Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : युक्रेनले पश्चिम रुसी क्षेत्रमा रहेको सैन्य हवाइ अड्डामा ड्रोन हमला गरेको छ । हमलामा परेर एक जहाज ध्वस्त भएको तर कुनै मानवीय क्षति नभएको रुसको सरकारी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । शनिबार मस्कोको समय अनुसार बिहान १० बजे हमला भएको रुसी रक्षा मन्त्रालयलाई साभार गरेर आरटीले उल्लेख गरेको छ । जहाज ध्वस्त हुनुमा युक्रेनी ड्रोन खसाउनु प्रमुख कारण भएको रुसी मन्त्रालयले दाबी गरेको छ । ड्रोन खसालेपछि आगो सल्केको र त्यसले एक जहाजमा समस्या भएको रुसी दाबी छ । पछिल्ला दिनहरूमा युक्रेनले युरोप र अमेरिकाले दिएका हतियारहरू खासगरि ड्रोनबाट रुसी राजधानी मस्को लगायतका क्षेत्रहरूमा हमला गरिरहेको…

Read More

धनगढी: गैरनाफामुलक सामाजिक तथा युवा संस्था टिम नेपोको नयाँ केन्द्रिय कार्यसमिती चयन भएको छ । लामो समयदेखि समाजिक क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएको टिम नेपोको बार्षिक साधारण सभाबाट केन्द्रिय सह(सचिवमा बैतडीका अमृत बिष्ट निर्बिरोध निर्वाचित भएका छन। यसअघि संस्थाको बैतडी जिल्ला संयोजक एवम प्रदेश संयोजकको समेत जिम्मेवारी सम्हालिसकेका बिष्ट पेशाले जनस्वास्थ्यकर्मी हुन। कोभिड(१९ को विषम परिस्थितिमा जिल्ला संयोजकको जिम्मेवारी सम्हालेका बिष्टले थुप्रै समाजिक कामहरु गरेका थिए। नवनिर्वाचित सह( सचिव बिष्टकै पहलमा कोभिड-१९ को बिकराल अवस्थामा गृह पालिका सुर्नयामा अक्सिजन कन्सेन्ट्रेटर, मास्क (सर्जिकल र एन95), गाउन, स्यानिटाइजर उपलब्ध गराउन सफल भएका थिए। यो सङ्गै जिल्ला स्तरमै बृक्षारोपण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा…

Read More

कैलाली : ब्राउनसुगरसहित पक्राउ परेकी महिलाले प्रहरीसामु नाम खोलिदिएपछि धनगढीमा लागुपदार्थको व्यापारमा संलग्न एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती प्रहरीको गस्तीले धनगढीको धनगढी उपमहानगरपालिका–१३ राजपुरचोकमा हिँडिरहेकी गोदावरी नगरपालिका–२ की २६ वर्षिया सिता चौधरीलाई शोधपुछ गर्दा उनी शङकास्पद देखिएपछि चेकजाँच गरिएको प्रहरीको भनाई छ । शङ्का बढेपछि चेकजाँच गर्दा सिताको साथबाट २४ मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा राखेर सितालाई थप शोधपुछ गरेपछि उनले आफूलाई ब्राउनसुगर दिने दम्पत्तिको नाम नै खोलिदिएकी छन् । प्रहरीका अनुसार सिताको बयानका आधारमा धनगढी उपमहानगरपालिका–४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेशबहादुर डाँगी र उनकी श्रीमती ३० वर्षिया खेमा…

Read More

करिमगञ्ज : आसाम प्रहरीले रु चार करोडभन्दा बढीको ६१ हजार बोतल प्रतिबन्धित खोकीको औषधी बरामद गरेको छ । आसाम–त्रिपुरा सीमामा रहेको आसामको करीमगञ्ज जिल्लाको चुराईबारी क्षेत्रमा एउटा ट्रकबाट उक्त परिमाणको प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । ट्रकका चालक विश्वजित विश्वासलाई पनि नियन्त्रणमा लिइएको छ । यससम्बन्धमा थप अनुसन्धान भइरहेको छ । गोप्य सूचनाको आधारमा प्रहरीले चुराईबारी क्षेत्रमा ट्रकलाई रोकेर खानतलास गरेको थियो । ‘लागूऔषध विरुद्धको हाम्रो अभियान जारी छ । हिजो राति हामीले एउटा ट्रकलाई रोक्यौँ त्यहाँबाट हामीले प्रतिबन्धित ‘कफ सिरप’का ६१ हजार बोतल बरामद गरेका छौँ,’ अभियुक्तविरुद्ध प्रारम्भिक कानुनी कारवाही थालिएको जानकारी दिँदै करिमगञ्ज जिल्लाका अतिरिक्त प्रहरी…

