतको दिल्लीमा बस्थे। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्। सुतिरहेको बेला सर्पले टोकेपछि उनको ज्यान भएको आफन्तले बताएका छन्। मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन्। रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ।

Read More