Author: महेन्द्रनगर पोष्ट

काठमाडौंः बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको छ भने सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने मेल्लीमा अवस्थित हाइवेको केही भागसमेत डुबेको छ। सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बाढीले बगाएको छ। बाढीले बगाएको सेनाका गाडी सिङ्ताम नजिकै रहेको बर्दाङमा पार्किङमा रहेको बताइएको छ। सिङ्ताङमा क्लाउड ब्रस्ट भएसँगै बाढीको चेतावनी जारी गरिएको छ। कुनै क्षेत्रमा करिब एक घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको अवस्थालाई क्लाउड ब्रस्ट भनिन्छ र बाढी आउँछ।

Read More

धनगढी: कञ्चनपुरमा नेपालपारि भारतबाट आएका एक नागरिकलाई नेपाली नै प्रमाणित गरेको पाइएको छ। जिल्लाको पुनर्वास नगरपालिका-८ को कार्यालयले यस्तो गरेको पाइएको हो। स्रोतका अनुसार वडाध्यक्षले कानुनविपरीत पारिका भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएका हुन्। ३ मार्च २०२३ मा पुनर्वास ८ का वडाध्यक्ष राना श्रवणले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालको अस्थायी बासिन्दा भन्दै ३ अप्रिल १९८० मा पुनर्वास नगरपालिका-८ मै जन्मिएको प्रमाणित गरेका हुन्। बालमुर्गन भारतको मदुराईका स्थायी बासिन्दा रहेको बताइन्छ। उनको भारतीय आधारकार्ड पनि रहेको भेटिएको छ। भर्ना नम्वर ००१३–७९००६–०००१६ मा बालमुर्गनको भारतीय आधार कार्डको ८७२३२१६९१५२८ नम्बर देख्न सकिन्छ। बालमुर्गन नागर्जुन र बिमलाको छोरा भएकोसमेत सो अभिलेखमा उल्लेख्य गरिएको छ।…

Read More

कैलाली : मंगलबार दिउँसो बझाङको तलकोट केन्द्र बनाएर गएको भुकम्पबाट प्रभावित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले क्षतिपूर्ति र राहतको व्यवस्था गर्ने भएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा बसेको सरोकारवालाहरुको बैठकमा सरकारले खाद्यान्न, उपचारदेखि क्षतिपूर्ति सम्मको व्यवस्था गर्ने जनाएको हो । भूकम्प पीडितलाई खाद्यान्न उपलब्ध गराउने र क्षतिपूर्ति दिने र सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएको उद्योग पर्यटन तथा तथा वातावरण मन्त्री रमेश धामीले बताए । भुकम्पले पुर्याको क्षतीको निषयमा सुदूरपश्चिमप्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मुख्यमन्त्री, मन्त्रीसहित सुरुक्षाकर्मी, रेडक्रस, युएन एजेन्सी सहितको बैठक बसेको हो । बैठकमा सभामुख भिम भण्डारी पनि उपस्थित थिए ।

Read More

धनगढी: नेकपा (माओवादी केन्द्र)का सचिव तथा सुदूरपश्चिम प्रदेशका कमाण्डर (इन्चार्ज) डिलाराम आचार्य बिरामी भएका छन्। बुधबार बिहान पार्टीको तीन महिने अभियानका लागि अछामको साँफेबगर पुगेका उनी एक्कासी अस्वस्थ भएका हुन्। माओवादी नेता खगराज भट्टका अनुसार प्युठानका आचार्यलाई अहिले अस्वस्थ भएपछि उपचारका लागि लगिएको छ। ‘अछामको साँफेबगरको एउटा होटलमा बसिरहँदा उहाँको एक्कासि बोली बन्द भयो। शरीरको एक भाग चलाउन गाह्रो भयो,’ भट्टले भने, ‘त्यसपछि हामीले उहाँलाई बयलपाटा अस्पताल पुर्‍यायौं। त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेजमा देखायौं। अहिले काठमाडौं लैजाने तयारी भइरहेको छ।’ उनलाई नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको थियो। अहिले त्यहाँबाट पनि उनलाई जहाजबाट काठमाडौं लगिदै छ।