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा बासुदेव जोशी चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न सङ्घको दोस्रो साधारणसभाबाट जोशी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । लामो समयदेखि क्रिकेट गतिविधिमा सक्रिय जोशी पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टिमको छनोट समिति सदस्यमा रहेका थिए । जोशी डडेलधुराबाट जिल्ला प्रतिनिधि भएर अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा रमेशबहादुर बोहरा (बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरूमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ),बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित…

Read More

काठमाडौँ : मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले रोप रेस्क्यु विधिबाट जीवितै उद्धार गरेको छ । शनिबार बिहान धादिङको निलकण्ठ नगरपालिका-६ का ४५ वर्षका कृष्ण परियार पुलमा झुण्डिएका थिए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारले खबर पाएपछि ११ जनाको टोली मिलेर उद्धार गरेको हो । परियारको हाल मुग्लिनस्थित हाइवे अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Read More

कंचनपुरः कंचनपुरमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको परिवारलाई क्षतीपूर्ती दिइएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालका ३८ बर्षिया दिनेश ओडको साउन ३१ गते करेन्ट लागेर मृत्यु भएको थियो। करेन्ट लागेर ज्यान गुमाएका ओडका परिवारलाई नेपाल विद्युत प्राधिकरण र डिसहोम अप्टीनेट सलुसन प्रालिले क्षतिपूर्ति दिएको हो। विद्युतको पोलमा झुण्डिएको तारबाट पैदल यात्रा गरिरहेका दिनेशको मृत्यु भएपछि मृतक परिवार आफन्त आन्दोलित भएका थिए। पीडित पक्षसंग नेपाल विद्युत प्राधिकरण र फाईबर नेटका संचालकविच शुक्रबार सहमती भएको हो। मृतक ओडका नाबालक सन्तानको उचित पालनपोषणका लागि डिसओमले १० लाख रकम दिएको छ भने नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्तिका लागि आवश्यक प्रकृया अघि बढाउने र मृतक ओडका परिवारका…

Read More

बाजुराः बाजुरामा भालुको आक्रमणबाट शनिवार एक महिला घाइते भएकी छन्। जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी २७ वर्षीया सुनिता कटुवाल घाइते भएकी हुन्। बिहान जंगली भालुको आक्रमणबाट घर नजिकै रहेको मकैबारीमा बाँदर र भालुले खाएका मकै काटेर ल्याउन गएका बेला भालुले महिलालाई आक्रमण गरेको हो। भालुको आक्रमणबाट घाइते भएकी कटुवालको खट्टा र अन्य शरिरमा चोट लागेको प्रहरीले जनाएको छ। स्थानीय झाली आधारभूत स्वास्थ्य चौकीमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि अछामको बयालपाटा अस्पतालमा लगिएको छ। भालुको आक्रमणमा परी घाइते भएकी महिलाको अवस्था भने खतरामुक्त अर्थात सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

Read More

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणास्पद रहेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौँमा आयोजित ‘२०२८ः झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै भुसालले आफूलाई नेपालको कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीले दिने अभिव्यक्ति बीभत्स, डरलाग्दो र घृणास्पद लाग्ने गरेको बताएका हुन् । महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशस्त्र विद्रोहलाई महान् भन्ने गरेको र नमिल्दा हत्यारा र आतङ्ककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गरे । उनले ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे…

Read More

बनेपा : काभ्रेको बनेपा–११ जनागालमा १७ बर्षिया बहिनीलाई टिकटक देखाउन बोलाउँदै जर्बजस्ती करणी गरेको अभियोगमा १८ वर्षीय दाजु पक्राउ परेका छन् । हाडनाता करणी अभियोगमा पक्राउ परेका युवाको दुई महिनाको गर्भ प्रहरीले अदालतको अनुमतिमा पतन गराएको छ । प्रविधिको सहज र सरल पहुँचका कारण बालबालिकाहरु यस्ता गलत कृयाकलापमा लाग्ने गरेको खुलेको छ । जिल्लाको तथ्याङ्कमा जबर्जस्ती करणीसम्बन्धी अपराधमा बृद्धि भएको छ । आर्थिक वर्ष २०७९/२०८० मा जबर्जस्ती करणी उद्योगमा १, करणीमा ३७, बाल यौन दुराचारमा १०, अप्राकृतिक मैथुन अभियोगमा २ थान गरी ५० वटा मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा जबर्जस्ती करणी उद्योगमा ३, करणीमा २९ वटा,…

Read More