Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको निर्णय फिर्ता लिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासहितको अधिकारीहरूले विद्यार्थी संगठनसँग गरेको सहमतिपछि शुल्क वृद्धिको निर्णय फिर्ता भएको हो । आज त्रिविका तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच ५ बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिएको छ । विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् । सहमति अनुसार विद्यार्थीका प्रतिनिधिसहित समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनको आधारमा अघि बढ्ने भन्नेछ । त्यस्तै उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गर्ने सहमति…

Read More

गैंडाकोट : पूर्वी नवलपरासीको गैंडाकोटमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । गैंडाकोट नगरपालिका-२ एसपीएम चोक बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी हुन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार श्रीमानसँग सामान्य झगडा भएपछि कोठाभित्र पसेर चुक्कल लगाएर आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए । आगलागीबाट गम्भीर घाइते उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । ती महिलाको शरीरको माथिल्लो भाग र अनुहार जलेको प्रहरीको भनाइ छ । आगोले उनको ४० प्रतिशत शरीरको भाग जलेकोले भरतपुर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०ले राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप हेरिरहेको तस्बिर राख्दै ‘पिक्चर अफ द ड’ भनेको छ । पाकिस्तानमा जारी नेपाल र पाकिस्तानबीचको खेल हेरिरहेका राष्ट्रपति पौडेलको तस्बिर सार्वजनिक गर्दै आइसिसीले ‘पिक्चर अफ द डे’ भनेको हो । राष्ट्रपति पौडेलले नेपाल र पाकिस्तानबीचको खेल शीतल निवासमा टेलिभिजनमार्फत हेरेका छन् ।

Read More

काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्‍न्यास गरेका छन् । कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयाेङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत गरे । राजदूत तइयाेङले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उले…

Read More

काठमाडौं: एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि १४३ रनको विशाल लक्ष्य दिएको हाे । उनीहरु दुवैले व्यक्तिगत शतकसमेत बनाए । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन जोड्यो । पाकिस्तानका कप्तान बाबर आजमले १५१ र इफ्तिखर अहमदले १०९ रन बनाए । उनीहरुले पाँचौं विकेटका लागि २१४ रनको साझेदारी गरेका थिए । १२४ रनमा ४ विकेट गुमाएको अवस्थामा बाबर र इफ्तिखरबीच साझेदारी सुरु भएको थियो । सुरुको १० ओभरमा ४४ रन जोडेको पाकिस्तानले अन्तिम १० ओभरमा १२९…

Read More

काठमाडौं: सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ राखी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुर नगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय सुसन चौगुठी हो । कार्यालयका अनुसार आरोपित चौगुठीले फेसबुकमार्फत युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । रिक्वेस्ट आएपछि युवतीले एसेप्ट गर्थे । र रिक्वेस्ट एसेप्ट गर्ने युवतीलाई नजिकको बनाउन विभिन्न प्रलोभन देखाएर नजिक हुन्थे । यसरी युवक युवतीसँग कुरा गर्दै जान्थे । कुरा अगाडि बढ्दै जाँदा चौगुठीले युवतीलाई प्रेम जालमा पार्थे । प्रेममा पारिसकेपछि विभिन्न बाहाना बनाएर पोर्न भिडिओ र फोटो लिने र पछि त्यसैको आडमा रकम…

Read More

धनगढी: धनगढीमा अवैध रुपमा दोहोरी साँझ सञ्चालनमा ल्याइएपछि बबन्डर मच्चिएको छ। धनगढी उपमहानगरपालिका–४ को बोराडाँडीस्थित नेकपा एमालेका पूर्व माननीय (अछामका तत्कालीन प्रदेश सभा सदस्य) गोबिन्द कुँवरको घरमा दोहोरी साँझ खोलिएछि विवाद भएको हो। स्थानीयका अनुसार त्यहाँ कानुुनी प्रक्रिया नपुगाएर दर्ता समेत नगरी न्यू सुन्दर सुदूरपश्चिम दोहोरी साँझ खोलिएको छ। अवैध रुपमा सञ्चालन गरिएको दोहोरी साँझमा अश्लिल हर्कत गर्ने, जथाभावी बोल्नेदेखि राति अबेरसम्म म्युजिक बजाएर बाधा अवरोध सिर्जना गरेको भन्दै स्थानीयले आज विरोध प्रदर्शनसमेत गरेका छन्। स्थानीय केशव बिष्टले आफूहरुको सहमती समेत नलिएर अवैध रुपमा सञ्चालन गरिएको दोहोरी साँझले घर परिवारलाई बाधा गरेको भन्दै सञ्चालनमा रोक लगाउनुपर्ने बताए। ‘यो घरमा यसअघि…

Read More

राम धामी, डडेल्धुराः जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबिरुद्ध संगठित ठगी अभियोगमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलनको आयोजना गरेर सो सहकारी संस्थाले डडेल्धुरा जिल्लाबाट कुल ३१ करोड, १६ लाख, ७१ हजार, तीन सय १३ रुपैयाँ बचत संकलन गरेको र बचतकर्ताहरुको रकम दुरुपयोग गरेको जानकारी दिएको छ। डडेल्धुराका प्रहरी प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कुल एक हजार पाँच सय ४४ जनाले बचत रकम फिर्ता मागगर्दै प्रहरी समक्ष उजुरी दिएको बताए। उनले जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा शिव शिखर सहकारी संस्थाबाट ठगिएका छ सय ४९ वटा जाहेरी दर्ता भइसकेको जानकारी दिए। सो…

Read More

काठमाडौँ : नेकपा (एमाले) ले पुष्पलाल मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने भएको छ । सिराहाको सर्रे अम्बामा बसेको सचिवालय बैठकले मङ्सिरको तेस्रो साता केन्द्रीय कमिटी बैठक आयोजना गर्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भन्ज्याङसम्म युवा केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको हो । मङ्सिरमा पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्ने निर्णय भएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए । उनले भने- ‘मङ्सिरको तेस्रो साता सुदूरपश्चिमको धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाउने र त्यो बैठकअघि पोलिटब्युरोको बैठक डाक्ने निर्णय भयो ।’ उनले बैठकको मिति पछि तोकिने समेत बताए ।

Read More

कैलाली: जिल्लाको गोदावरी नगरपालिका -४ को वडा कार्यालय भवन बन अतिक्रमण गरेर बनाउँदै गरेका ६ जना मदजुर पक्राउ परेका छन । बसन्तपुर महिला सामुदायिक वन भित्र भवन बनाउँदै गरेका ६ जना मजदुरलाई सव डिभिजन वन कार्यालय अत्तरियाले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भवन निर्माणको काम गर्दै आएका मदजुर गोदावरी नगरपालिका–६ का ४८ वर्षीय कज्जु चौधरी, ५६ वर्षीय रामकुमार चौधरी, धनगढी उपमहानगरपालिका–१३ का गौरव चौधरी, २३ वर्षीय दिपक चौधरी, ४८ वर्षीय विशाल चौधरी र ३५ वर्षीय बुझाइने चौधरी रहेका छन । भबनको जग हाल्ने काम सकिएको छ । भवन निर्माणको काम दिउँसोभन्दा राति हुने गरेको स्रोतको दाबी छ । वन…

Read More