Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट लागुऔषध १ ग्राम ९३ मिलीग्राम र प्रिकोनो लेखिएको ट्याब्लेट १० थानसहित सोही नगरपालिका–५ पबित्रा बस्तीका २३ वर्षीय प्रकाश सुनार मंगलबार पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले सुनारलाई लागुऔषध र ट्याब्लेटसहित पक्राउ गरेको बताएको छ। 

Read More

कैलाली: संविधान दिवसको अवसरमा टीकापुर घटनाको मुद्दा खेपिरहेका ४ जना कैदीबन्दी रिहा हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना कैदमुक्त हुने भएका हुन्। रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जनाए। उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ। यसअघि सो…

Read More

काठमाडौं: आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आउने भएको छ। आज बिहान ९ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यस्तो बसको उद्घाटन गर्नेछन्। त्यसपछि मन्त्री ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्। संविधान दिवसको दिन उद्घाटन गर्ने गरी सडक विभागले रातो रङ पोतेर छुट्टै लेन बनाएको छ। आज उद्घाटन हुने र भोलिबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले बताए। पनेरूका अनुसार द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई…

Read More

काठमाडौं: सरकारले सुदूरपश्चिममा एक हजार २५९ झोलुङ्गे पुल निर्माण गरेको छ। पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोलुङ्गे पुल निर्माण गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गर्दै आएको थियो। पन्ध्रौँ पञ्चवर्षीय योजनामा पनि कम्तीमा आधा घण्टा पैदल हिँडेर पुगिने दुरीमा झोलुङ्गे पुल बनाउनुपर्ने उल्लेख छ। सोही लक्ष्य अनुसार सरकारले पहाडी जिल्लामा तरितराउलाई सहज बनाउनका लागि झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ। १२० मिटरभन्दा लामो झोलुङ्गे पुल सङ्घीय सरकारले र सोभन्दा कम दुरीका झोलुङ्गे पुल प्रदेश र स्थानीय तहले बनाउँदै आएका छन्।

Read More

बैतडीः सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ। सोमबार दिउँसो डडेलधुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो। वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए। सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको छैन। सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका अरू सरकारी तथा गैरसरकारी संघसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ। मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सुर्नयाका स्थानीय केशव भट्टले बताए। अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली…

Read More

काठमाडौँ: हाल मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ।  कोशी,  बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा    चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।  आज राति भने  देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस,  बागमती,  गण्डकी  र  लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा र  देशका  बाँकी  भूभागका   थोरै    स्थानहरूमा  चट्याङ्गसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। गण्डकी प्रदेशको    एक–दुई  स्थानमा  चट्याङ्ग सहित  भारी वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको  छ।

Read More

काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप तीन उपसचिवहरूको सरुवा गरेको छ । सोमबार मन्त्रालयले स्थानीय तथा संघीय मन्त्रालयमा कार्यरत उपसचिवहरूलाई मन्त्रालयमा ल्याएको हो । सरुवा हुनेमा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदी र गृह मन्त्रालयका उपसचिव रामदत्त पाण्डेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको हो । यससँगै मन्त्रालयमा उपसचिवको सङ्ख्या २६ जना पुगेको छ । मन्त्रालयमा २३ जना उपसचिवको दरबन्दी रहेको छ ।

Read More

काठमाडौं : काठमाडौंको महाराजगञ्जस्थित अमेरिकी दूतावास नजिकै बम विस्फोट भएको छ । केहीबेरअघि शंकास्पद रुपमा फेला परेको वस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको थियो । बम डिस्पोज गर्ने वेलामा विस्फोट भएपछि दूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Read More

काठमाडौँ : सरकारले ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०७३’लाई खारेज गर्ने गरी नयाँ निर्देशिका तयार गरेको छ । यसअघि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको निर्देशिका मन्त्रालयले खारेज गर्दै ‘हिमाली क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा यार्सागुम्बा व्यवस्थापन, (सङ्कलन तथा ओसारपसार) निर्देशिका, २०८०’को मस्यौदा तयार गरेको हो । मन्त्रालयले भदौ २१ गते सचिवस्तरीय निर्णय गर्दै तयार गरिएको निर्देशिकासँग सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउन तथा राय सुझाव माग गर्न एक सूचना जारी गर्दै १० दिनभित्र लिखित रूपमा मन्त्रालयको नीति विश्लेषण शाखा वा मन्त्रालयको इमेल ठेगानामा सुझाव दिन आग्रह गरेको थियो…

Read More

बझाङ : बझाङको सेती नदीमा बगेर डोटीका एक पुरुष बेपत्ता भएका छन् । आज (मंगलबार)दिउँसो अन्दाजी १ बजेको समयको केदारस्युँ गाउँपालिकाको देउरा बजारबाट डोटी घर फर्किने क्रममा बगेर डोटीको सायल गाउँपालिका-१ पुजारी गाउँका ३५ वर्षीय कालीभान पुजारा बेपत्ता भएका हुन् । केदारस्युँ गाउँपालिकाको देउरास्थित सेती नदी र कालंगा नदीको दोभानमा पानी खान जानेक्रममा चिप्लिएर पुजारा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बेपत्ता पुजाराको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Read More