Read More

डोटी: नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव भक्तबहादुर साउँदसहित बडीकेदार गाउँपालिकाबाट १४ नेता नेकपा एमालेमा फर्किएका छन्। हाल विदेशमा रहेका उपसचिव साउँदले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू एमालेमै फर्किएको घोषणा गरेका हुन्। उनले नेकपा एस दक्षिणपन्थीको टेको बन्दै चरम पुँजीवादको भाषमा फसेको, राष्ट्रियता कमजोर पार्दै विदेशीको दलाल भएको आरोप लगाएका छन्। साउँद गत स्थानीय तहको निर्वाचनमा माओवादी-एस गठबन्धनबाट बडीकेदार गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए। साउँदसँगै एमाले प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य शारदा कठायत, गाउँ कमिटी अध्यक्ष लाल व मन्नी, गाउँ कमिटी सदस्यहरु, वडा कमिटी अध्यक्षहरु रहेको नेकपा एमाले बडीकेदार गाउँ कमिटीका अध्यक्ष प्रकाश धामीले जानकारी दिए।

Read More

दार्चुला: दार्चुलामा ४ किलो एक सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्।  बुधबार बिहान शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट चरेससहित उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेहरुमा मार्मा गाउँपालिका–१ घोल्जरका २८ वर्षीय विर्खसिंह ठगुन्ना र सोही ठाउँका २० वर्षीय सहदेव ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका ईन्चार्ज मानसिंह ऐरी नेतृत्वको प्रहरी टोलीले मार्माबाट शैल्यशिखरतर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा नापतौल गर्ने तराजु ढकसहित उनीहरूलाई नियन्त्रणमा लिएको दार्चुला प्रहरीका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए । उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । हिजो बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ। टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको शव आज (बुधबार) फेला परेको हो। पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले घाइतेको संख्या २७ पुगेको जानकारी दिए। उनका अनुसार सबैभन्दा धेरै बझाङमा १८ जना, अछाममा ५, बाजुरामा २ र बैतडीमा २ जना घाइते भएका छन्। उनीहरूको…

Read More

बझाङः बझाङमा भूकम्पपछिको पहिरोमा परेर बेपत्ता भएकी महिलाको शव फेला परेको छ। टिमुर टिप्न मंगलवार दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीेको शव आज (बुधबार) फेला परेको हो। पहिरोमा च्यापिएको अवस्थामा फेला परेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय बझाङबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। भूकम्पबाट बझाङमा मात्रै १३ जना घाइते भएका छन्। भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको अनुमान गरिएको छ।

Read More

डोटी: डोटीको शिखर नगरपालिकामा नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सुरु भएको छ। नगरपालिकाले नेपाल टेलिकमसँगको समन्वयमा इन्टरनेट सेवा सुरु गरेको हो । मेयर दीर्घ बलायरका अनुसार कोरालखोलादेखि नगरपालिकाको कार्यालयसम्म ६ किलोमिटर क्षेत्रमा एनटी फाइबर विस्तार गरिएको छ। शिखर नगरपालिकामा विस्तार गरिएको एनटी फाइवरबाट हाललाई ४ सय वटा लाइन दिन सकिने नेपाल टेलिकम दिपायलका प्राविधिक सुदिप चौधरीले बताए। ग्राहकको माग बढ्दै गए नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा माग गरेर थप गर्न सकिने उनले बताए। चौधरीका अनुसार अहिले इन्टरनेटमा १० एमबिपिएसदेखि उच्चतम गति १०० एमबिपिएस सम्म चलाउन मिल्छ। वार्षिक न्यूनतम शुल्क ८ हजार देखि ४२ हजार सम्म रहेको उनले बताए। एनटी फाइबरबाट…

Read More

काठमाडौँ : कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ७ः१२ बजे अवतरण हुनै लाग्दा सो जहाजले ओभरसुट गरेको हो। विमानस्थल कार्यालयका अनुसार कतार एयरको जहाज ‘अनस्टेवल एप्रोज’ भएकाले ओभरसुट गरिएको हो। “जहाजले एप्रोच नमिलेर ओभरसुट गरेको हो, कहिलेकाहीँ ‘एप्रोज प्रोफाइल’ नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि यस्तो हुन्छ”, विमानस्थलका एक उच्च अधिकारीले भने। यसरी ओभरसुट गरेको जहाजले एक राउण्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ। सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन्। -रासस

Read More